


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१८असार। संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा हेरफेर भएको आरोपपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ। बैठकमा सांसदहरुले विधेयकको अन्तिम प्रतिवेदन समितिको सहमति विपरीत आएको भन्दै चर्को विरोध जनाएका छन्। नेकपा एमालेका नेता तथा पूर्व कानूनमन्त्री पदम गिरीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका छन्। नेपाली कांग्रेस सांसद हृदयराम थानीले उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले चलखेलमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले हेरफेरमा मुख्यसचिव लगायतको संलग्नता भएरनभएकोबारे…
काठमाडौं, १८ असार। नेपाल राष्ट्र बैंकले आज (बुधबार) ६० अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट खिच्ने भएको छ। बजारमा तरलता (लगानी योग्य रकम) अधिक भएपछि राष्ट्र बैंकले यो कदम चालेको हो। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत यो निक्षेप खिच्न लागेको हो। चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता देखिएकोले राष्ट्र बैंकले लगातार बजारबाट पैसा खिच्दै आएको छ। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। निक्षेपको यो निरन्तर वृद्धिलाई व्यवस्थापन गर्न अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो। यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। राष्ट्र बैंकले जानकारी गराएअनुसार, आज बोलकबोल…
काठमाडौं,१७ असार। बुधबार देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरुमा तथा बाँकी भूभागका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भैरहवा,१७ असार। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेयले प्रदेश सभाको बैठकमा यसबारे जानकारी गराएका हुन्। यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि समर्थन फिर्ता लिइसकेको छ। मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। तर, प्रमुख विपक्षी माओवादी केन्द्रसहितका दलले बजेटलाई चरम असन्तुलित र असमावेशी भन्दै पुनर्लेखनको माग गर्दै विरोध जनाएका थिए। प्रदेश सभा सचिव दुर्लभकुमार पुनले लोसपा र जसपा नेपालका सांसदहरुको उपस्थिति भएकाले प्रतिपक्षीविहीन नभएकोले बैठक चलाइएको बताएका छन्।
भैरहवा,१६ असार। रुपन्देहीमा पछिल्लो समय दिनहुँ तस्करीका सामग्री बरामद गर्न थालिएको छ । तस्करीमा प्रयोग भएका सवारीसाधनका साथै संग्लन व्यक्तिहरुलाई पनि पक्राउ गर्ने गरिएको छ। रुपन्देही प्रहरी प्रमुखमा एसपी प्रदीप बहादुर क्षेत्री आएपछि ठूला तस्करी ठप्प भएको छ भने खुल्ला सीमा नाकाका कारण लुकुछिपी भित्राउने गरिएको थोरै मात्राका सामग्रीहरु पनि धमाधम समात्ने गरिएको छ। यस्तै, रुपन्देही प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भित्राइएको १३ लाख बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय मझगाँवा, छपिया, धकधई, प्रहरी चौकी मैनिहवा, कालिदह, अस्थायी प्रहरी बिट महिलावारबाट खटिएको टोलीले विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलेर…
भैरहवा,१६असार। रुपन्देहीको सीमानाकाबाट तीन जना बालिकाहरुको उद्दार गरिएको छ । साथै, घटनामा संग्लन आरोपमा तीनजना भारतीय नागरिकसहित चार जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ स्थित कालिदह नाकाबाट ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा बालिकाहरुको उद्दार गरी घटनामा संग्लन देखिएका चार जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा भारतको गोरखपुर जिल्ला कम्पियरगंजको कुवर बलुवाका ३८ वर्षीया गीता गौड, सोही स्थानको १९ वर्षीया नेहा पाण्डेय, सोही क्षेत्रको कुवर बन्दोहका २६ वर्षीय प्रमोद कुमार धोबी र रुपन्देही जिल्ला गैडहवा गाउँपालिका ६ का १९ वर्षीया निर्मला लोध रहेका छन् । नाकाबाट शुभ अवसर ग्राम…
दाङ, १६ असार। लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक नतिजा सुधार भएको छ। परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये ६२.३२ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थीहरुले ग्रेड प्राप्त गरेका हुन्। जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जीपीए, १२ हजार ८ सय ९५ जनाले ३.२ देखि ३.६ जीपीए, १५ हजार २ सय ७० जनाले २.८ देखि ३.२ जीपीए, १० हजार ४२ जनाले २.४ देखि २.८ जीपीए, १ हजार १ सय ३८ जनाले २ देखि २.४ जीपीए र २ जनाले १.६ देखि २…
काठमाडौं,१६असार। गायिका एलिना चौहानले सामाजिक सञ्जालमा आफूविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने चार जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छिन्। उनले फेसबुक लगायतका विभिन्न प्लेटफर्ममा गरिएका अमर्यादित टिप्पणीमाथि कानुनी कारबाहीको माग गरेकी हुन्। एलिना चौहानले सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने व्यक्तिहरुको प्रोफाइल सार्वजनिक गर्दै अभियान समेत चलाइरहेकी छिन्। यसअघि माफी मागेका केहीलाई उनले माफी दिएको भए पनि व्यवहारमा सुधार नआएकाले कानुनको सहारा लिएको बताएकी छिन्।उनको यस अभियानलाई अन्य कलाकारका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेका छन्।
काठमाडौं,१६असार। मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन्। सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने लगायत रहेका छन्। हेर्नुहोस् निर्णयहरु:
काठमाडौं,१६असार । पैसाका लागि कति सम्म के गर्ने ? सहज तरिकाले पैसा कमाउनका लागि रोज्ने भनेको अपराधकै बाटो हो । अपराधी जति चलाख भएपनि एक दिन कानुनको फन्दामा पर्ने नै हो । यस्तै एक जना व्यक्ति अहिले प्रहरी हिरासतमा छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- ६ घर भई काठमाडौंको टोखा नगरपालिका ग्राण्डीका २९ वर्षीय रमेश थापा रहेको प्रहरीले जनाएको छ। पसिना नबगाई पैसा कमाउनका लागि उनले महिलाको अश्लील फोटो/भिडियो बनाएर बेचेको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले नेपाल लगायतका देशमा रहेका नेपाली महिला तथा पुरुषहरुसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरुमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ…