Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

विराटनगर,२५असार। जिल्ला कारागार मोरङका एक जना बन्दीको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा कारागारमा बन्दी रहेका विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पालको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख गौरव ढुंगेलले बताए। पाललाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले ०८१ मंसिर ११ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। पालविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि असार १२ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो।

Read More

काठमाडौं,२५असार। नेपाली कांग्रेसले पार्टीले अनुशासन उल्लंघन गरेको भन्दै जिल्ला सभापति देखि स्थानीय तहका नेतासम्मलाई कारबाही गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध काम गरेको प्रमाणित भएकाहरुलाई विभिन्न तहको कारबाही गरेको हो। अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी आएका थिए। निर्वाचनमा अन्तर्घात गरेका विषयमा अधिकांश उजुरी रहेको समितिले जनाएको छ। अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार पार्टीको विधान २०७४ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र उपधारा ८ (ड) अनुसार कारबाही गरिएको हो। समितिले कास्कीका महासमिति सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, तेह्रथुमका महासमिति सदस्य तुलसी…

Read More

काठमाडौं,२५असार। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताएका छन्। ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको बताए।  ‘अहिले विधि र विधानको कुरा गर्ने समय हो। विधि र विधानभन्दा बाहिर गएर छलफल गर्न आवश्यक छैन’, उनले भने,  ‘जतिबेला नेतृत्व चयनको विषय आउँछ त्यतिबेला त्यस विषयमा प्रवेश गर्नुपर्दछ। नेतृत्वको बारेमा बहस गर्ने बेला भएको छैन।’ उनले पार्टीको वैचारिक र राजनीतिक काममा पार्टीको ध्यान पुग्न नसकेको बताए। ‘पार्टीको नीति नियम, दस्तावेजले होइन मोबाइलले हामीलाई दिशानिर्देश गरेको छ’, उनले भने।

Read More

काठमाडौं,२५असार। काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत एवं सहसचिव प्रदीप परियारलाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश भएको छ। विशेष अदालतले महानगरका कर्मचारीहरु वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकालाई ठेक्का नदिइ बढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Read More

दाङ,२५असार। प्रहरीले दाङमा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। सल्यान कपुरकोट गाउँपालिका–३ फलाटे घर भई हाल घोराही उपमहानगरपालिका–१५ स्थित बीपी चोक नजिकको लोटस ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका १९ वर्षीय अजय बिकलाई प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ परेका बिक सुत्ने खाटमुनि ०.३२ बोर क्षमताको एउटा पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने चार थान गोली र सात राउन्ड क्षमताको एउटा म्यागजिन बरामद भएको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२४असार। नेपाल सरकार र चिकित्सकहरुबीच भएको वार्ता सहमतिमा टुंगिएको छ। नेपाल चिकित्सक संघको नेतृत्वमा आन्दोलनरत चिकित्सक र सरकारबीच भएको वार्तामा सहमति भएसँगै स्वास्थ्य सेवा सुचारु भएका छन्। स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानूनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीसँग चिकित्सकले आज दुई चरणमा वार्ता गरेका थिए। कानुनी संशोधन गर्न सुझावसहित प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने सहमति भएको छ। हेर्नुहोस् निर्णय :

Read More

चितवन,२४ असार। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा फेला परेको छ। बाढीमा बेपत्ता भएका श्रेष्ठको शव मंगलबार साँझ भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए। उनी रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। नेपाल प्रहरीका अनुसार २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधरण गरी १९ जना बेपत्ता छन् । त्यस्तै ९ जनाको शव फेला परेको छ भने ५७ जनाको उद्दार गरिएको छ।

Read More

काठमाडौं,२४असार। प्रहरीले १ करोड ४४ लाख रुपैयाँसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाङ जिएन रहेको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेर रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको परिसरले जनाएको छ।

Read More

काठमाडौं,२३असार। आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरुलाई नेताका घरमा घरेलु कामदारका रुपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहले देश र जनताको सेवा गर्न आएका सिपाहीहरुलाई नेताहरु तथा प्रहरीकै उच्च पदस्थ अधिकारीहरुको घरमा निजी कामदार बनाइएको भन्दै आपत्ति जनाएका हुन्। उनले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै भने तपाईंको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? प्रहरीको डिआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा गाडी चलाउन र घरधन्दा गर्न पनि प्रहरी जवान प्रयोग गरिएको भन्दै छानबिन गर्न माग गरे। उनले सुरक्षा निकायका उच्चपदस्थ व्यक्तिहरुको घरको सिसिटिभी समेत जाँच गर्नुपर्ने बताए।

Read More

काठमाडौं,२३असार। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गरेका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको हो। संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

Read More