


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१असार। पछिल्लो पाँच महिना (जनवरी देखि मे) मा भैरहवा नाकाहुँदै ५० हजार ६ सय ४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो नाका हुँदै सन् २०२४ को सोही अवधिमा कुल ४४ हजार ७ सय ३५ विदेशी पर्यटक आएका थिए। गत वर्ष भन्दा यस वर्ष विदेशी पर्यटक आगमन वृद्धि भएको र ५ महिनामा ५ हजार ८ सय ६९ बढी पर्यटक आएको अध्यागमन कार्यालय भैरहवाका सूचना अधिकारी एवं कार्यालयका निमित्त प्रमुख पुकार श्रेष्ठले बताए। चालु वर्षको ५ महिनामा कुल ५० हजार ६ सय ४ विदेशी पर्यटक भित्रिदा सोही अवधीमा यस नाका हुँदै ४९ हजार ९ सय ५१ पर्यटक बाहिरिएका छन्। यो नाकाबाट विगतमा…
काठमाडौं,१असार। जिल्ला अदालत काठमाडौंले यौन दुर्व्यवहार कसुरमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई दोषी ठहर गरेको छ। न्यायाधीश खिमानन्द भुषालको इजलासले पोखरेललाई यौन दुर्व्यवहार कसुरमा दोषी ठहर गरेको हो। यद्यपि, बलात्कारको अभियोगमा भने दाबी नपुग्ने आदेश भएको छ। पोखरेलमाथि आफ्नै घरमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको आरोपमा ०८० साउन १२ गते जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको थियो। अदालतले बलात्कारको आरोपलाई यौन दुर्व्यवहारमा परिणत गर्दै पोखरेललाई सो कसुरमा दोषी ठहर गरेको हो।
दाङ,१असार। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ। उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। बजेटसँगै मन्त्री कार्कीले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पनि प्रदेश सभामा पेश गर्ने सूची छ। नीति तथा कार्यक्रमको आधारमा तयार गरिएको यो बजेटले लुम्बिनी प्रदेशको समृद्धि, सुशासन र सामाजिक न्यायलाई सन्तुलितरुपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेटमा कृषि,…
काठमाडौं,१असार। भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आइतबार बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक बच्चा पनि छन्। देहरादूनबाट केदारनाथ जाँदै गर्दा दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह एक्समा लेखेका छन्, ‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दुस्खद खबर प्राप्त भएको छ।’ उनका अनुसार दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार गौरीकुण्डमाथि घाँस काटिरहेका महिलाहरुले दुर्घटनाको बारेमा प्रहरीले जानकारी गराएका थिए।
भैरहवा,२९जेठ। नेपालमा गत जेठ १५ गते भित्रिएको मनसुन प्रणाली पूर्वी भागबाट क्रमशः लुम्बिनी प्रदेशसम्म आईपुगेको छ। पूर्वी भागबाट पश्चिम भागमा सर्दै आउँदा बिहीबार लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुन प्रणाली प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘यो वर्षको मनसुन प्रणाली आज २९ जेठका दिन कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरेको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘बाँकी भूभागहरुमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको छ।’ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही…
भैरहवा,२९जेठ। शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंका र थाइल्याण्डका पर्यटकले भ्रमण गरेका छन्। अन्य देशका पर्यटकका तुलनामा बौद्ध धर्मप्रति आस्थावान यी दुबै देशबाट प्रत्येक वर्ष लुम्बिनी आउने पर्यटकको संख्या निरन्तर उकालो लाग्दै गएको छ। चालु वर्षको जनवरी देखी मे सम्म ५ महिनामा १२ हजार ८ सय ४१ जना श्रीलंकन र सोही अवधिमा १२ हजार ६८ थाइ पर्यटक लुम्बिनी आएका छन्। यी दुबै देशका नागरिकहरु प्राय स्थलमार्गको बेलहिया (भैरहवा)नाका हुँदै लुम्बिनी भ्रमणमा आउने गरेका छन्। गत वर्ष सन् २०२४ मा २३ हजार ५ सय ६९ श्रीलंकन लुम्बिनी आएका थिए। सोही वर्ष थाइल्याण्डबाट २१ हजार ४ सय १६…
नवलपुर,२९जेठ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएपछि महिनौं देखि यात्रुहरुले समस्या झेल्नु परेको छ । भारतसमेतबाट मालवाहक लगायतका सवारीसाधनहरु अधिक भारसहित गुड्दा गत पुस महिनामा पुल भाँचिएको थियो। पुल भाँचिएपछि वैकल्पिक रुपमा विनयी खोलामा डाइभर्सन बनाइएको थियो। तर, बनाइएको उक्त डाइभर्सन सामान्य वर्षाभएसँगै बगाउने गरेको छ। जसकारण पूर्वपश्चिम राजमार्ग पटक-पटक अवरुद्ध हुने गर्दछ। भारतबाट रुपन्देहीको बेलहिया नाकाहुँदै भित्रिने मालवाहक सवारीसाधन अझै पनि भन्सार विन्दुमा भार क्षमता मिलान नगरी जरिवाना कारवाही गरेर मुलुकको विभिन्न स्थानमा पठाउने गरिएको छ। अधिक भार क्षमताका कारण मुलुकको विभिन्न राजमार्गमा रहेको पुलहरु कमजोर हुने र जिर्ण भत्किने सम्भावना छ। तर, पनि ओभरलोड सवारी…
भैरहवा,२८ जेठ। भैरहवामा मापदण्ड विपरित संचालनमा रहेका आठ वटा क्लिनिक र दुई वटा ल्याब बन्द गरिएको छ। बुधवार जिल्ला बजार अनुगमन समिति रुपन्देहीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७, १२ र १३ मा रहेका १० वटा स्वास्थ्य संस्था बन्द गरेको हो । समितिका संयोजक एंव सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाका अनुसार मापदण्ड विपरित संचालनमा रहेका शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा संचालित क्लिनिक, होमटाउन फार्मेसीमा संचालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा संचालित क्लिनिक, नेपाल चश्मा पसल, जिविका मेडिकल प्रालिमा संचालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक, लुम्बिनी प्याथेलोजी र न्यु ओम प्याथोलोजी ल्याब बन्द गरिएको छ । स्वास्थ्य संस्था संचालनका…
काठमाडौं,२८जेठ। नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै उनीहरुले ६ लाख रुपैयाँ ठगी गरेको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए । पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
भैरहवा,२७जेठ। रुपन्देही प्रहरीले कृत्रिम यौनाङ्ग (सेक्स टोय) सहित ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार ओमसतिया गाउँपालिका-४ बाईपासस्थित चेकजाँच गर्ने क्रममा यूके १८ सिए २५७५ नम्बरको ट्रकमा माथिल्लो भागमा लुकाएर राखिएको २४ लाख ४५ हजार मूल्य बराबरको सेक्स टोय बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले बताए। उनका अनुसार ट्रकमा बिलबिजक बिना राजस्व छलेर भारत लैजाने क्रममा एक हजार तीन सय ६९ थान सेक्स टोय बरामद गरिएको हो । बिलबिजक नभएको सामग्री लुकाएर भारत लैजान थालेका ट्रकका चालक भारत उत्तर प्रदेशको बिजनौर जिल्लाका ४५ वर्षीय नसिब अहमद र भारतकै कन्नौज जिल्लाका २६ वर्षीय देवेन्द्रर कुमार सिंहलाई पक्राउ गरिएको उनले…