


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, १७ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधाको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेका छन् । उनीहरुले विभिन्न व्यक्तिहरुसँग युरोपियन मुलुकहरुमा पठाइदिने ७१ लाख ५२ हजार रुपैयाँ ठगी गरेका थिए। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका–१० का २४ वर्षीय सुशान चुडाल, सुर्खेत सिम्ता गाउँपालिका–१ का ३० वर्षीय प्रदीप हमाल र दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ३६ वर्षीया मञ्जु दाहाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए। उनका अनुसार पक्राउ परेका श्रेष्ठले यूके पठाइदिने २७ लाख २९ हजार, चुडालले बोस्निया र हर्जगोभिना पठाइदिने भन्दै ३६ लाख ६३ हजार,…
मकवानपुर, १७ साउन । मकवानपुर प्रहरीले मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार विगतदेखि ससुराली बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घरमा कोही नभएको बेला ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तिको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ। उनका अनुसार पक्राउ परेका श्रीमानले श्रीमती पक्षघातको बिरामी भएर हिड्डुल गर्न नसक्ने अवस्थामा रहेकोले आफूले तनावमा श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । साथै, प्रहरी सोधपुछमा उनले श्रीमतीको हत्या पश्चात आफू झुण्डिर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि प्रहरी सम्पर्कमा आएको बताएका छन् । दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा…
काठमाडौं,१६साउन । नेपालमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को म्याद अब १० वर्षको हुने भएको छ। सरकारले ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ। जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइएको हो। ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्सको बहाल हुने अवधिबारे उल्लेख छ। लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्याइएको छ। यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो। नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने बाटो खुला गरेको छ।
भैरहवा, १६ साउन। जिल्ला अदालत रुपन्देहीले मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित रहेको सहकारीका अध्यक्ष केसी समेतले शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ ठगी गरेको आरोप छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले पूर्पक्षको बहसपछि शुक्रवार अध्यक्ष केसीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए । प्रहरीले फरार रहेका अध्यक्ष केसीलाई बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी अदालतमा पेश गरेको थियो। रुपन्देही सिद्धार्थनगर नगरपालिकाका धनमन थारु समेतको जाहेरीले रुपन्देही प्रहरीले जिल्ला सरकारी…
काठमाडौं, १५ साउन। साउदी अरेबिया सरकारले ६५ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। साउदी अरेबियामा कानुन उल्लघंन गरी कारगारमा सजाए भुक्तान गरिरहेका ६५ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको हो। नेपाली राजदूतावास, रियादका अनुसार साउदी सरकारले पवित्र महिना रमजानको अवसरमा देशको विभिन्न कारागारमा सजाए भुक्तान गरिरहेका ६५ नेपाली नागरिकहरुलाई आममाफी दिइएको हो। लामो समयदेखि अवैधानिक रुपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकहरुलाई पनि साउदी सरकारले अवस्था अनुसार आममाफी दिँदै आएको छ।
स्याङ्जा,१५ साउन। प्रहरीले पसलबाट विभिन्न सामग्री चोरी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-६ काउलेका २२ वर्षीय तोरण परियार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका परियारले बुधवार राती सोही स्थानको एक पसलबाट बियर १७ बोतल, सोफी रक्सी १ कार्टुन, चुरोट ९ प्याकेट, चाउचाउ २० प्याकेट, कुखुराको मासु ५ केजी चोरी गरेको आरोप छ। घटना पश्चात प्राप्त सूचनाको आधारमा अनुसन्धान गर्दा चोरी भएका केही सामग्रीसहित परियारलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी एवं सूचना अधिकारी प्रसन्नराज चौधरीले बताए । नकबजनी चोरी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप गरेर आवश्यक…
भैरहवा, १५ साउन । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिको बैठकले बिहीवार मध्यरात देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा घटबढ गरेको हो। निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले घटेको र डिजेल/मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले घटेको हो। त्यस्तै हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ। हेर्नुहोस् मूल्यसूची:
भैरहवा, १५ साउन। भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको आरोपमा प्रहरीले संस्थाको संचालक समितिका सदस्य रामहरी सिलवाललाई पनि पक्राउ गरेको छ। सिलवालाई बिहिवार काठमाडौंमा पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए। उनका अनुसार काठमाडौंमा पक्राउ परेका सिलवालाई रुपन्देही ल्याउने तयारी भईरहेको छ। उनीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपछि रुपन्देही प्रहरीले खोजतलास सुरु गरेको थियो। चितवनको राप्ती नगरपालिका–२ का सिलवाल उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का उपाध्यक्ष समेत रहेको बताईएको छ। उक्त सहकारीको शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना भएपछि रुपन्देही प्रहरीले सहकारी ठगी मुद्दामा अनुसन्धान गरेको थियो। बुधवार…
काठमाडौं, १५ साउन। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना संकेत गरेका छन्। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै उनले सत्तारुढ दलहरुबीच सहमति भएको अवस्थामा मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताए। उनले भने, ‘सामान्यतया २-३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन।’ उनले सरकारमा सहभागी मन्त्रीहरुको कार्यसम्पदानमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गर्न सकिने बताए। सत्ता साझेदार दल एमाले र कांग्रेसबीच अविश्वासको अवस्था पैदा नभएको उनको भनाई छ।
काठमाडौं,१५ साउन। संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्ने बताएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालय अन्तरगत पाँच आयोजना रहेको भएपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भइसकेकोले यी दुई आयोजना अब राष्ट्रिय गौरवका संरचनामा राख्नुपर्ने बताएका हुन्। उनले भने, ‘देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै यी आयोजनाबाट फाइदा लिनुपर्छ।’ यस्तै पशुपति र लुम्बिनीको गुरुयोजना अनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई…