Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

चितवन,१६जेठ। नारायणी नदीको बीच भागमा फसेका २२ जनाको उद्दार गरिएको छ। चितवनको भरतपुर महानगरपालिका १६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। नदीजन्य पदार्थ उत्खनन गरी निकाल्नका लागि बनाइएको अस्थायी बाँध भत्किँदा उनीहरु नदीको टापुमा फसेका थिए। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको उद्धार टोली बोटको सहायता उनीहरुको उद्दार गरेको हो। यसै क्रममा गिट्टी बालुवा ओसार्न प्रयोग गरिएको एउटा टिपर भने बाँध भत्किएको स्थानमा डुबेको छ ।

Read More

भैरहवा,१५जेठ। रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दियाले जित निकालेको छ। तर, बाँकेलाई ६५ रनले पराजित गर्दै बर्दियाले जित निकालेको हो। तर, पराजित बाँकेसँगै बर्दिया यस अघि नै उपाधिको स्पर्धाका लागि ‘आउट’ भइसकेका छन्। प्रतियोगिताको उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ । बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रनको बनायो। जसमा आदित्य ढकालले ५७ रनको अर्धशतकीय इनिङ खेले भने निराजन थापाले ४७, हेमन्त आचार्यले २४, केशव बिष्टले २२ र उत्सव चलाउनेले १९ रनको योगदान गरे।…

Read More

काठमाडौं,१५जेठ। सरकारले आगामी आर्थिक वर्षका २०८२/८३ लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको उनले बताए। त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए। उनले कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको बताए। बजेटको खर्च व्यहोर्ने स्रोतमा…

Read More

काठमाडौं,१५ जेठ। नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा भएसँगै उनलाई कार्य विभागमा पदस्थापन गरिएको छ। उनी विशेष ब्यूरोमा कार्यरत थिए। एआईजी लालमणि आचार्य गत जेठ १० गते ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेभएपछि उक्त ठाउँमा शाहलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।

Read More

काठमाडौं,१५ जेठ। सरकारले वृद्धभत्ता अब ७० वर्षको उमेरदेखि मात्र उपलब्ध गराउने भएको छ। यस अघि ६८ वर्षको उमेरदेखि दिइँदै आएको भत्ता अब उमेर बढाएर ७० वर्ष पुर्‍याइएको छ। ‘उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन समेतलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पूरा भएका नागरिकले ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था मिलाएको छु’, आगामी आर्थिक वर्ष २०८२/८३ को संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने , ‘हाल प्राप्त गरिरहेका, दुर्गम क्षेत्र र लक्षित वर्गका ज्येष्ठ नागरिकका लागि भत्ता पाउने उमेर यथावत् राखेको छु।’ योसँगै अब ७० वर्षको उमेरदेखि मात्रै वृद्धभत्ता पाइने भएको छ ।

Read More

काठमाडौं,१५ जेठ। सरकारले विशेष आर्थिक क्षेत्र (सेज) मा जग्गाको भाडा प्रतिवर्गमिटर ५ रुपैयाँमा झारेको छ। बिहीवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेजको मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट झारेर ५ रुपैयाँ कायम गर्ने घोषणा गरेका छन्। उनले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति प्राप्त गर्ने उद्योगलाई सुरुका ३ वर्ष भाडा छुट दिइने पनि बताए। औद्योगिक क्षेत्रका उद्योगले उत्पादन गरेका वस्तु उत्पादनको ३० प्रतिशतभन्दा बढी निर्यात गरे विशेष आर्थिक क्षेत्रसरह सुविधा दिने उनले उल्लेख गरे ।

Read More

भैरहवा,१४जेठ। रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देहीसँगै दाङ पनि फाइनलमा पुगेको छ। बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको समूह ‘बी’ अन्र्तगत खेलमा दाङले बाँकेलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। यसअघि रुपन्देही समूह ‘ए’ को फाइनल पुगिसकेको छ। यी दुई टीमबीच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ । टस जितेर ब्याटिङ रोजेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रन बनायो। उसका लागि भुवन शाहीले २९ र फर्दिन अली भाटले २२ रनको योगदान दिए। बलिङमा दाङका शुभम खनालले ३, करण जीएमले २ तथा दक्ष ठाकुर र सन्दीप थापाले समान…

Read More

काठमाडौं,१४जेठ। यो वर्ष मनसुन छिट्टै भित्रिने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा जेठ ३० गते आसपास पूर्वी भागबाट देशमा भित्रिने मनसुन यस वर्ष छिट्टै भित्रिने सम्भावना रहेको बताए। जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको छ । उनका अनुसारभूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा नेपाल भित्रिसक्ने देखिएको छ। यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ।

Read More

काठमाडौं,१४जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह, सबइञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य छन् । त्यस्तै मुद्दामा वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मदन यादव, वडा नं. ५ का पूर्ववडाध्यक्ष मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीलादेवी यादवलाई प्रतिवादी बनाइएको छ। ७ लाख ७५ हजार ४३६…

Read More

भैरहवा, १४ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको छ। रोहिणी–३ स्थित धकधईमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणाका लागि अहारोत्र खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रातदिन खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद व्यक्त गरे। उनले महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने विषयमा गाउँपालिका गम्भिर रहेको बताए।…

Read More