


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२१ जेठ। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार, गाडीको कागजात शंकास्पद देखिएपछि भन्सार छलिको आशंकामा बुधबार राति जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट उक्त गाडीहरु नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका अधिकांश गाडी बीवाईडी कम्पनीको रहेको प्रहरीले जनाएको छ। सशस्त्रले नियन्त्रणमा लिएका गाडीहरु कोरलाको याड, जोमसोम, पर्वतको कुश्मा र पोखराको ह्याम्जामा राखिएको र आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं,२० जेठ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरु सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्ने उद्देश्यसहित रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारांश उद्धृत गर्दै ओलीले ती घटनाहरु प्रायोजित तथा आपराधिक गतिविधिको हिस्सा भएको आरोप लगाए। संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित बहुमतको सरकारलाई कानुनी वा संसदीय प्रक्रियाबाट हटाउन नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको उनको भनाइ छ। ओलीले घटनाको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको दाबी गर्दै आगजनी, पेट्रोल बम निर्माण र अन्य प्रज्वलनशील पदार्थको प्रयोगका लागि प्राविधिक तयारीसमेत गरिएको उल्लेख गरे। उनका…
काठमाडौं,२० जेठ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँगको भेटपछि मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रको रुपमा रहेको उल्लेख गरे। भेटप्रति खुसी व्यक्त गर्दै मोदीले नेपालसँगको विशेष र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताएका छन्। साथै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा पूर्ण रुपमा सहमत रहेको बताएका छन्। ‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य…
काठमाडौं,२० जेठ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने र प्रधानमन्त्री मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका थिए। उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरुपमा समर्थन गर्दछु’ मोदीले…
भारत, २० जेठ। भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा बुधबार भीषण आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। आगलागीपछि उद्धार तथा राहत कार्य सञ्चालन गरिएको र तीन जनालाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार, घटनास्थलबाट तीन जनालाई सकुशल उद्धार गरिएको छ। आगलागीको कारण भने अझै खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार, आगो लेमन ग्रि रेस्टुरेन्टमा लागेको थियो। रेस्टुरेन्टमा आवासको सुविधा समेत रहेकाले त्यहाँ केही विदेशी नागरिक पनि बसोबास गरेको बताइएको छ ।
काठमाडौं,२० जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन्। सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार पूर्वाग्रही ढंगले अघि बढिरहेको आरोप लगाए। ‘समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला’,उनले भने,‘राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजक तन्त्र कति समयको पाहुना हो। लामो समय चल्न सक्दैन ।’ प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका उनले विभिन्न राजनीतिक शक्तिहरुको भूमिका र पछिल्ला घटनाक्रमलाई सही ढंगले बुझ्नुपर्ने आवश्यकता रहेको बताए । उनले पार्टीलाई आगामी चुनौती सामना गर्न सक्षम र संगठित बनाउने बनाउने दिशामा कार्यशाला केन्द्रित हुने बताए। साथै,…
बुटवल, २० जेठ। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले राजीनामा दिएपछि नयाँ मन्त्रीहरुको नाम सिफारिस गरिएको छ। पार्टी स्रोतका अनुसार, रुपन्देहीका तुलसीप्रसाद चौधरी, गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे र बाँकेका रत्न खत्री मन्त्रीका लागि सिफारिस भएका छन्। खत्रीले यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका थिए। जस अनुसार मन्त्रीहरु भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले पदबाट राजीनामा दिएका हुन्। कांग्रेससँगको सत्ता साझेदारी र सरकार पुनर्गठनको तयारीबीच एमालेले मन्त्री…
भैरहवा,२० जेठ। सरकारले स्थलमार्ग सीमा नाकाबाट आवतजावत गर्दा एक सय रुपैयाँ भन्दा बढीको सामान महसुल विना ल्याउन वा लैजान नपाइने नियमको सीमा बढाएको छ।अर्थ मन्त्रालयले नयाँ नियम सार्वजनिक गर्दै यसअघि एक सय रुपैयाँसम्म कायम रहेको छुट सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।’ तर, स्थलमार्ग प्रयोग गर्ने यात्रुलाई हवाईमार्गबाट यात्रा गर्ने यात्रुसरहको सुविधा भने उपलब्ध गराइएको छैन। भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा भने आफ्नो प्रयोगका लागि लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार…
भैरहवा, २० जेठ । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी चार मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरुले राजीनामा दिएका हुन्। मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए। तीमध्ये चार जना भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन् । एमालेले सरकारमा रहेका पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिने तयारी गरेको बताइएको छ। नेकपा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलका अनुसार मन्त्री फेर्ने नफेर्ने निर्णय केन्द्रको समन्वयमा गर्न अधिकार प्रत्यायोजन भएको बताए। कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि…
कुशीनगर, १९ जेठ । भारतको कुशीनगर जिल्लामा नेटवर्किङ कारोबारको नाममा नेपाली नागरिकलाई ठगी गरेको आरोपमा भारतीय प्रहरीले १० जनालाई पक्राउ गरेको छ । भारतको कुशीनगरका एसपी केशव कुमारका अनुसार, नेपाली नागरिकहरुलाई प्रलोभनमा पारेर ठगी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको हो । कुशीनगर प्रहरी, स्वाट टिम, सर्भिलान्स सेल र एसटीएफ गोरखपुरको संयुक्त टोलीले छापा मारेर ९ जना नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । रोजगारीको र आकर्षक आम्दानीको प्रलोभनमा पारेर त्यहाँ रहेका ४५३ जनालाई नेपाली नागरिकहरुको उद्दार गरेर शनिवार नेपाल ल्याइएको थियो। जसपश्चात यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि १९ जनामाथी अनुसन्धान जारी राखेको छ । पक्राउ…