Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२२ साउन। भारतको उत्तर प्रदेशस्थित कन्नौजमा एउटा डरलाग्दो घटना भएको छ। जहाँ एक श्रीमानले आफ्नो श्रीमती सँगै घर जान नमानेपछि उनको नाक टोकेर चुँडाइदिएका छन्। पीडित गुड्डी देवीको १४ वर्षअघि पप्पुसँग विवाह भएको थियो। पप्पु लागूपदार्थको लतमा फसेका कारण उनीहरुबीच बारम्बार झगडा हुने गर्दथ्यो। पतिको व्यवहारबाट दिक्क भएर गुड्डी तीन वर्षअघि आफ्नो मामाघरमा बस्न थालेकी थिइन् र ज्यालामजदुरी गरेर जीवन चलाउँदै आएकी थिइन्। गत बुधबार साँझ कामबाट फर्किँदै गर्दा पप्पुले गुड्डीलाई बाटोमा रोकेर आफूसँग घर जान दबाब दिए। गुड्डीले अस्वीकार गरेपछि रिसाएका पप्पुले उनलाई नजिकैको झाडीमा घिसारेर लगे। त्यहाँ उनले गुड्डीको घाँटी थिचेर कुटपिट गरे र अन्तमा उनको नाक टोकेर…

Read More

काठमाडौं,२२ साउन। नेकपा माओवादी केन्द्रबाट सर्लाहीको बागमती नगरपालिकामा निर्वाचित प्रमुख (मेयर) भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन्। मुद्दा दायर पश्चात निलम्बित भएका उनी फरक–फरक मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले एउटा मुद्दामा एक वर्ष कैद सजाय निर्धारण गरेको छ भने अर्को मुद्दाको सजाय निर्धारणका लागि साउन २९ गते पेसी तोकेको छ। थापा गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका हुन्। उनलाई उक्त मुद्दामा एक वर्ष कैद र बिगो बराबर तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा जरिवाना…

Read More

काठमाडौं,२२ साउन। भारतमा सिन्धुलीका एक युवकको मिर्गौला निकालिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रमुख कृष्ण पंगेनीले उक्त घटनामा नुवाकोटका समिर परियारलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई कामको प्रलोभनमा भारत लगी बन्धक बनाएर गिरोहले उनको मिर्गौला निकालेको बताइन्छ । पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए। घर फर्किएपछि देब्रेतर्फ लगाइएको टाँका लगाइएको विषयमा घरमा बताएपछि अस्पतालमा जाँच गराउँदा एउटा मिर्गौला नभएको खुलेको थियो ।

Read More

काठमाडौं,२२साउन। नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवा सिफारिस भएका छन्। बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (१) बमोजिम डीएसपी बीरेन्द्र थापालाई प्रहरी उपरीक्षक (एसपी) पदमा र इन्सपेक्टर राजु अधिकारीलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गरेको हो । उनीहरुलाई समितिको साउन २१ गते बसेको बैठकले बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

Read More

काठमाडौं,२२ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा आवेदन दिएका इच्छुक उम्मेदवारहरुको नामवली सार्वजनिक गरेको छ। रास्वपाले उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएको जनाएको छ। उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो । रास्वपा सहामहामन्त्री विपिन आचार्यका अनुसार उम्मेदवारी उपर दाबी विरोधका लागि साउन २३ र २४ का लागि छुट्याइएको छ भने साउन २५ गते उम्मेदवारका लागि आवेदन दिनेहरुसँग छलफल राखिएको छ। साउन २६ मा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भदौ ११…

Read More

भैरहवा, २२ साउन। सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाई माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका छन्। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका हुन्। ‘बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाई माग गर्दै उहाँ (रवि लामिछाने) ले अदालतमा निवेदन दिनुभएको छ’,जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार विकास बस्नेतले क्लिक लुम्बिनीसँग भने,‘अब निवेदकको माग बमोजिम आदेश हुने/नहुने विषयमा बेन्च (इजलास) ले हेर्छ ।’ लामिछानेले दिएको निवेदन उपर अझै बहस सुरु भएको…

Read More

भैरहवा, २१ साउन। लुम्बिनी विकास कोषका कर्मचारीहरु आन्दोलनमा उत्रिदाँ कोषका कामहरु ठप्प भएका छन्। कोष कर्मचारी युनियनले ४ बुँदे मागका साथ तालाबन्दी गरेर कोष कार्यालयको मुख्य गेटमा धर्नामा बसेका छन्। कर्मचारीहरुले माग सम्बोधनका लागि साउन ५ गते ज्ञापन पत्र बुझाएर विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । साउन ८ र ९ गते हातमा कालोपट्टि बाँधेर काम गरेपछि पनि माग पूरा नहुँदा साउन १२ देखि कामकाज ठप्प पारी कार्यालयमा तालाबन्दी गरेर धर्नामा बसेका हुन्। कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनुपर्ने, कर्मचारी विनियमावली–०७९ संशोधन गरेर उमेर हद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति…

Read More

काठमाडौं,२१ साउन। भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले अमेरिकाबाट गौतम अदानीमाथि भइरहेको अनुसन्धानको कारण प्रधानमन्त्री नरेन्द्र मोदी ट्रम्पको अगाडि उभिन नसकेको आरोप लगाएका छन्। रुससँग तेल किनेकोमा विरोध जनाउँदै ट्रम्पले भारतमाथि ट्यारिफ बढाउने धम्की दिँदै आएको समयमा गान्धीले यस्तो आरोप लगाएका हुन्। ‘कृपया बुझ्नुहोस्, प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पका पटक पटकका धम्कीहरुको सामना गर्न नसक्नुको कारण अमेरिकामा अदानीमाथि चलिरहेको अनुसन्धान हो।’ उनले अगाडि भनेका छन्, ‘एउटा धम्की भनेको मोदी, अदानी र रुसी तेल सम्झौताबिचको आर्थिक सम्बन्धलाई उजागर गर्ने हो। मोदीका हातहरु बाँधिएका छन्।’

Read More

उदयपुर,२१ साउन। उदयपुरमा मदिरा भनेर डिजेल पिउँदा वृद्धको ज्यान गएको छ। घरमा बोतलमा राखिएको डिजेललाई मदिरा भनेर पिएपछि अस्वस्थ भएका चौदण्डीगढी नगरपालिका-६ सुगारेका ९३ वर्षीय अन्तनारायण श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । बिराट टिचिङ अस्पतालमा उपचारकै क्रममा बुधबार बिहान वृद्धको मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं, २१साउन। नेपाल नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक गरिएको छ। एनपिएलले अक्सनमा सहभागी रहने १ सय ५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो। अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम रजिष्ट्रेसनगराएका थिए। एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो। १ सय ५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन्। श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन्। १ सय ५० जना…

Read More