


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२० कार्तिक । अब स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवाहरु सम्बन्धित स्थानीय तहबाटै उपलब्ध गराइने व्यवस्था मिलाइएको जनाएको छ। यसअघि करदाता सेवा कार्यालयहरुबाट मात्र प्यान कार्ड वितरण हुँदै आएको थियो। तर, हाल ती कार्यालयहरू खारेज गरिएका छन् । स्थानीय तहबाट सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएकाले सो अवधिमा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत प्रवाह गरिने व्यवस्था मिलाइएको विभागले जनाएको छ । त्यस्तै, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने…
काठमाडौं,२० कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुई जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । यस्तै अख्तियारले एक निर्माण सेवा प्रालि उपर पनि मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार गलत लिखत तयार गरीरगराई सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
काठमाडौं,२० कार्तिक। कतार एयरवेजले हङकङको क्याथे प्यासिफिक एयरवेजमा रहेको सबै सेयर विक्री गरेर बाहिरिने भएको छ । कतार एयरवेज कतारको सरकारी वायुसेवा कम्पनी हो भने क्याथे प्यासिफिक हङकङको सरकारी वायुसेवा कम्पनी हो । बेलायती समाचार संस्था रोयटर्सका अनुसार कतार एयरवेजले क्याथे प्यासिफिकमा रहेको ६ अर्ब ९७ करोड हङकङ डलर (८९ करोड ७० लाख अमेरिकी डलर) बराबर सेयर बेचेर बाहिरिने निर्णय गरेको हो । क्याथेमा लगानी गरेको आठ वर्षपछि कतारले आफ्नो सबै सेयर बेचेर बाहिरिने निर्णय गरेको हो। क्याथेमा कतारको ९.७ प्रतिशत सेयर छ । कतारको सेयर क्याथे आफैँले खरिद गर्न लागेको हो। क्याथेले प्रतिसेयर १०.८३ हङकङ डलरका दरले कतारको सबै…
काठमाडौं,२० कार्तिक । अनलाइनमा सस्तो मूल्यका सामग्रीहरु देखाएर ठगी अपराध बढिरहेकोले सचेत रहन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै सस्तो सामग्रीको अग्रीम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिएर बैंक खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको हो । नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओटीपी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ।
काठमाडौं,२० कार्तिक। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध साइबर ब्यूरोमा जाहेरी दिएको छ। साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार साहविरुद्ध प्राप्त जाहेरी अध्ययनका क्रममा रहेको छ । सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी मुलुकहरुलाई गाली गरेको कसुरमा युवा संघले बालेनविरुद्ध जाहेरी दिएको हो। जाहेरीपत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरी सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानुन बमोजिम कारवाही गर्न माग गरिएको छ । जाहेरीमाथि छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको राष्ट्रिय युवा संघ…
भैरहवा, २० कार्तिक । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मुल मिसिल झिकाउने आदेश भएको छ । बिहीवार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मुद्दाको मुल मिसिल र पुरक अभियोगको सक्कल मिसिल झिकाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । ‘जिल्ला अदालत रुपन्देहीबाट मुद्दाको मुल मिसिल र पुरक अभियोगको सक्कल मिसिल झिकाउने आदेश भएको छ’,उनले भने,‘जिल्लाबाट मिसिल प्राप्त भएपछि निवेदनमाथी सुनुवाई अघि…
काठमाडौं,१९ कार्तिक । साताको चौथो सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार २७.६४ अंकले घटेको परिसूचक आज १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.२५ अंकले बढेर ४५३.६० विन्दुमा अडिएको छ। नेप्से बढे पनि कारोबार रकम मंगलबारको तुलनामा कम हो। यसदिन ३१२ स्क्रिप्सको ९२ लाख १८ हजार ८१० कित्ता सेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ५ अर्ब बढीको सेयर कारोबार भएको थियो। माविलुङ इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर ९.९६ प्रतिशतले बढ्दा नेपाल फाइनान्सको ९.२३ प्रतिशतले…
काठमाडौं,१९ कार्तिक। सशस्त्र प्रहरी बलको प्रहरी निरिक्षक (इन्स्पेक्टर) को अन्तिम नतिजा सार्वजनिक भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार ०८१ वैशाख १ मा प्रकाशित विज्ञापनअनुसार माग गरिएको इन्स्पेक्टरको अन्तिम नतिजा सार्वजनिक गरिएको हो। प्रकाशित नतिजाअनुसार ५४ जनाले इन्स्पेक्टरमा नाम निकालेका छन्।
काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजालसले कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्नुको कारण सोधेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको जिकिर गर्दै नियुक्ति बदरको माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडालले आइतबार रिट दायर गरेका थिए। पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई अहिलेको संविधानले प्रधानमन्त्री बन्न नदिने उनको तर्क छ। राष्ट्रपतिबाट गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भइ धारा ८० बमोजिम शपथ लिएकी कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६/१३२ (२) को समेट ठाडो उल्लघंन भएको रिट निवेदनमा उल्लेख छ। रिटमा राष्ट्रपतिको कार्यालय…
काठमाडौं,१९ कार्तिक। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनमा लाग्ने घोषणा गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी नेतृत्वकै कारणले कम्युनिष्ट आन्दोलन तीव्र अराजनीतिकरणका साथै दक्षिणपन्थी र अवसरवादी बन्दै गएको भन्दै अहिले ९ दलको एकताप्रक्रियामा समाहित हुन नसकिने समेत स्पष्ट पारे। उनले अहिलेको अवस्थामा इमान्दार क्रान्तिकारीहरुले नयाँ पहलकदमीका लागि तयार हुनुपर्ने बताए। तथाकथित एकताको भ्रममा नपर्न आग्रह गर्दै उनले नेकपा एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन अपिल गरे। आगामी मंसिर पहिलो हप्ता आयोजना गरिने भन्दै उनले राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरे। त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने उनले जानकारी दिए। आन्दोलनको…