


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीका ८८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार जिल्लाको ३२ वटा विद्यालयका ८८ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । जिल्लामा कुल १७ हजार ७ सय चार जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए। कार्यालयका अनुसार नियमित (साधरण) तर्फ १७ हजार दुई सय ८४ जना परिक्षार्थी रहेकोमा १२ हजार २ सय ८७ जना (७१.१ प्रतिशत) वर्गीकृत (ग्रेड) भएका छन् भने ४ हजार ९ सय ९७ जना (२८.९ प्रतिशत) अवर्गीकृत (नन ग्रेड)भएका छन् । त्यस्तै नियमित (प्राविधिक) तर्फ ४ सय २० जना परिक्षामा सहभागी भएका…
भैरहवा, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीमा पाँच हजार बढी विद्याथी अवर्गीकृत (नन ग्रेड) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार एसईईको नतिजामा जिल्लामा साधारण र प्राविधिकतर्फ गरी कुल पाँच हजार एक ५४ विद्यार्थी नन ग्रेड भएका छन् । कार्यालयका अनुसार नियमित (साधरण) तर्फ १७ हजार दुई सय ८४ जना परिक्षार्थी रहेकोमा १२ हजार २ सय ८७ जना (७१.१ प्रतिशत) वर्गीकृत (ग्रेडेड) भएका छन् भने ४ हजार ९ सय ९७ जना (२८.९ प्रतिशत) अवर्गीकृत भएका छन् । त्यस्तै नियमित (प्राविधिक) तर्फ ४ सय २० जना परिक्षामा सहभागी भएका थिए । जस अनुसार २६३…
भैरहवा, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा रुपन्देहीको आठ स्थानीय तहका विद्यार्थीहरुमध्ये ८८ जनाले ४ जीपीए प्राप्त गरेका छन् । जिल्लामा १६ स्थानीय तह छन् । जसअनुसार अन्य आठ वटा पालिकामा ४ जीपीए ल्याउनेको संख्या शून्य रहेको छ । एसईई नतिजाको स्थानीय तहगत विवरण अनुसार बुटवल उपमहानगरपालिकाका ४६, तिलोत्तमा नगरपालिकाका २० सैनामैना नगरपालिका १०, सिद्धार्थनगर नगरपालिकाका तीन, सियारी गाउँपालिकाका तीन विद्यार्थीले चार जीपीए अंक प्राप्त गरेका छन् । त्यस्तै देवदह नगरपालिकाका दुई, शुद्धोधन गाउँपालिका दुई र कंचन गाउँपालिकाका एक जना गरी जिल्लामा कुल ८८ जना विद्यार्थीहरुले ४ जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले…
भैरहवा, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सिद्धार्थनगर नगरपालिका (भैरहवा) का दुई विद्यालयका तीन जना विद्यार्थीहरुले चार जीपीए प्राप्त गरेका छन् । शुक्रवार प्रकाशित परिक्षाको नतिजा अनुसार पश्चिमाञ्चल इङ्लिस स्कूलमा अध्यनरत दुई जना र न्यू ईरा बोर्डिङ सेकेण्डरी स्कूलमा अध्यनरत एक जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले जनाएको छ । विद्यालयका अनुसार पश्चिमाञ्चलका अलि अनवर अलि मुसलमान, सुमनिमा पोखरेलले र न्यू ईराका आस्था सुनारले ४ जीपीए ल्याएका छन्। यस बाहेक हाल प्रकाशित नतिजा अनुसार सिद्धार्थनगर नगरपालिकाका अन्य कुनै विद्यालयले ४ जीपीए ल्याउन सकेनन् । रुपन्देही जिल्लामा ३२ वटा विद्यालयका ८८ जना…
भैरहवा, १४ असार । भैरहवाको शिक्षा क्षेत्रमा अब्बल मानिने पश्चिमाञ्चल इङ्लिस स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा ल्याएको छ । दुई जना विद्यार्थीहरुको चार जीपीएसहित विद्यालयले शतप्रतिशत नतिजा ल्याएको हो। उक्त विद्यालयबाट ६१ जना विद्यार्थीहरुको परिक्षामा सहभागी भएका थिए । शुक्रबार प्रकाशित एसईईको नतिजा अनुसार विद्यालयका अलि अनवर अलि मुसलमान र सुमनिमा पोखरेलले ४ जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य राजु ढकालले बताए । त्यस्तै आयुसा पाठकले ३.९६ र निरजरा पोखरेलले ३.९ जीपीए ल्याएका छन् । उनका अनुसार ३.६ देखि ३.९६ जीपीएसम्म अंक ल्याउने १२ जना, ३.२ देखि ३.५९ जीपीए प्राप्त गर्ने ३४ जना, ३ देखि ३.१९ जीपीए प्राप्त…
भैरहवा, १३ असार । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाईल्याण्ड मुख्यालय रहेको वायुसेवा कम्पनी थाई एयर एशियाले पुनः व्यावसायिक उडान गर्ने भएको छ । गत कार्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थागित गरेको थियो । केही समय अघि कम्पनीले भैरहवा विमानस्थलबाट उडान अनुमतिको माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेश गरेको निवेदनसहितको ‘विन्टर सेड्युल’ स्विकृत भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले क्लिक लुम्बिनीलाई जानकारी दिए । उनले थाई एयर एशियाले अगामी कार्तिक ९ गते देखि साताको दुई दिन आईतबार र बधुवार उडान गर्ने तालिका रहेको बताए । विमान कम्पनीले विगत जस्तै…
काठमाडौं,१३असार। नेपाली कांग्रेसले केन्द्रीय कार्यालय विस्तारका लागि १३ करोड रुपैयाँ बराबरको जग्गा खरिद गर्ने सम्झौता गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय भएको जानकारी दिएका छन्। ‘कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको उक्त जग्गा र घर १३ करोडमा खरिद गर्ने निर्णय गरेको हो।…
रुकुम पश्चिम,१३ असार। नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन वाईसीएल (योङ कम्युनिष्ट लिग) का कर्णाली प्रदेश सदस्य तथा चौरजहारी नगर कमिटी इन्चार्ज रेशम खत्री क्षेत्री बलात्कारको आरोपमा पक्राउ परेका छन्। १७ वर्षीया जाजरकोटकी किशोरीले दुई महिनाअघि क्षेत्रीविरुद्ध जाहेरी दिएकी थिइन्। उनले २०७९ चैतमा चौरजहारीको एक होटलमा बलात्कार गरिएको उल्लेख गरेकी छिन्। ती किशोरी अहिले एक छोरीकी आमा भइसकेकी छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार बिहीबार राति सानीभेरी गाउँपालिकाको एक होटलबाट क्षेत्रीलाई पक्राउ गरिएको हो। क्षेत्रीलाई म्याद थपका लागि शुक्रबार अदालतमा पेश गरिने जनाइएको छ। जाहेरीमा क्षेत्रीले गर्भपतन गराउन दबाब दिएका थिए भने बच्चा जन्मिएपछि सबै खर्च…
काठमाडौं,१३असार। काठमाडौंको पुरानो बसपार्कस्थित निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेका छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि भेटवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए।
सिरहा,१३असार। सिरहा प्रहरीले ग्लोबल आइएमई बैंक शाखाको रकम लुटपाटमा संग्लन आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको प्रहरीले जनाएको छ। गत २०७९ फागुन १० गते सिरहाको मिर्चैया नगरपालिका–३ बतहा पुल नजिकै कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाका कर्मचारीलाई र सुरक्षामा खटिएका प्रहरीलाई चार जनाको समूहले पेस्तोल देखाएर नौ लाख रुपैयाँ लुटपाट गरी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उक्त घटनापछि भारतमा लुकेर बस्दै आएका लोहनीलाई सिरहाको सीमावर्ती क्षेत्र खैरटोकाबाट पक्राउ गरिएको हो। पक्राउ परेका लोहनीलाई अदालतमा पेश गरी आवश्यक प्रक्रिया अघि बढाइएको…