


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२१ जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कृषि क्षेत्रमा सिंचाईका लागि धमाधम बोर गाड्न सुरु गरिएको छ। गत वर्ष पालिकाको वडा नम्बर १० मा ९ वटा बोर गाडिएको थियो। यो वर्ष वडा नम्बर ११ मा ६ वटा बोर गाड्ने काम धमाधम भइरहेको नगरपालिकाले जनाएको छ। सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले पालिकामा बजेट अपुग भएपछि व्यक्तिगत लगानीमै ५ वटा बोर जडान गरेका थिए। उक्त वडामा बाँकी ८ वटा गरी १३ वटा बोर जडान गरिएको थियो। निर्वाचनमा कृषि उत्पादन बढाउनको लागि कृषकहरुसँग सिंचाई सुविधाको प्रतिवद्धता गरेका मेयर खाँले नगरको बजेट कम हुँदा आफ्नै १० लाखको लगानीमा ५ वटा बोर जडान गरेका थियो। सुख्खा…
बुटवल,२१जेठ। नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा अध्यक्षमा आर्दश श्रेष्ठ चयन भएका छन्।तिलोत्तमा नगरपालिकाको कोटिहवामा भएको संस्थाको ९ औं साधारण सभा तथा अविधेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। मञ्चको निबर्तमान अध्यक्षमा रिसव ओझा, प्रथम उपाध्यक्षमा अनिस कसौधन, द्धितिय उपाध्यक्षमा सुमन बस्याल चयन भएका हुन। यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिक कसजु, सुमित श्रेष्ठ, बिराट जोशी, सुमित ओझा, मञ्जील विके, अमन श्रेष्ठ, मन्दीप अमात्य, अनुभवमान सैजु, राहुल कसौधन र कार्यक्रको संयोजकमा मनिस श्रेष्ठ चयन भएका छन्। कार्यक्रमा संस्थामा उत्कृष्ट योगदान र सक्रिय सहभागीता जनाउने सदस्यहरुलाई सम्मान गरिएको थियो जसमा सबैभन्दा बढी कार्यक्रममा उपस्थित हुने सदस्य अनुभव श्रेष्ठ,नयाँ सदस्य पुरस्कार शान्तम थैबा, इसिएस…
काठमाडौं,२१जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलोमतोमा विभिन्न निर्माण ठेक्काको विज्ञापन प्रकाशनमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सह लेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, प्रभाव राष्ट्रिय दैनिक प्रालिका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। । पालिकाले आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो। बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ…
काठमाडौं,२१जेठ। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतलाई दिइएको छ। बिहीबार सैनिक प्रवक्ताको जिम्मेवारी बरबुझारथ कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सहायक रथी गौरव कुमार केसीको सरुवासँगै सेनाको जंगी अड्डाले राष्ट्रिय निकुञ्ज निर्देशनालयका प्रमुख बस्नेतलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो।
काठमाडौं,२०जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र पेश गरेको हो। सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो हैसियत दुरुपयोग गरी गैरकानूनी रुपमा ठूलो परिमाणको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ। आम्दानीका स्रोत पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता आदिबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र…
काठमाडौं,२०जेठ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुलाई जिम्मेवार हुन आग्रह गरेका छन्। उनले सहमति अनुसार यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्नुपर्ने भएपनि संचालन नगर्नु गलत भएको भन्दै जिम्मेवार हुन आग्रह गरेका हुन्। सरकार र यातायात व्यवसायीबीच छलफलका लागि समिति बनाउने सहमती भएको थियो। जस अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी समिति गठन भएको थियो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता तर्कहरु यातायात व्यवसायीहरुले गरिरहेकाले त्यो गलत भएको बताए । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र…
काठमाडौं,२० जेठ। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स फाइनलमा फिल्डमा उत्रिदैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा आज बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ। पहिलो क्वालिफायरमा पञ्जाबलाई पराजित गर्दै बेंगलुरुले फाइनल खेल सुरक्षित गरेको थियो। पराजित पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा यात्रा तय गरेको थियो। लिग चरणमा समान खेलबाट समान नतिजा र अंक बटुलेका यी दुई टोलीबीच नेट रनरेटको मात्र फरक रहँदा पञ्जाब शीर्षमा फिनिस गरेको थियो भने बेंगलुरु दोस्रोमा रहेको थियो आईपीएलमा हालसम्म यी दुई टोलीबीच ३६ खेल भएको छ जसमा दुवै टोलीले १८-१८ खेल जितेका छन्। पछिल्ला…
काठमाडौं,२०जेठ। नेकपा एमालेका सचिव योगेश भट्टराईले गृहमन्त्री रमेश लेखकले संसदमा आफ्ना कुरा राख्न पाउनुपर्ने बताएका छन्। भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षीले अडान राखेपछि रवि लामिछाने र लेखकको विषयमा एमालेको धारणा एउटै रहेको भट्टराईले स्मरण गराएका हुन्। लामिछाने गृहमन्त्री हुँदा कांग्रेसले बोल्न नदिँदा विमति जनाएको उल्लेख गर्दै उनले अहिले रास्वपा(माओवादीले राखेको अडानप्रति विरोध जनाउँदै बोल्न दिनुपर्ने धारणा राखेका हुन्। ‘हामी त हिजो पनि उही, आज पनि उही! तत्कालिन गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपसहित तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा कुरा उठायो। रवि जीले संसदमा बोल्ने समय माग्नु भयो। कांग्रेसले बोल्न नदिने अड़ान…
काठमाडौं,२० जेठ। तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ। जसमध्ये दुई वटा विदेशी कम्पनी छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ। सोमबारको बैठकले तीन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा रहेका छन् । मरुशिन र पीएच-एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
काभ्रे,२०जेठ। पुल बेचेको आरोपमा प्रहरीले एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ का वडाध्यक्ष अशोक कुमार गौतम रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेका अनुसार पक्राउ परेका वडाअध्यक्ष गौतममाथी कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल कबाडीलाई बेचेको आरोप छ । गत असोजमा रोशी खोलमामा आएको बाढीले फलामको झोलुङ्गे पुल बगाएको थियो । वडाअध्यक्षले सरकारी सम्पत्ति मनोमानी ढंगले विक्रीका लागि ट्रकमा लोड गर्न लगाएपछि स्थानीयले अवरोध गरेका थिए। कवाडीवाला र स्थानीयबीच विवाद भएपछि प्रहरीमा जानकारी गराइएको थियो । जस पश्चात गत जेठ १२ गते राति…