


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ११ साउन। नेपालमा धानचामलको आयातमा बढेको छ। जसका कारण अर्बौं रुपैयाँ विदेशिएको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा धानचामल आयात करिब दोब्बरले बढेको भन्सार विभागले जनाएको छ। विभागको तथ्यांक अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४० अर्ब १८ करोड रुपैयाँ बराबरको धानचामल आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भएको २२ अर्ब २२ करोड रुपैयाँको आयातभन्दा निकै बढी हो। आयातित वस्तुमध्ये धानको परिमाण सबैभन्दा धेरै छ। गत आर्थिक वर्षमा २१ अर्ब ५२ करोड २७ लाख ८४ हजार रुपैयाँ बराबरको ५३ करोड ३७ लाख १५ हजार २५९ केजी धान आयात भएको छ। अघिल्लो…
काठमाडौं,११साउन। देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोछ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षा र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ । यस्तै आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी तराई भू–भागका थोरै स्थानहरुमा…
सिरहा,१० साउन। सिरहामा प्रहरीले गोली चलाएर लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला अन्तर्गत ग्राम पंचायत बिरपुरका श्यामसुन्दर पासवान रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पासवानले भारतबाट लागुऔषध ल्याउँदै गरेको विशेष सूचनाका आधारमा जाँच गर्न खोज्दा उनी भाग्न खोजेपछि एक राउन्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी एवं प्रवक्ता बिरेन्द्र पासवानले जानकारी दिए। उनका अनुसार पासवानको साथबाट ५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ। पक्राउ परेका पासवानलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा पठाइएको प्रहरीले जनाएको छ।
चितवन,१० साउन। चितवनमा केही क्षेत्रमा भोली (आइतबार) ६ घण्टा लोडसेडिङ हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै आइतबार ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। सूचना अनुसार नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरुमा लोडसेडिङ हुने भएको हो । भरतपुर १३२ र ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) र माग बढेर उक्त तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसक्ने अवस्था रहेको वितरण केन्द्रले जनाएको छ। समस्या समाधान गरेर लोड व्यवस्थापन…
भैरहवा,१० साउन। रुपन्देहीको भैरहवास्थित बालसुधार गृहमा जबरजस्ती करणी मुद्दामा कैद सजाए भुक्तान गरिरहेका एक बालक (उमेरले युवा भएपनि मुद्दा दर्ता हुँदा बालक रहेको बालक भनिन्छ) को मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार शनिवार दिउँसो रुपन्देही सम्मरीमाई गाउँपालिका-४ का २१ वर्षीय सन्दिप गोसाईको झुण्डिएको अवस्थामा शव फेला परेको हो। बाल कैदीहरुको गणना गर्ने क्रममा गोसाई नभेटिएपछि खोजी गर्ने क्रममा सुधार गृहको तेस्रो तल्लामा रहेको स्टोर कोठामा नरिवलको डोरीले पासोमा झुण्डिएको अवस्थामा उनको शव बरामद भएको उनले बताए। विगत एक वर्षदेखि उनी सुधार गृहमा मोनिटर (नाइके) थिए। घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
भैरहवा,१०साउन। भैरहवास्थित पक्लिहवा कृषि क्याम्पस क्षेत्रको डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार पौडी खेल्ने क्रममा सिद्धार्थनगर नगरपालिका-९ का १४ वर्षीय प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका-६ घर भई हाल सिद्धार्थनगर नगरपालिका-७ का १५ वर्षीय दिनेश न्यौपानेको मृत्यु भएको हो। खोलामा पाँच जना पौडी खेल्न गएपनि दुई जना बालक बाहिर नआएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजको क्रममा दुई जनालाई मृत अवस्थामा फेला पारेको थियो। शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
भैरहवा,१० साउन । भैरहवामा अगामी साउन दोस्रो साता ‘भैरहवा कार्निभल-२०८२’आयोजना हुने भएको छ। प्लाटिनम इभेन्ट्स प्रालि र गृहलक्ष्मी समूहको संयुक्त आयोजनामा अनाथ आश्रमका लागि सहयोगार्थ भैरहवास्थित महेन्द्र सभागृहको खुल्ला परिसरमा ‘भैरहवा कार्निभल-२०८२’ हुने भएको हो आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेर कार्निभल (महोत्सव)मा बृहत् नृत्य प्रतियोगिता र खाना महोत्सव मुख्य आकर्षणका रहेको बताएको छ। प्लाटिनम इभेन्ट्स प्रालिका संयोजक ओजस शर्माका अनुसार नृत्य प्रतियोगितामा भैरहवा र आसपासका क्षेत्रबाट करिब २ सय जना प्रतियोगी सहभागी हुने आयोजकको अपेक्षा छ। प्रतियोगिता जुनियरतर्फ (५ देखि १५ वर्ष उमेह समूह) र सिनियर (१६ वर्षमाथी उमेर समूह) गरी विभाजन गरिएको छ। प्रतियोगिताको पहिलो अडिसन जारी छ भने…
मनोरञ्जन शर्मा शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वमाझ चिनाउनका लागि वर्षौ जीवन बिताउनु भएका भैरहवा क्षेत्रका वरिष्ठ पत्रकार स्व. चेतन पन्त आज हामी माझ नरहेपनि सधै सम्झनामा रहनुहुनेछ। लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि उहाँ विश्वको धेरै मुलुकहरुमा गएर फोटो/भीडियो प्रर्दशनी मार्फत पुर्याउनु भएको योगदान अझै हामी सबैको मनसपाटलमा ताजै छ। जसको फलस्वरुप पनि हामी क्षेत्रवासीले उहाँलाई बिर्सिने कुरा भएन। उहाँ यस क्षेत्रको नक्षत्र हुनुहुन्थ्यो। स्व.चेतन दाईसँग मेरो सामिप्यता वि.स. २०६२ मंसिरबाट सुरु भएको त्यो पहिलो भेट अझै पनि मेरो मनसपाटलमा ताजै छ। त्यस बेला म नेपाल वान टिभीमा पाल्पा, गुल्मी र अर्घाखाँचिको रिपोर्टिङ पाल्पा सदरमुकाम तानसेनमा बसेर गर्दथे। मेरो गृहजिला पनि…
भैरहवा, ९ साउन। गर्मी अत्याधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन दिन विद्यालयमा विदा दिएको छ । गर्मी बढेको कारण जनजीवन समेत नकरात्मक असर परी विद्यार्थीहरु विरामी हुन सक्ने समस्यालाई मध्यनजर गर्दै साउन ११ गते देखि १३ गते (आइतबार देखि मंगलबार) सम्म नगरका सबै विद्यालयहरुमा गर्मी विदा दिने निर्णय भएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ । जारी सूचनामा भनिएको छ–‘संचालन भइरहेको कुनैपनि कक्षाको परीक्षा र अन्य राष्ट्रियस्तरका परिक्षाहरु संचालनमा कुनै बाधा पर्ने छैन।’ पालिकाले गर्मी विदाको सूचना जारी गरेको केही समय पश्चात भैरहवामा वर्षा सुरु भएको छ।
भैरहवा, ९ साउन। रुपन्देही प्रहरीले बढ्दो अपराधको रुपमा रहेको अनलाईन ठगीबाट जोगिन र साईबर सुरक्षा सम्बन्धि विद्यार्थीहरुलाई तालिम दिएको छ। बिहीवार एसओएस बालग्राम लुम्बिनी, रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा उक्त तालिम भएको हो। बालग्राम अध्ययनरत करिब ४५ जना विद्यार्थी र कर्मचारीहरुलाई अनलाइन ठगी र साईबर अपराधबाट जोगिनका साथै कानुनी सजाएका व्यवस्थाहरुको बारेमा सचेतनामूलक प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भरत केसीले विद्यार्थी र कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए ।