Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१०असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो हप्ताभित्रै प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार प्राविधिक समस्या नआएमा असार तेस्रो हप्ताभित्र नतिजा प्रकाशन हुने गरि काम भइरहेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाले अंक इन्ट्री लगायतका काम तीव्र गतिमा भइरहेको र असार तेस्रो साता (२१-२२) गतेभित्रै नतिजा प्रकाशन गर्ने लक्ष्य रहेको बताए। गत चैत ७ देखि १९ गतेसम्म (प्राविधिक धारसहित) सञ्चालित परीक्षापछि शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको थियो। गत चैत २० गतेदेखि २९ दिनसम्म चलेको आन्दोलन वैशाख १७ गते सहमति भएपछि रोकिएको परीक्षण कार्य पुनः सुरु भएको थियो।…

Read More

काठमाडौं,१०असार। सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली श्रमिकहरुको न्यूनतम तलब १ हजार दिराम वा सोभन्दा बढी हुने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ। यो निर्णय राजपत्रमा प्रकाशित सूचनामार्फत सार्वजनिक भएको हो। यस नयाँ व्यवस्थाअनुसार अब कुनै पनि म्यानपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा नेपाली कामदारलाई यूएई पठाउन पाउने छैनन्। सरकारले गत जेठ महिनामै यो पारिश्रमिक बढाउने निर्णय गरेको थियो। राजपत्रमा प्रकाशित भएसँगै यसले कानुनी मान्यता पाएको छ। नयाँ मापदण्डअनुसार, १ हजार दिरामभन्दा कम सुविधाको मागपत्रलाई सरकारले प्रमाणीकरण गर्ने छैन। यसअघि यूएईमा अदक्ष कामदारका लागि न्यूनतम पारिश्रमिक ८ सय दिराम तोकिएको थियो। नयाँ तलबमान अनुसार, अदक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक १ हजार दिराम,…

Read More

काठमाडौं,९असार। सरकारले सशस्त्र प्रहरीका दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका डीआइजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो। उनीहरुको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गर्ने निर्णय भएको बताइएको छ।

Read More

बुटवल,९ असार। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूँजीगततर्फ ५१ प्रतिशत रहने अनुमान गरिएको बताइन्। बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेश गरेको छ। बुटवललाई आगामी आर्थिक वर्ष २०८२/८३मा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा…

Read More

भैरहवा, ९ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट प्रस्ताव प्रस्तुत गर्दै चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पूँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत रहने अनुमान गरिएको बताइन्। गत वर्षको तुलनामा बजेटमा करिब १७ करोड रुपैयाँको वृद्धि भएको छ। अघिल्लो वर्ष तिलोत्तमाले २ अर्ब ७६ करोडको बजेट प्रस्तुत गरेको थियो। उपप्रमुख चौधरीले आव २०८२/०८३ का लागि तिलोत्तमाले आन्तरिक राजस्वतर्फ ३३ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड…

Read More

काठमाडौं, ९असार। रोजगारीको अभावले गर्दा नेपाली युवाहरु ठूलो संख्यामा विदेशी भूमिमा पुग्न थालेका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मात्रै ७ लाख ६० हजारभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, जेठ महिनामात्रै ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन्। औसतमा प्रत्येक महिनामा ६९ हजार १ सय २६ जनाले वैदेशिक रोजगारीको बाटो रोजिरहेका छन्। तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै यूएईमा रोजगारीका लागि युवाले श्रम स्वीकृति लिएका छन्। जेठमा महिनामा मात्र यूएईमा २४ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन्। साउदी अरबमा ११ हजार ९ सय ६१…

Read More

भैरहवा,९असार। वर्षा सुरु भएसँगै लुम्बिनी प्रदेशमा डेंगु संक्रमणको जोखिम उच्च बनेको छ। पछिल्लो एक सातामा मात्र १६ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशभर हालसम्म संक्रमितको संख्या २४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विशेषगरी सहर क्षेत्रलाई प्रभावित बनाउँदै आएको डेंगु संक्रमण यसपटक झनै तीव्र रुपमा फैलिरहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन्। डेंगु संक्रमण गराउने एडिस जातको लामखुट्टे थोरै पानी जम्मा भएको ठाउँमा हुर्कने भएकाले टायर, गमला, बाल्टिन जस्ता भाँडोहरुमा पानी जम्न नदिन विज्ञहरुले आग्रह गरेका छन्। जनस्वास्थ्य विज्ञ डा.बाबुराम मरासिनीका अनुसार, लामखुट्टेको टोकाइबाट फैलिने यो रोग नियन्त्रणमा स्थानीय तह चुकिरहेको छ। विशेषगरी सहरी क्षेत्रमा टायर जस्ता वस्तुमा पानी जम्दा डेंगुको लार्भा हुर्कने जोखिम…

Read More

काठमाडौं,९असार। अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’को टिमविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले मुद्दा दर्ता गराएका हुन्। उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारीरिक रुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन्।

Read More

धनगढी,९असार। धनगढीमा एक युवतीको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा डेरा लिएर बस्दै आएकी पुनर्वास नगरपालिका-११ अमर बस्तीकी ३० वर्षीया रेणु चौधरीको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीको शव फेला परेको कोठामा बाहिरबाट ताल्चा लगाइएको थियो। घटनाको प्रकृति शंकास्पद देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा,९ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गरेको छ। आइतबार सम्पन्न १७ औं गाउँसभाको बैठकमा पालिकाको उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैया बराबरको आम्दानी खर्च भएको बजेट सार्वजनिक गरेकी हुन। पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ११ करोड ६६ लाख, सशर्त अनुदान तर्फ १६ करोड ५ लाख, समपुरक अनुदान तर्फ ४० लाख अनुदान प्राप्तिको अनुमान गरेको छ यस्तै प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ८० लाख ७३ हजार, सशर्त अनुदान तर्फ १ करोड ५५ लाख, समपुरक…

Read More