Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताए । प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ । चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् । राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।

Read More

चितवन, १८ माघ ।नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ। उक्त सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो। बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए। उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए। सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिए भने बाँकी १५ पुल एकैसाथ ठेक्का…

Read More

काठमाडौं, १८ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् । चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठाैं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सुशासन सुनिश्चितका लागि चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्नुुपर्ने बताए । उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताउदै बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताए । उनले भने,‘चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन…

Read More

भैरहवा, १७ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू हुने छ ।

Read More

भैरहवा, १७ माघ ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित पाँच तारे टाइगर प्यालेस रिसोर्टले बक्यौता राजस्व बुझाएको छ । बक्यौता राजस्व बापतको ५४ करोड बुझाएर रिसोर्ट नविकरण गरिएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धि सागर सुवेदीले बताए । गत असारमा सुवेदीको नेतृत्वको समूहले पाँच अर्ब लगानीमा रिसोर्ट खरिद गरेको थियो । रिसोर्ट खरिद गरेपनि पूर्ण रुपमा संचालन गर्न सकेको थिएन । ‘यसले मुलुककै पर्यटनमा नयाँ आयाम ल्याउनेमा विश्वस्त र उत्साहित छौ, उनले भने, ‘देखिएका सबै समस्या समाधान गरेर अब प्यालेस लयमा फर्किएको छ ।’ बक्यौता रकम तिरेपछि अब रिसोर्टले गति लिने प्रमुख कार्यकारी दिपक लेखकले बताए । उनले रिसोर्टमा मजदुरको विवाद पनि वार्ता…

Read More

भैरहवा, १७ माघ ।पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रुपन्देहीको बेलहिया नाकामा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । बुधबार बिहान निरीक्षण गर्दै पूर्व उपप्रधानमन्त्री पौडेलले यो आयोजना (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको बताए । उनले यो आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको बताए । दुई देशका बीचमा सहमति भएको तर, जमिनको प्रबन्धका कारण अलि ढिलो भएको उनको भनाइ छ । ‘आईसीपी निर्माण प्रगतिबारे जानकारी लिइयो, केही समस्याहरु भयो भने सिडियो साबले कोर्डिनेशन गरिहाल्नुहुन्छ । खासगरी अलि निर्माण सामग्रीको समस्या देखियो, ’उनले भने । रुपन्देही क्षेत्र नम्बर…

Read More

भैरहवा, १७ माघ । मिटरब्याज सम्बन्धी विवाद अब जिल्ला प्रहरी कार्यालयले हेर्ने भएको छ । ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’ को म्याद सकिएपछि गृह मन्त्रालयले बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरूपण गर्ने जिम्मा प्रहरीलाई दिएको हो । मन्त्रालयले ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी संकलन तथा फर्स्योटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको छ, जसमा जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाउने उल्लेख छ ।साथै प्रहरीले नयाँ उजुरी पनि लिने छ । कार्यविधिमा भनिएको छ, ‘‘उजुरी दिन छुटेको मिटरब्याज पीडितहरूले उजुरी दिन चाहेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४…

Read More

भैरहवा, १६ माघ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयद्वारा आयोजित दोस्रो उप–मेयर कप कराते प्रदेशस्तरीय प्रतियोगिताको उपाधी नवलपरासीले उचालेको छ । पाँच स्वर्ण, एक रजत र तीन पदक प्राप्त गर्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को टीमले उपाधी उचालेको हो । त्यस्तै ४ स्वर्ण, ४ कास्य र ६ पदक प्राप्त गर्दै रुपन्देही टीम दोस्रो तथा ३ स्वर्ण, १ रजत र ३ कास्य पद प्राप्त गर्दै पाल्पा टीम तेस्रो भएको आयोजकले जनाएका छ । माघ १४ र १५ गते (दुईदिन) भैरहवामा संचालन भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, रुकुम, गुल्मी र प्युठान गरी ११ वटा जिल्लबाट टीमको सहभागीता रहेको कार्यक्रम…

Read More

भैरहवा, १५ माघ ।भारतको देहरादुन स्थित द इण्डियन पब्लिक स्कूल नेपाल दौडाहमा निस्किएको छ । शिक्षा, आवास, स्वास्थ्य, सुरक्षा लगायत हरेक दृष्टिकोणले सुविधा सम्पन्न स्कूलमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भर्ना अभियान अन्र्तगत टोली नेपालमा दौडाहमा निस्किएको हो । विधालयले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी भारतिय केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सिबीएसई) बाट सम्बन्धन प्राप्त स्कुलले कक्षा ४ देखि १२ सम्म भर्ना खोलेको जनाएको छ । सन् २००१ मा स्थापना भएको उक्त वोर्डिङ विद्यालय १२८ विघा क्षेत्रफलमा फैलिएको छ । ‘हामीले गुणस्तरीय शिक्षाका साथै विधार्थीहरुको आवास, सुरक्षाका साथै स्वास्थ्यलाई समेत मध्यनजर गर्दै विधालय संचालन गरिरहेका छौँ’ द इण्डियन पब्लिक स्कूलका सहप्रचार्य…

Read More

काठमाडौं, १२ माघ।शुक्रबार भारतले ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यसवर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाइदैछ । गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिकारुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमिन्त्रत गरेको छ । विहान साढे १० बजेदेखि परेडको तयारी छ भने राष्ट्रपति मैक्रोको आतिथ्यतालाई ध्यानमा राखेर सरकारले दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जसकालागि १४ हजार सुरक्षाकर्मी परिचालित छन् । सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम,…

Read More