


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२७ भदौ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लाका व्यवसायीहरुलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरेका छन्। शुक्रवार बिहान भैरहवामा निकालिएको शान्ति सद्भाव र्यालीलाई सम्बोधन गर्दै उनले मर्यादित र सुरक्षित ढङ्गले व्यवसायलाई अगाडि बढाउन आग्रह गरे। प्रदर्शनको क्रममा आगजनी, लुटपाट र तोडफोडका घटनाहरुमा संलग्नहरुको भिडियो फुटेज र फोटो संकलन गरिएको बताउँदै अब क्रमशः पक्राउ गरेर कारवाही गरिने उनले बताए । उनले अब सडकमा आएर अराजक गतिविधि निम्त्याउनेलाई बल प्रयोग गरिने चेतावनी समेत दिए। शान्ति सुरक्षा कायम गर्न र व्यापारिक वातावरणलाई सहज बनाउन प्रशासन कटिबद्ध रहेको सन्देश उनले दिए। र्यालीले जिल्लामा शान्ति र सद्भाव कायम राख्न तथा व्यवसायीहरुलाई निर्धक्क…
भैरहवा, २७ भदौ। रुपन्देहीमा पुनः कर्फ्यु र निषेधाज्ञा आदेश जारी गरिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी भदौ २७ गतेदेखि अर्को आदेश नभएसम्म कफुर्य र निषेधाज्ञा आदेश जारी गरिएको हो। उनका अनुसार अर्को आदेश नभएसम्म राती १० देखि बिहान ६ बजेसम्म कर्फ्यु रहनेछ। कर्फ्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन्। त्यस्तै अर्को आदेश नभएसम्म बिहान ६ बजेदेखि राती १० बजेसम्म निषेधाज्ञा…
काठमाडौं,२७ भदौ। नेपालको स्थानीय बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुन प्रतितोला एक हजार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ५०५ रुपैयाँ कायम भएको थियो।
भैरहवा, २७ भदौ । जेनजीको प्रदर्शनको क्रममा नेपालका विभिन्न कारागारबाट फरार भएका ७ जना कैदीबन्दीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन कारागारबाट फरार भएका सवारी अंगभंग मुद्दाका भारतका २४ वर्षीय अब्बास खान, लागुऔषध मुद्दाका ४८ वर्षीय अनिल गिरी, लागुऔषध मुद्दाकै ४१ वर्षीय राजपाल सिंह र सवारी ज्यान मुद्दाका ३८ वर्षीय मोनु कश्याब रहेका छन् । यी सबै भारतीय नागरिक हुन् । त्यस्तै नवलपरासी कारागारबाट फरार बहुविवाह मुद्दाकी कैदी रुपन्देही सैनामैना नगरपालिका-७ को ५२ वर्षीय करिस्मा रानालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै केन्द्रीय कारगारबाट काठमाडौंबाट फरार भएका तान्जानियाका लागुऔषध मुद्दाका ५३ वर्षीय रामाधनी सिम्बा…
भैरहवा, २७ भदौ । रुपन्देही जिल्लाको भैरहवामा शान्ति–सद्भाव र्याली निकालिएको छ। भ्रष्टाचार र बेथितीविरुद्ध गरिएको प्रदर्शनमा मंगलबार सार्वजनिक र निजी सम्पतिहरुमा तोडफोड, लुटपाट, आगाजनी गरिएपछि भैरहवासहित मुलुकमा शान्ति–सद्भाव कायम राख्न कामना गर्दै र्याली निकालिएको हो। लुम्बिनी प्रेस क्लब, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्स, रुपन्देही, सिद्धार्थ सञ्जाल, रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि., नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, सिद्धार्थ होटल संघ, नेपाल, भैरहवा मर्निङवाक गु्रप, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही र पश्चिमाञ्चल यायायात प्रा.लि.को संयुक्त आयोजनामा नेपाल–भारत सीमा नाका बेलहियाबाट निकालिएको र्याली विभिन्न स्थान हुँदै बुद्धचोकमा समापन गरिएको थियो। लुम्बिनी प्रेस क्लबका…
काठमाडौं,२५ भदौ। मुलुकमा जेनजीको प्रदर्शनसँगै कार्यालय छाडेर सम्पर्कबिहीन भएका प्रहरीहरुलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ । मंगलबार प्रदर्शनकारीहरुले विभिन्न प्रहरी कार्यालयहरुमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरु कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ गएका थिए । कार्यालय छाडेर हिँडेकाहरुलाई प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर गर्दै भनेको छ, ‘सम्पूर्ण प्रहरी कार्यालयहरुमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु आ–आफ्नो कार्यालयमा तुरुन्त सम्पर्कमा जानुहुन निर्देशानुसार अनुरोध गरिएको छ।’
पोखरा, २५ भदौ । पोखराको लेकसाइडस्थित अंशुभारा बिल्डिङ र नयाँबजारस्थित अटो शोरुममा दुई जना युवतीहरुको शव फेला परेको छ। मंगलबार प्रदर्शनकारीहरुले दुबै भवनमा आगजनी गरेका थिए। प्रदर्शनकारीले आगो लगाउँदा भित्रै रहेका उनीहरु जलेको हुन सक्ने बताइएको छ। शव भएको ठाउँमा नेपाली सेनाको टोली पुगेको छ । हालसम्म दुवै जनाको पहिचान खुलेको छैन।
काठमाडौं २५ भदौ। काठमाडौंस्थित महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ। नेपाली सेना लगायत सुरक्षानिकायहरु परिचालन भएपछि बुधवार विभिन्न स्थानमा तोडफोड, अगाजनी, चोरी कार्यमा सलंग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालिएको छ। डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार ५०० र अमेरिकी डलर २५ सय बरामद भएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ।
काठमाडौं, २५ भदौ। सर्वोच्च अदालतले तोकिएका मुद्दाहरुको पेशी स्थगित गरेको छ। बुधवार अदालतले एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि मुद्दाहरुको पेशी स्थगित गरेको हो । जेनजी आन्दोलनकारीहरुले अदालतमा तोडफोड र आगजनी गर्दा मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका भएका छन् ।
कपिलवस्तु, २५ भदौ। कपिलवस्तु कारागारमा रहेका ४ सय ३१ कैदीबन्दीहरु कारागारको गेट तोडेर भागेका छन्। बुधवार बिहान कारागारका २ ब्लकमा रहेका ४ सय ५९ कैदीबन्दीमध्ये ४ सय ३१ जना भागेको कारागारका कैदीबन्दी नाईके राजु तिवारीले बताए। साथै, उक्त कारागारमा रहेका २८ जना कैदी वन्दीहरु भने कारागारबाट नभागेको उनले बताए । कारागारबाट भागेका कैन्दीबन्दीले जिल्ला अदालत कार्यालय पुगेर जिल्ला अदालत कपिलवस्तुमा तोडफोड र आगजनी गरेका छन्। आगजनीले मुद्दाका मिसिल तथा कागजपत्रहरु जलेका छन्। साथै अदालत परिसरमा रहेका सरकारी गाडी र मोटरसाईकलमा पनि तोडफोड तथा आगजनी गरिएको छ। कारागारबाट भागेर गन्तव्य तर्फ जादै गरेका ६५ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले तौलिहवा आसपासका विभिन्न क्षेत्रबाट…