Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२७जेठ। रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर २ को कार्यालयले वडावासीहरुलाई विद्युतीय चुल्हो उपलब्ध गराएको छ। ऊर्जा क्षेत्रबाट कार्बन उत्सर्जन न्यूनीकरणका साथै स्वच्छ ऊर्जाको प्रयोगबाट वातावरण संरक्षणमा टेवा पुर्याउने समेतको उद्देश्यसहित वडावासीहरुको माग अनुसार विद्युतीय चुल्हो उपलब्ध गराइएको ओमसतिया गाउँपालिका-२ का वडाअध्यक्ष सितल जिटीले बताए। उनका अनुसार ६० प्रतिशत अनुदानमा वडाका एक सय एक जनाको परिवारलाई विद्युतीय चुल्हो उपलब्ध गराइएको हो। ‘वडा कार्यालयले वडामा पूर्वाधार लगायतको विकाससँगै हामी स्थानीयहरुको माग अनुसार विद्युतीय चुल्हो समेत उपलब्ध गराएकोमा खुशी छौं’,स्थानीय बालकिसुन साहनीले भने, ‘अरु पालिकामा जस्तै कमसल, कामचलाउ कम्पनीको सामग्री होला भन्ने लागेको थियो तर पाएपछि थाहा भयो ब्राण्डेड कम्पनीको चुल्हो रहेछ।’ उनले…

Read More

पाल्पा,२६जेठ। पाल्पा प्रहरीले जघन्य अपराधमा जोडिएपछि फरार भएका एक जनालाई पक्राउ गरेको छ । २०६८ साल मंसिर ११ गते पाल्पा माथागढी-१ का १८ वर्षिय नरविर नेपालीको ५७ वर्षीय सन्तबहादुर सार्कीले हत्या गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी एवं सूचना अधिकारी सुनिल मल्लका अनुसार भारतमा बस्दै आएका सार्की नेपाल आउन लागेको सूचना प्राप्त भएपछि रुपन्देहीको बेलहिया सीमानाकाबाट उनलाई पक्राउ गरिएको हो। मृतक नेपाली र अभियुक्त सार्की छिमेकी हुन्। जिल्ला अदालत पाल्पाबाट ६ दिनको म्याद थप घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२६जेठ। घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन गरिएको छ । विभागले गत जेठ २० गतेमा घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट पनि अनिवार्य चाहिने गरी विभागले निर्देशन ल्याएको थियो। नेपाललाई फाइनान्सियल टास्क फोर्स (एफएटिएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्न भन्दै विभागले एक सातमै उक्त निर्देशन संशोधन गरेको हो। प्रधानमन्त्री केपी ओलीले समेत चासो देखाएपछि यसलाई संशोधन गरिएको बताइएको छ। संशोधित व्यवस्थाअनुसार अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले…

Read More

काठमाडौं,२६जेठ। जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेर फरार भएको दुई जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका–७ का २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए। प्रहरीले उनीहरुलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरेको छ। पक्राउ परेका आरोपीहरुविरुद्ध जिल्ला अदालत जाजरकोटबाट पक्राउ पुर्जी जारी भएको छ।

Read More

काठमाडौं,२६जेठ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाएको विषयमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई स्पष्टीकरण माग गरेको छ। प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पठाएको पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी खटाइएकोबारे विषयमा सात दिन भित्र स्पष्टीकरण माग गरिएको हो। साथै, दरबन्दी नभएका ठाउँमा काजमा खटाइएका कर्मचारीको नाम, जिम्मेवारी र खटाइएको मिति लगायतको विवरण उपलब्ध गराउन पनि निर्देशन दिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गृह सचिवका निकट सहसचिव तीर्थ भट्टराईविरुद्ध छानबिन अघि बढाएपछि अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको तथ्य बाहिर आएको थियो। त्यसपछि…

Read More

कैलाली,२६जेठ। कैलालीको टिकापुर नगरपालिका–७ सत्तीमा एक महिला र प्रहरीबीच भएको भनाभन तथा हात हालाहालको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ। शनिबार दिउँसो घटेको उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि प्रहरीको कार्यशैली र नागरिकको व्यवहारबारे बहस चर्किएको छ। भिडियोमा राजकुमारी कुँवर शाह नामक एक महिला स्कुटरको पछाडि बसेकी देखिन्छिन् भने स्कुटर एक बालकले चलाइरहेका छन्। प्रारम्भमा एक हवल्दारले स्कुटर रोकेका थिए भने पछि सादा पोशाकमा रहेका सई यज्ञराज पन्तले हस्तक्षेप गरेका थिए। बालकले लाइसेन्सविनै स्कुटर चलाएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिला आक्रोशित भएकी थिइन्। भिडियोमा महिलाले प्रहरीलाई अपमानजनक शब्द प्रयोग गर्दै “तँ” भनेर सम्बोधन गरेकी छन्। उनले आफूलाई रोकिनुको कारण बारम्बार…

Read More

काठमाडौं,२६जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखरामा स्वीकृत अर्डर विपरित डिजेल लोड गरेर निगमलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले डिपो प्रमुख चितरञ्जन दाससहित कास्की तालचोकस्थित पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुंगाना, लक्ष्मण रानाभाट र ट्यांकर चालक निर्मल थापाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। उनीहरुमाथि १२ हजार लिटर डिजेलको स्वीकृत अर्डर विपरित १५ हजार ३८ लिटर डिजेल लोड गरेर निगमलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ। आरोपीहरुले मिलेमतोमा सिसी क्यामेरा बन्द गरी बिलमा उल्लेखभन्दा ३ हजार ३८ लिटर बढी डिजेल लोड गरेको अख्तियारको…

Read More

काठमाडौं,२३जेठ। सप्तरीमा अभ्यासका क्रममा दुई जना गोताखोर नदीमा डुबेर बेपत्ता भएपछि गृहमन्त्री रमेश लेखक घटनाबारे बुझ्न सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेका छन्। उनलाई निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराए। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगबिजय सुबेदीले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा कामकारबाहीबारे विस्तृत रुपमा जानकारी गराएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटनाबारे जानकारी गराएका थिए।…

Read More

काठमाडौं,२३जेठ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ स्थित श्री कृष्णा उच्च माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको हो। विद्यालय भवन निर्माणका लागि विनियोजन रकममा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा फिल्डमा हुँदै नभएको कार्य भएको भनी रकम निकासा गरी २५ लाख ५० हजार रकम दुरुपयोग गरेको अख्तियारको ठहर छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार जिशिअ नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवन प्रसाद…

Read More

काठमाडौं,२३जेठ। प्रहरीले ४५ लाख बढी मूल्य बराबरको सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त रहेका छन्। बा.प्र.०३–००१ ख ३१३९ नम्बरको बसमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको अवस्थथामा प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले २७४.८३ ग्राम अवैध सुन बरामद सामान्तलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ। बरामद सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ रहेको पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।

Read More