Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,८साउन। भारतमा नेपाली नागरिकलाई बन्धक बनाएर अनलाइन ठगी गर्न बाध्य बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-६ का २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१४ का ४५ वर्षीय रेशम बहादुर खत्री रहेको प्रहरीले जनाएको छ। मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानमा उनीहरु मानव तस्करीमा संलग्न रहेको देखिएको छ। पीडितको बयानअनुसार, पक्राउ परेका आरोपीहरुले उनलाई भारतमा चालकको रुपमा मासिक ३५,००० भारु तलब, खाना, बस्न र ओभरटाइमको प्रलोभन देखाई रोजगारी दिने आश्वासन दिएका थिए। गत वैशाख १९ गते काठमाडौंको बल्खुबाट वीरगञ्ज पुर्‍याइएका पीडितलाई रेशम खत्रीले त्यहाँबाट अटो रिक्सामा भारतको रक्सौल हुँदै पटनासम्म पुर्‍याएका…

Read More

भैरहवा, ७ साउन। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले बीपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा तिलोत्तमा नगरपालिका-६ स्थित मानवसेवा आश्रममा सामूहिक भोजन गराएको छ। साथै,मानवसेवा आश्रम सञ्चालनमा सहजताका लागि २० हजार रुपैयाँ र एक थान रेफ्रिजेरेटर प्रदान गरिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ का सभापति सुशील गुरुङ्गले बताए। आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद भरत कुमार शाहले करिब आठ दशकअघि महामानव बीपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक समाजवादको सिद्धान्तको जगमा नै आज पनि नेपाली कांग्रेस अघि बढिरहेको बताए। उनले रुपन्देही क्षेत्र नं. ३ ले राजनीतिसँगै यस्ता सामाजिक कार्यहरु गरेर आम जनताको मन…

Read More

काठमाडौं, ७ साउन। नेपाल प्रहरीले अबदेखि कुनै पनि घटना वा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो र भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरुमा परिपत्र गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार पत्रकार सम्मेलन वा अन्य कुनै पनि माध्यमबाट सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्वीर तथा भिडियो सार्वजनिक नगर्न र सञ्चार माध्यमलाई उपलब्ध नगराउन भन्दै देशैभरका प्रहरी युनिटहरुलाई परिपत्र पठाइएको छ। गत असारमा महान्यायाधिवक्ताको कार्यालयले आरोपीको तस्बिर र भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशन आधारमा कार्यान्वयनमा ल्याउन मातहतका सबै युनिटहरुमा परिपत्र गरिएको उनले बताए। यद्यपि कुनै ठूलो जघन्य अपराधमा संलग्न रहेको र त्यस्ता…

Read More

भैरहवा, ७ साउन । व्यक्ति १ : एसपी ते बडा खतरा आइल बा । ओहदिनवा हमरे गौँवामे नोछा (गम्छा) बान्हके आइल रहे । ओहार से केतना, कैसन–कैसन सामान आवला ? पुलिस रोकला कि नाही ? पुलिस कैसन काम करता बा ? जनताके दुख देत बा कि सहयोग करता बा ? अरे ई सब विषयमे धिरे धिरे घुमा घुमाके के पुछत रहे सुनली हे । हम तो रहली नाई वह । मगर जे–जे बतावत रहाले उहो नाई थाह पाइले की एसपी हो । एकदम देहाती बन के अन्जान जैसे पुछत रहे हो । यी तो सबके बाद मे पता चलल कि…

Read More

सुर्खेत,७ साउन । आर्थिक लाभ लिने उद्देश्यले ‘हनी ट्रयाप’ मा पारी १४ लाख २५ हजार रुपैयाँ असुलेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमूले गाउँपालिका–८ दैलेख घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ को २१ वर्षीया सिन्दु चन्द रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ०८१ भदौमा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ सुर्खेत बुद्धपथस्थित बुलबुले भ्यू होटलमा बोलाई एकापसको चिनजान र सहमतिमा सम्बन्ध राखेकी थिइन् । उक्त सम्बन्धलाई आर्थिक लाभ लिने मनसायले जबर्जस्ती करणी मुद्दामा फसाइ दिन्छु र सामाजिक सञ्जाल तथा मिडियामा नाङ्गो फोटो राखिदिन्छु भनी डरत्रास देखाएर कोइरालाबाट पटकपटक गरी १४ लाख २५ हजार असुल गरेको जिल्ला प्रहरी कार्यालय…

Read More

काठमाडौं,७ साउन। नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। यो लोगोले नेपालको गौरवशाली इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई समेटेको टिमले जनाएको छ। नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ईसापूर्व २४९ मा स्थापित ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झण्डाको रातो रङ, तथा चन्द्र र सूर्यको प्रतीक जस्ता नेपाली पहिचान झल्काउने महत्त्वपूर्ण तत्त्वहरु समावेश गरिएका छन्। लोगोमा प्रयोग गरिएको सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गर्दछ। लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जिसीले यो लोगो केवल एउटा ग्राफिक चिह्न मात्र नभई यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने बताउनुभयो। उनले भने,…

Read More

काठमाडौं,७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई गाली गर्ने फेसन बनेको बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदको प्रश्नमा उनले प्रधानमन्त्रीलाई आलोचना गर्ने खालको फेसन बनाएको भन्दै हल्ला गरेकै भरमा कसैलाई छानबिन नहुने पनि स्पष्ट पारे। उनले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरुलाई पनि संलग्न हुन नदिने जिकिर पनि गरे। आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढ्ने भन्दै उनले भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमितामा रहेको पनि बताए। प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी हामी सबै दृढ र प्रतिबद्ध छौँ। केही मान्छेहरूको फेसन हुने गर्छ प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाई नहुने। तिनीहरू कहिले पशुपतिमा…

Read More

काठमाडौं, ७ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान काँग्रेस–एमाले संयुक्त सरकारले भ्रष्टाचार गर्नका लागि टेन्डर पाएको जस्तो व्यवहार गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको टिप्पणी गरे। उनले वर्तमान सरकारका एक-दुई जना मात्र नभई दर्जनभन्दा बढी मन्त्रीहरुमाथि छानबिन गरिनुपर्ने माग गरे। पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न पनि गाह्रो भइसकेको उनको भनाइ थियो। उनले केही कर्मचारीलाई मात्र कारबाही गरेर भ्रष्टाचार नियन्त्रण गर्न नसकिने भन्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । अध्यक्ष लिङ्देनले भिजिट भिसा प्रकरणमा दुई प्रमुख विपक्षी दलहरु आन्दोलनमा…

Read More

सर्लाही,७ साउन।सर्लाहीको गोडैता नगरपालिका–८ मा एकै रातमा चारवटा घरमा सुरुङ खनेर चोरी गरिएको छ । स्थानीय जोगी मण्डल खत्वे, सफी महम्मद दर्जी, रहमत दर्जी र पीर मिहम्मद मन्सुरको घरमा अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ ।घरको माटो खनी सुरुङ बनाएर घरमा नगद, गरगहना र अन्य सामग्री चोरी गरिएको छ। जोगी मण्डलको घरबाट दुई थान मोबाइल र नगद ३५ हजार रुपैयाँ, सफी महम्मद दर्जीको घरबाट भारु १० हजार नगद चोरी भएको छ । त्यस्तै रहमत दर्जीको घरबाट एक थान मोबाइल, नगद २ हजार रुपैयाँ चोरी र पीर मिहम्मद मन्सुरको घरबाट लत्ता–कपडा, नगद ५ लाख ६ हजार रुपैयाँ, गरगहना समेत चोरले…

Read More

बुटवल, ७ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेलाई विभाजन गर्न खोज्नेहरुको प्रयास असफल भएको बताएका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा बुटवलमा एमालेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले राष्ट्रपति जस्तो पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने एमाले भनेर केन्द्रीय कमिटीको एकमतको निर्णयले विभाजन चाहनेहरुको सपनामा तुहिएको बताए। ‘एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरुले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोसिस गरिरहेका थिए। तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरुको सपनामाथि तुषारापात भएको छ’, उनले भने,‘पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोसिस गर्ने तत्वहरु सपना विफल भएको छ।’ पूर्वराष्ट्रपति विद्यादेवी…

Read More