Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ९ साउन। रुपन्देही प्रहरीले बढ्दो अपराधको रुपमा रहेको अनलाईन ठगीबाट जोगिन र साईबर सुरक्षा सम्बन्धि विद्यार्थीहरुलाई तालिम दिएको छ। बिहीवार एसओएस बालग्राम लुम्बिनी, रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा उक्त तालिम भएको हो। बालग्राम अध्ययनरत करिब ४५ जना विद्यार्थी र कर्मचारीहरुलाई अनलाइन ठगी र साईबर अपराधबाट जोगिनका साथै कानुनी सजाएका व्यवस्थाहरुको बारेमा सचेतनामूलक प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भरत केसीले विद्यार्थी र कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए ।

Read More

सर्लाही, ९ साउन। सर्लाहीमा एक व्यक्तिले प्रहरी चेकिङमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देखाउन खोज्दा कटुवा पेस्तोल देखिएपछि पक्राउ परेका छन्। जिल्लाको मंगलवा नगरपालिका-८ स्थित प्रहरी चौकी गोरखकाली चेक पोष्ट अगाडीको चेकिङको क्रममा बीआर ३० ए १०७१ नम्बरको मोटरसाइकलमा सवार मंगलवा-६ का मोहन पासवानले मोबाइलमा लाइसेन्स देखाउन खोज्दा १२ वर्षीय छोराले पेस्तोल ताकेको फोटो देखिएपछि प्रहरीले उक्त हतियार बरामद गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मोहनले पेस्तोल आफ्नो नभई गाउँकै २३ वर्षीय रामहुलास पासवानको बताएपछि रामहुलासलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गर्दा कपडाले बेरिएको अवस्थामा राखिएको उक्त पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले…

Read More

काठमाडौ,९ साउन। नेपालको स्थानीय बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ। आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। शुक्रवार चाँदी ५ रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य दुई हजार ३३५ रुपैयाँ कायम थियो।

Read More

काठमाडौं,९ साउन। सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न निकायहरुको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ। कालोसूचीमा राखिएको अवधिभर उक्त कम्पनीहरु कुनै पनि सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउने छैनन् । हेर्नुहोस् सूची:

Read More

काठमाडौं, ९ साउन । आजदेखि बौद्ध धर्मावलम्बीहरुको गुँला पर्व आजदेखि सुरु भएको छ। यो पर्व नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछ । नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको बताइन्छ। यस पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा छ। गुँला पर्व विशेषगरी बौद्धमार्गीहरुको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गर्दछन्। पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन छ । गुँला पर्वमा बौद्धमार्गीहरु दैनिक महाचैत्यको परिक्रमा गर्नुका साथै उपत्यकाका विभिन्न चैत्यहरुको परिक्रमा…

Read More

काठमाडौं,९ साउन। भारतको मणिपुरमा थप ६ महिनाका लागि राष्ट्रपति शासन बढेको छ। राज्यसभाले सूचना जारी गर्दै अगस्ट १३, २०२५ देखि लागू हुने गरी राष्ट्रपति शासन बढेको जनाएको छ । जारी सूचनामा भनिएको छ ,‘यो सदनले संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा १३ फेब्रुअरी, २०२५ मा राष्ट्रपतिद्वारा जारी गरिएको घोषणालाई १३ अगस्ट, २०२५ देखि ६ महिनाको अवधिका लागि निरन्तरता दिन अनुमोदन गर्दछ।’ फेब्रुअरी १३ मा एन बिरेन सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मणिपुरमा राष्ट्रपति शासन लागू गरिएको थियो। राज्यमा मे २०२३ देखि जातीय द्वन्द्व जारी छ। जसकारण अझै स्थायी रुपमा शान्ति स्थापित भएको छैन।

Read More

सिरहा, ९साउन। सिरहामा एक जनाको हत्या भएको छ । भाइ–बुहारी बीचको झगडा छुटाउन गएका गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतिराम सदाको खुकुरी प्रहार गरी हत्या भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले बताए। उनका अनुसार २५ वर्षीय आफ्नै भाई श्याम सदाले खुकुरी प्रहार गरेर दाई मोतिरामको हत्या गरेका हुन्। बिहीबार राति श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको अवस्थामा विवाद छुट्टाउन गएका दाइ मोतिरामलाई भाइ श्यामले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा बिहीवार राति नै मृत्यु भएको उनले बताए। घटना पश्चात फरार श्यामलाई पक्राउ गरी घटनाको आवश्यक अनुसन्धान अघि बढाइएको…

Read More

दार्चुला,८साउन। कृषक समूहका पदाधिकारीको मृत्यु भएको भन्दै कृषि अनुदान रकम लिनका लागि नक्कली विवरण पेश गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका प्रहरीले जनाएको छ। धामी मालिकार्जुन कृषक समूहका अध्यक्ष तथा शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन्। उनीहरुले सचिव र कोषाध्यक्षको मृत्यु भएको नक्कली विवरण पेश गरेका थिए। पक्राउ परेका आरोपीहरुविरुद्ध लिखत सम्बन्धी कसुर, किर्ते र आपराधिक विश्वासघात मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए। उनका अनुसार आरोपीहरुले ओखर पकेट क्षेत्र अन्तर्गत दुई…

Read More

भैरहवा,८ साउन। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा कडाई गरिएपछि भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली नागरिकहरुको उद्दार गरेर भैरहवा ल्याइएको छ। उद्दार गरिएका सबै महिला हुन्। एनओसी विना विदेश जान लागेका महिलाहरुलाई दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा उद्दार गरेर स्थलमार्ग हुँदै बिहीवार भैरहवा ल्याइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार दिल्लीस्थित नेपाली राजदूतावासका एसएसपी प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टोलीले उद्दार गरिएका महिलाहरुलाई बेलहिया नाका हुँदै भैरहवा ल्याएर प्रशासनको जिम्मा लगाएको छ। गृहमन्त्री रमेश लेखकले घटनाका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। घटनाको…

Read More

परासी,८साउन। गर्मी अत्याधिक बढेपछि पश्चिम नवलपरासीका रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिकाले विद्यालयमा विदा दिएको छ। गर्मीका कारण पठनपाठनमा समस्या र बालबालिकाहरु स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्लाको दुई पालिकाले विद्यालयमा विदा दिने निर्णय गरेका हुन्। प्रतापपुरले शुक्रबारदेखि आइतबारसम्म र रामग्रामले शुक्रबार पालिकाका विद्यालयमा विदा दिएको छ। बढ्दो गर्मीका कारण बालबालिकाका लागि मौसम प्रतिकूल बनेकोले बिदा दिने निर्णय गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए। उनका अनुसार मौसममा सुधार नदेखिए बिहानी कक्षा सञ्चालन गर्ने वा अन्य वैकल्पिक व्यवस्था गरेर पठनपाठन सुचारु गरिने बताए। रामग्राम नगरपालिकाका अनुसार शनिबार बिदा रहेकोले आइतबार मौसमको अवस्था हेरेर विद्यालय सञ्चालनबारे निर्णय गरिनेछ। वर्षा नहुँदा यस क्षेत्रको जनजीवन प्रभावित…

Read More