Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, २१ चैत । गृह मन्त्रालयले नौ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधवारको निर्णयअनुसार नौ जना उपसचिवहरुको विभिन्न कार्यालयमा पदस्थापन, सरुवा र काजमा खटाइएको जनाएको छ । विजया कुमारी प्रसाईलाई गृह मन्त्रालयबाट इलाका प्रशासन कार्यालय साँखुमा पठाइएको छ भने इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत सिता परियारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । हेर्नुहोस् सूची, कसको सरुवा कहाँ भयो ?

Read More

भैरहवा, २१ चैत । रुपन्देही जिल्लामा अवस्थित पर्यटकीय स्थलहरुको प्रवद्र्धन, र सहकर्मी उद्योग बाणिज्य संघहरुको अवलोकन तथा अनुभव आदानप्रदानका लागि सिद्धार्थ उद्योग बाणिज्य संघको टोली पूर्वी नेपालको भ्रमणमा निस्किएको छ । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय टोली पूर्वी नेपालको भ्रमणमा निस्किएको हो । ‘आन्तरीक पर्यटन प्रवद्र्धन र पूर्वी नेपालका हाम्रा सहकर्मी उद्योग बाणिज्य संघको अवलोकन गरी अनुभव अदानप्रदान गर्नका लागि भ्रमणमा जाँदैछौँ’, उनले भने, ‘त्यहाँको उद्योगी व्यवसायीहरुलाई हाम्रो क्षेत्रमा लगानी गर्न आह्वानका साथै सकारात्क र राम्रा पक्षहरुलाई अनुसरण गर्नेछौँ ।’ संघका महासचिव कृष्णप्रसाद घिमिरेका अनुसार चितवन, रत्ननगर, मकवानपुर, बिरगंज, जनकपुर, मोरङ, धरान र धनकुटा उद्योग बाणिज्य संघको अवलोकन…

Read More

भैरहवा, २० चैत ।के तपाईको आँखाको मोतिबिन्दु भएको छ ? यदि भएको छ र आर्थिक अभावका कारण शल्यक्रिया गराउन सक्नु भएको छैन भने चिन्ता नलिनुहोस् । यहाँको सिद्धार्थनगर नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका स्थायीबासीहरुका लागि निःशुल्क शल्यक्रिया गर्ने व्यवस्थापन गरेको छ । जसका लागि नगरपालिकाको कार्यालय र नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल लुम्बिनी प्रदेशबीच सम्झौता पत्रमा दुवै पक्षको दस्तखस्त सहित पत्र आदानप्रदान भएको छ । सम्झौतापत्रमा सिद्धार्थनगर नगरपालिकाको तर्फबाट प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र अस्पतालको तर्फबाट कार्यक्रम निर्देशक सह–प्राध्यापक डा. कविन्द्र वज्राचार्यले हस्ताक्षर गरेका छन् । आँखामा…

Read More

भैरहवा, चैत १८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहिवार (चैत २२ गते) विश्वासको मत लिने भएका छन् । मंगलबार बसेका मन्त्रीपरिषदको बैठकले विश्वासको मत प्राप्तीका लागि बिहिवार अपरान्ह ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको लम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेयले बताए । केन्द्रमा नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धन भत्किएर नेकपा एमाले–नेकपा माओवादी केन्द्र लगायतको गठबन्धन बने सँगै लुम्बिनीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।यससँगै लुम्बिनी प्रदेशमा पनि नयाँ गठबन्धनका लागि कसरत सुरु भएको थियो । दुई वटा दुई भन्दा बढी दल मिलेर बनेको सरकारमा सत्ता साझेदार दलले समर्थन फिर्ता…

Read More

भैरहवा, १९ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकामा फेला परेका कुपोषित बालबालिकालाई पोषिलो आहार वितरण गरिएको छ । पालिकाको ३२ स्थानमा स्क्रिनिङ क्याम्प मार्फत २ हजार ४ सय ४२ जना बालबालिकाहरु स्वास्थ्य परिक्षण गरिएको थियो । जसमध्ये १० जना बालबालिकाहरुमा कडा खालका कुपोषण पाइएको सामाजिक विकास परिचालक सन्तोष पन्थीले जानकारी दिए । विगत दुई महिनादेखि सञ्चालित कार्यक्रम अन्र्तगत मध्यम कुपोषित बालबालिका र सिघ्र कडा खालका कुपोषित बालबालिकालाई नाप जाँच गराएर बालबालिकाको अवस्था अनुसार पोषिलो आहार वितरण गरिएको उनले बताए । सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यक्रम संयोजक मिनु पुनले कुपोषणको अवस्था नाजुक भएका रुपन्देही जिल्लाका मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी, रोहिणी…

Read More

काठमाडौं, १८ चैत्र । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स २.५१ अंकले घटेर ३५६.५८ विन्दुमा बन्द भएको छ। यसदिन ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २ करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँमा खरिद बिक्री भए। दोहोरो अंकले ओरालो लागेको बजारमा एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । माया खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। आज सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले घटेको छ। सो कम्पनीो ९.९९ प्रतिशतले ओरालो लागेको हो। कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट…

Read More

काठमाण्डौँ, १८ चैत्र । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि पेट्रोल प्रतिलिटर ४ रुपैयाँले बढाइएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७५ पुगेको छ। नयाँ मूल्यसूची आइतबार रातिदेखि लागू हुनेछ। त्यस्तै डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।

Read More

भैरहवा, १८ चैत्र । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा तिरुपतिले सैनामैना क्रिकेट क्लबलाई ६५ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा २ सय ३० रनको बलिये स्कोर खडा गर्यो । उसका लागि एजाजुल हकले ६४ रनको अर्धशतकी पारी खेले भने आकाश त्रिपाठीले ३५, कमल विकले ३०, संदीप मौर्यले २५, रुपेश कुर्मीले अविजित १८, सुभाष खत्रीले १६ र आनन्द गौडले १४ रनको योगदान दिए…

Read More

काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्। मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताएका हुन्। पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरु सकारात्मक भएका छन्, प्रधानमन्त्रीले भने, अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ । नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट पारे। उनले आगामी आर्थिक वर्षदेखि तीन करोडभन्दा…

Read More

भैरहवा, १८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको कार्यालयले कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष उजेर अलीलाई घुस सहित पक्राउ गरेको छ । अख्तियारले वडाअध्यक्षले सेवाग्राहीसगँ जग्गा बाटो सिफारिसको लागि माग गरेको १५ हजार रुपैयाँ घुस लिदै गर्दा वडा कार्यालय क्षेत्र गैडहवाबाट रंगेहात पक्राउ गरेको स्थानीय स्रोतले जनाएको छ । यद्यपी अख्तियारको बुटवल कार्यालयले घटनाबारे कुनै जानकारी नभएको दावी गरेको छ । ‘अख्तियारले वडाअध्यक्षलाई नियन्त्रणमा लिएको सुनेको कुरा सही हो’ महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले अन्नपूर्ण पोष्ट्सगँ भने, थप डिटेल पछि दिउँला ।’

Read More