


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २० भदौ । नेपालमा सूचीकृत विनानै संचालनमा रहेको सामाजिक संजाल सरकारले बन्द गरेपछि सामाजिक संजालका कम्पनीहरु सरकारको सम्पर्कमा आउन थालेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्चको आदेश र मन्त्रिपरिषद्को निर्णय बमोजिम २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको थियो। त्यसको कार्यान्वयन गर्दै दूरसञ्चार प्राधिकरणले ती सामाजिक सञ्जालहरु निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो। जस अनुसार देशमा उक्त सामाजिक संजालहरु निष्क्रिय भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार निष्क्रियको निर्णय पश्चात हाम्रो पात्रो र एक्स कम्पनी सम्पर्कमा आएका छन् । उनले हाम्रो पात्रोले सूचीदर्ताका लागि बिहीवार निवेदन दिएको र…
काठमाडौं,२० भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका नापी कार्यालय कलंकीमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप) को जग्गा हालसाविक गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै १३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीविरुद्ध शुक्रवार विशेष अदालतमा आरोपपत्र दायर भएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसन्धानपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसूर देखिएको भन्दै अख्तियारले बिगो १३ हजार कायम गरी कैद सजाय र सोही रकम बराबरको जरिवानाको मागसहित आरोपपत्र दायर गरेको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)…
काठमाडौं,२० भदौ। सामाजिक संजाल निष्क्रिय बनाउने सरकारको निर्णयसँगै ग्राहक सेवा प्रभावित नहुन दिन नेपाल टेलिकमले भाइबर कम्युनिटी संचालनमा ल्याएको छ। ग्राहकको जिज्ञासा र गुनासो सम्बोधनका लागि टेलिकमले फेसबुक जस्ता माध्यममार्फत समेत सेवा दिँदै आएको थियो। तर, सामाजिक सञ्जाल निष्क्रिय भएपछि टेलिकमले नयाँ विकल्पका रुपमा ‘Nepal Telecom Customer Care’ नामको भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको जनाएको छ । टेलिकमका अनुसार ग्राहकले आफ्ना जिज्ञासा र गुनासाहरु अब ९७६५०११०८८ नम्बरमा उपलब्ध भाइबर कम्युनिटीमार्फत राख्न सक्नेछन्।
मनाङ,२० भदौ। मनाङमा हुने उपनिर्वाचनका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौड्यालले सुरक्षा तयारी र शान्ति सुरक्षामा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्। उनले जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्मको निरीक्षण गर्दै उपनिर्वाचनमा सुरक्षमा ध्यान दिन निर्देशन दिएका हुन्। मनाङ–१ प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा अगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ । निरीक्षण गर्दै उनले सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गर्नका लागि दत्तचित्त भएर लाग्न आग्रह गरे। उनले निर्वाचनमा शान्ति कायम गर्न र मतदाताको मनोबल उच्च राख्नका लागि निरन्तर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए। मनाङका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेल र सशस्त्र प्रहरी…
काठमाडौं,२० भदौ। झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रवारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीको कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको ह । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ। कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ । न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि भदौ २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
काठमाडौं,२० भदौ। अब स्वास्थ्य बीमामा आबद्ध नागरिकहरूले ८ प्रकारका गम्भीर रोगहरुको उपचार तथा विपन्न नागरिकका लागि एकीकृत सुविधा आगामी कात्तिक १ गतेदेखि पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रमहरुलाई एकीकृत गर्ने निर्णय गरेपछि यो सुविधा लागू हुन लागेको हो। यसका लागि मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेको छ। संशोधित कार्यविधिअनुसार, विपन्न नागरिकहरुले पाउँदै आएको सम्पूर्ण उपचार खर्च अब स्वास्थ्य बीमा बोर्डमार्फत भुक्तानी गरिने व्यवस्था गरिएको छ। यो सुविधा आगामी कात्तिक १ गतेदेखि पूर्ण रुपमा स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले अहिले उपचार लिइरहेका वा नयाँ सेवा लिन…
काठमाडौं,२० भदौ। सरकारले सामाजिक संजालहरुलाई बन्द गर्ने गरेको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारको निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत हुने आयोगले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन गर्नुपूर्व नै कानुनी रूपमा दर्ता गराउने, सूचीकृत गर्ने वा नियमन गर्ने गराउने कर्तव्य, दायित्व र अधिकार सरकारको रहन्छ । तर नियमन र व्यवस्थित गर्ने नाममा लामो समयदेखि सञ्चालनमा रहेका र आमनेपालीको अभिव्यक्ति र सञ्चारको जीवनशैली बनिसकेको सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णयबाट आमउपभोक्तामा असर पर्न गएको देखिएको छ’,विज्ञप्तिमा भनिएको छ,‘यस…
दाङ,२० भदौ। दाङमा फुटबल प्रतियोगितामा दुई समूहबीच झैझगडामा खुकुरी प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क का १९ वर्षीय नवीन राना, तुलसीपुर–६ गोखौराका १८ वर्षीय बसन्त परियार, सोही स्थानका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ वर्षीय जीवन विक छन्। खुकुरी प्रहार गरी रक्षाचौरस्थित जंगलमा लुकेको अवस्थामा पक्राउ परेका उनीहरुको साथबाट १ थान खुकुरी, खुकुरीको दाप र फुटेको हेल्मेट बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले बताए । बिहीवार तुलसीपुरमा खसी कप फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो। उनका अनुसार श्री सेन्टर माविका विद्यार्थीले फुटबल…
दाङ,२० भदौ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको विषय चिन्ताजनक भएको बताएका छन्। लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे। साथै, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल मान्यतालाई सबैले अंगाल्नुपर्नेमा उनले जोड दिए। प्रदेश सरकारले मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपैयाँ उपचार सहयोग गर्दै आएको जानकारी दिँदै मन्त्री सारुले हाल प्रदेशमा उपचार सहयोगका…
काठमाडौं,१९ भदौ। सरकारले नेपालमा दर्ता नभएका सामाजिक संजाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। ती सामाजिक सञ्जालहरुले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा चल्ने बनाइनेछ । यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र…