


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१७जेठ। रुपन्देही प्रहरीले लागुऔषधसहित दुई जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको मायादेवी गाउँपालिका-१ अहिरौलीका ३५ वर्षीय राजेश कोहार र २६ वर्षीय गोविन्द लोध रहेको प्रहरीले जनाएको छ। अहिरौलीमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ परेकाहरुको साथबाट २० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गरेर घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट आवश्यक अनुसन्धान अघि बढाइएको…
बुटवल, १७ जेठ। रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्रको उद्घाटन गरिएको छ। रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे। कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यसप्रकारको दानमा जोडिन सबैमा आह्वान गरे। उनले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पारे। निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानूनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि उनले बताए। ‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी…
भैरहवा,१७जेठ। रुपन्देहीमा भएको लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी रुपन्देहीले उचालेको छ। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देहीको टिमले उपाधी उचालेको हो। टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३५ ओभरमा २४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाउँदै १ सय ३१ रनको योगफल बनायो। जसका लागि ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले सिद्धार्थ ढकालले ५४ रन बनाउन सफल भए। रोजन कुमालले २६, समीर अलि मुसलमानले २२ र तुसार चौहानले १० रनको जोडे। बलिङमा दाङका शुभम खनालले ६ ओभरमा १५ रन खर्चेर ५ विकेट लिँदा दक्ष ठाकुरले ३, चन्द्रबहादुर…
भैरहवा,१७जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको गोनहिया टोल सुुधार समितिको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोनहिया स्थित श्री विन्ध्यावासिनी मिसुजु आधारभूत विद्यालयलमा सम्पन्न साधारणमा बोल्ने वक्ताहरुले टोल सुधार समितिले स्थानीय तह र समुदायकाबीच पुलको काम गरेको बताए। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले स्थानीय तहबाट प्रवाह हुने सेवा सुविधाहरुलाई टोल सुधार समितिहरु मार्फत प्रभावकारी ढंगले प्रदान गर्न सकिएको बताए। उनले टोल सुधार समितिहरु नगरको कार्यक्रमहरुमा प्राथमिकता पाउने गरि काम गरिरहेको बताए। गोनहिया टोल सुधार समितिका अध्यक्ष बुद्धि सागर तेलीले टोल सुधार गठन भए पछि गोनहियाको सरसफाई लगायत बिभिन्न जनचेतनामूलक…
काठमाडौं,१६जेठ। सरकारले भारतीय पर्यटकहरुले नेपाल भ्रमणको क्रममा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाइने सीमा हटाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ। यस भन्दा अघि भारतीय नागरिकले २५ हजार भारु सम्ममात्र ल्याउन पाउँथे। जसकारण नेपालको पर्यटन क्षेत्रमा असर परेको थियो। पर्यटन व्यवसायीहरुबाट निश्चित २५ हजार रकमको सीमा हटाउनु पर्ने माग उठ्दै आएको थियो। जसलाई सम्बोधन गर्दै अब सरकारले २५ हजार भारु भन्दा बढी रकम भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने…
उदयपुर,१६जेठ। प्रहरीले जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-२ सन्नुवाका ६२ वर्षीय नागेश्वर विक रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका ६२ वर्षीय विकले एक १२ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका विकले ती नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं,१६जेठ। काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालय शुक्रवार एक सूचना जारी गर्दै आइतबार काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आइतबार बिदा दिइएको जानकारी दिए ।
बारा,१६जेठ। प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्रा पर्नेमा भारतका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितका अनुसा भारतीय कार नम्बर बीआर-०१-बियु-३४८५ मा पछाडिको सिटमुनि फल्स बटम बनाएर लागुऔषध भित्राएको अवस्थामा बाराको अमलेखगञ्जबाट उनीहरुलाई पक्राउ गरिएको हो। उनले पक्राउ परेका व्यक्तिहरुको साथबाट २१ हजार ६ सय वटा ट्रामाडोल ट्याब्लेट र ७६ बोतल ओनरेक्स नामक लागुऔषध बरामद भएको बताए। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जनाएको छ।
विराटनगर,१६जेठ। कहिले शरीरको खुटाँमा बाँधेर त कहिले मोटरसाइकलको ट्यांकीमा लुकाएर। लागुऔषध ओसरपसार गर्ने पनि अनेक तरिका। अपराधीभन्दा प्रहरी एक कदम अघि भने झै विराटनगरमा बठ्याईँ गरेर लागुऔषध भित्रयाउन खोज्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले लागुऔषध ओसारपसारका लागि कुकुरको प्रयोग गरेका थिए। लागुऔषध ल्याउनका लागि ‘रक्की’ नामको पालुवा कुकुर लिएर सीमापारी जोगवनी बजार गएका उनी कुकुरसहित फर्कि । विशेष सूचनाको आधारमा उनलाई रोकेर उनको शरीर खानतलासी गर्दा लागुऔषध फेला नपरेपछि प्रहरी अच्चिमत पर्यो। सूचना सही थियो तर लागुऔषध फेला परेन। त्यसपछि साथमा रहेको कुकुरको…
काठमाडौं,१६जेठ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) ब्यूरोकै डीएसपी भन्दै रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् । उनलाई सीआईबीको टोलीले भक्तपुरको कमेरेटारबाट मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका थापाले एक व्यक्तिलाई आफू सीआईबीको डीएसपी भन्दै बलात्कार मुद्दा फसाउने भनेर ८ लाख ४० हजार रुपैयाँ असुलेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ। उनीविरुद्ध यसअघि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलेको थियो ।