


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा : रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् । अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट मैदानको पहिलो चरणको संरचना तयार भएसँगै सोमबार उद्घाटन हुने भएको छ । गत जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशाला सम्पन्न गर्न सबैको साथ र सहयोग रहेको कुँवरले बताए । उनले भने, ‘मैले आफ्नो काम सकेको छु । म भोलि यसको नतिजाको पखाईमा छु । यति ठूलो प्रोजेक्टमा हात हालेपछि अलि समस्या त भयो नै । तर सम्पूर्ण नेपाली दाजुभाईको सहयोगमा सम्पन्न गर्न सकेका छौं…
काठमाण्डौँ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा–१० स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत रामचन्द्र अर्याल छन् । काभ्रे प्रहरीको अनुरोधमा उनलाई बुधबार पक्राउ गरिएको र सोही दिन काभ्रे प्रहरीलाई हस्तान्तरण गरिएको मकवानपुरका एसपी सीताराम रिजालले जानकारी दिए । अर्याल यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङबाट सरुवा भएर प्रदेशसभा सचिवालयमा आएका थिए । उनलाई सचिवालयबाटै पक्राउ गरिएको हो । उनले काभ्रे प्रशासनमा नासुको रुपमा कार्यरत रहँदा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरु दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको नागरिकता दिलाएको आरोप छ । यी दुवै व्यक्ति हाल…
काठमाण्डौँ : नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। यद्यपि उम्मेदवार भने पछि चयन गरिने कांग्रेसले जनाएको छ। माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ। राष्ट्रियसभाको रिक्त रहेको अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ। गणेशप्रसाद तिमिल्सिना अध्यक्ष कायम रहँदै सार्वजनिक भएको राष्ट्रियसभाको क्यालेण्डर अनुसार नै अध्यक्ष निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ। फागुन २७ गते बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षको निर्वाचनको मिति तोकिने, २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन हुनेछ। राष्ट्रियसभाका…
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी लगायत कार्यक्रम गरेको छ । प्रत्येक वर्षको मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाईने गरिन्छ । ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ ओैँ उक्त दिवसका दिन विभिन्न संघसंस्थाको सहभागीतामा कार्यालयले भैरहवाको देवकोटा चोक देखि कार्यालयको प्रांगणसम्म प्रभातफेरी गरेेको थियो । साथै, उक्त अवसरमा सिद्धार्थनगरले १० जना महिला सरसफाईकर्मीहरुलाई सम्मान समेत गरेको छ । पालिकाले उनीहरुलाई खाधन्न साम्रगी र सम्मान पत्र सहित उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा महिला सशक्तीकरण समानता, जागरुता लगायतका विषयमा कबिता वाचन गरिएको थियो । ‘परिवार सम्हाल्नुुका साथै महिला सरसफाइकर्मीहरु एकाबिहानै…
भैरहवा : भैैरहवा भन्सार कार्यालयले टुथपेस्टले भरिएको ट्रक बेलहिया नाकाबाट नियन्त्रणमा लिएको छ । भारतीय नम्बरको ट्रकमा युनिलिभर कम्पनीको दुई सय नब्बे कार्टुन टुथपेस्ट विना कागजपत्र नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका (भन्सार गेट) बाट नियन्त्रणमा लिईएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । उनले ट्रकका चालक फरार भएकोले खोजीकार्य भईरहेको बताए । बरामद टुथपेस्ट अन्दाजी २० लाख रुपैयाँ मूल्य बराबरको रहेको र घटनाको अनुुसन्धान भईरहेको भन्सार कार्यालयले जनाएको छ । ‘नेपालको कहाँबाट आएको र विना कागजपत्र भारतको कुन ठाउँमा जाँदै थियो ? कसले निर्यात गर्दै थियो ? लगायत विषय अहिले खुलेको छैन’ उनले अन्नपूर्ण…
भैरहवा : भारतबाट भन्सार छली गरी भित्राइएको विभिन्न साम्रगी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले जिल्लाको रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट करिब दुईलाख मूल्य बराबरको विभिन्न साम्रगी बरामद गरेको रुपन्देही प्रहरीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार पिच्कारी २३० थान, बच्चाको जुत्ता र चप्पल ३२ जोर, जेन्स जुत्ता १३७ जोर, टिसर्ट ३५ थान, रंग १९ प्याकेट र बेलुन १५ प्याकेट साम्रगी बरामद भएको हो । बरामद गरिएका साम्रगीहरु भैरहवा भन्सार कार्यालयमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
भैरहवा : सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण हे.क्वा.ले भारतबाट अवैध रुपमा ल्याएर भण्डारण गरेको अवस्थामा २ सय ५० बोरा चिनी बरामद गरेको छ । गणका सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ५ बुडवामा डम्प गरी राखिएको अवस्थामा ७ लाख ५० हजार मूल्य बराबरको उक्त परिमाणको चिनी बरामद गरेको हो । सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा बहादुर थापाका अनुसार विशेष सूचनाका आधारमा राती सवा १ बजे उक्त गोदाममा छापा हानिएको थियो । छापामा २ सय ५० बोरा चिनी बरामद गरे पनि सशस्त्र प्रहरीले कुनै व्यक्तिलाई भने कारवाही गरेको छैन । गोठ…
भैरहवा : नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) प्रहरीले सरकारी लिखत, छाप किर्ते गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका १४ गंगाबस्ती स्थितमा तान्त्रिक विद्या सिकाउने र झारफूक समेत गर्ने शिव नारायण सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) का सूचना अधिकारी प्रहरी निरिक्षक सुर्दशन पन्थीका अनुसार गोप्य सूचनाका आधारमा सिंहको कोठामा खानतलासी गर्दा शिवनारायण सिंहकै मृत्यु दर्ता प्रमाणपत्र भेटिएको हो । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलील सिंहको शरिर तथा घरकोठा तलासी गर्दा उनि बस्दै आएको घरको कोठाबाट शिवनारायण सिंहले निज स्वयमको मृत्यु प्रमाणीत कागज पाना १, रोहिणी गाउँपालिका ४ नम्बर वडा कार्यालय…
भैरहवा : नेपाल प्रहरीका दुई जना अतिरिक्त महानिरीक्षकद्धय (एआईजी) मीरा चौधरी र सन्दीप भण्डारी अनिवार्य अवकाशमा जाने भएका छन्। उमेरहदका कारण दुवै एआईजी अवकाशमा जान लागेका हुन् । प्रहरी निरीक्षक पदबाट वि.स २०५१ साल चैत ५ गते प्रहरी सेवा सुरु गरेका दुवै जना एकसाथ अवकाश हुन लागेका हुन् । प्रहरी नियमावली अनुसार एआईजीको पदावधि ५ वर्ष रहेको छ भने उमेरहदका आधारमा ५६ वर्षमा अवकाश तोकिएको छ। एआईजी भण्डारीको जन्म २०२५ वैशाख ५ गते र चौधरीको २०२५ वैशाख ७ गते हो । र, उनीहरु अगामी बैशाख ५ गते र ७ गत अवकाशमा जानेछन् । हाल एआईजी भण्डारी प्रहरी प्रतिष्ठान प्रमुखको रुपमा…
भैरहवा : रुपन्देहीका हाटीबनगाई प्रहरी चौकी नयाँ भवनमा सरेको छ । १ करोड ८२ लाख ६७ हजार ८० रुपैयाको लागतमा भवन निर्माण भएको हो । प्रहरी चौकीको आधारभूत आवश्यकताहरुलाई पुरा गर्ने गरि भवनमा कार्यालय कोठा, महिला र पुरुष थुनुवाका अलग अलग कोठा, प्रहरी कर्मचारीहरुको व्यारेक, कार्यालय प्रमुखको निवास सहित संचार शाखाको कार्यालय एवम ब्यारेकको प्रयोजनको लागी निर्माण गरिएको छ । महिला कर्मचारीहरुको लागी छुट्टै एट्याच बाथरुम सहितको ब्यारेक शौचालय तथा स्नान घरको निर्माण समेत भएको छ । भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री पाण्डेयले प्रहरी चौकीहरुको लागि आवश्यक पर्ने सम्पूर्ण न्यूनतम मापदण्डहरु पुरा गरि बनेको चौकीबाट प्रहरीलाई जनताले प्रत्याभूत गर्ने…