


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली कागजात बनाउने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको धरमपुर घर भई काठमाडौं महनगरपालिका-१० का ५२ वर्षीय सफराज खड्का रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको हो । पक्राउ परेका खड्काले विगत २ वर्ष देखि नक्कली कागजात बनाउँदै आएको प्राराम्भिक अनुसन्धानमा खुलेको सीआईबीका प्रवक्ता युवराज अड्डाले बताए। उनका अनुसार खड्काले आफ्नो निजी पसलमा विभिन्न शैक्षिक संस्था (टियू, सिटीभिटी लगायत) मालपोत, नापी, अदालत, नगरपालिका, प्रहरी, कर कार्यालय, राजनीतिक दल लगायतका कागजातहरु नक्कली बनाउने गरेका थिए । पक्राउ परेका खड्काको साथबाट टियूदेखि सीटीइभीटी, एचएसईबी,…
भैरहवा,२ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले एक वर्षमा राजस्व छलीका १३ करोड १० लाख बढी रुपैयाँ बराबरको विभिन्न सामग्री बरामद गरेको छ । गत आर्थिक वर्ष ०८१/०८२ मा भारतबाट अवैध रुपमा भित्राइएको कपडा, मोबाइल, मदिरा, चिनी, कुखुरा, रासायनिक विषादी, मोटर पार्टस, पशु चौपाया, औषधी लगायतका सामग्रीहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार, राजस्व अनुसन्धान कार्यालय, पशु तथा प्लान्ट क्वारेन्टाइन कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका एसपी मेखराज जोशीले बताए । उनका अनुसार, तस्करीका सामग्री ढुवानीमा प्रयोग भएका आठ वटा ट्रक मिनि ट्रक ट्याक्टर, कार भ्यान छोटा हात्ति १० वटा,…
काठमाडौं,१साउन। नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । जसमध्ये चार जिल्लाका इन्चार्जहरुलाई समेत हेरफेर गरिएको छ । सरुवा सूची अनुसार सशस्त्र प्रहरी गण नम्बर-१ मा कार्यरतमा डीएसपी राजु लामालाई भोजपुरमा पठाइएको छ भने भोजपुरमा कार्यरत युवराज तिमल्सिनालाई नक्साल स्थित सशस्त्र प्रहरी गण नम्बर-१ मा ल्याइएको छ । कास्कीको वडा प्रहरी कार्यालय बैदाममा नवराज भट्टराई, मोरङको इलाका प्रहरी कार्यालय पथरीमा तुल्सीराम अर्याल, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा रुपा लावुङलाई जिम्मेवारी दिइएको छ। सल्यानमा हेम केसी, अछाममा ओम प्रकाश खनाल र बझाङमा खगेन्द्र धमलालाई सरुवा गरिएको छ भने सिंहदबार सुरक्षा गणमा सिद्धराज न्यौपाने, पर्यटक प्रहरी…
काठमाडौं,१साउन। नाबालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली सेनाको शमशेर दल गण कपिलवस्तु गोरुसिंगेमा हवल्दार पदमा कार्यरत ३७ वर्षीय दिपक राउत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पक्राउ परेका राउतले ८ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा छ । पीडितकी आमाले दिएको जाहेरीका आधारमा राउतलाई पक्राउ गरिएको आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं,१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन र चुनाव चिन्ह ‘घण्टी’ परिवर्तन गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आफूलाई अभियन्ता बताउने युवराज सफलले आयोगमा उजुरी दर्ता गराएका हुन्। सफलले रास्वपाको नाममा ‘स्वतन्त्र’ शब्द जोड्नुले स्वतन्त्र उम्मेदवारहरुको पहिचान र अधिकारमाथि प्रहार भएको तर्क गरेका छन्। निवेदनमा भनिएको छ, ‘कुनै पनि राजनीतिक दल निश्चित विचार, सिद्धान्त र कार्यक्रममा आधारित हुन्छ। तसर्थ, दल आफैँमा स्वतन्त्र हुन सक्दैन। यो शब्दले आम मतदातामा भ्रम छरेको छ र स्वतन्त्र उम्मेदवारहरुको हक खोसेको छ।’ यस्तै निवेदनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि गम्भीर आपत्ति जनाइएको छ। उनका अनुसार, ‘घण्टी’ नेपालका…
काठमाडौं,१साउन। पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा ९३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन्। उक्त घटनामा परेर चार सय ४५ जना घाइते भएको प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले बताए। उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए। प्राधिकरणले सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्। केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा…
भैरहवा, १ साउन । रुपन्देही प्रहरीले गत आर्थिक वर्षमा अवैध रुपमा भन्सार छलेर भित्राइएको १२ करोड ६७ लाख ७१ हजार बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद गरेको छ। वर्षको अन्य महिनाको तुलनामा सबैभन्दा जेठमा २ करोड ९७ लाख बढी र असारमा २ करोड ३८ लाख बढी मूल्यका सामग्री बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको वार्षिक कार्य प्रगतीमा विवरणमा उल्लेख छ। गत बैशाख २२ गते रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्री जिल्लामा आएपछि प्रहरी आक्रमक रुपमा उत्रिएको छ। उनी आएदेखि जिल्लामा ठूला तस्करी ठप्प छ भने लुकिछिपि भित्र्याउने गरिएको सामानहरु पनि बरामद गर्न थालिएको छ। जिल्लामा एसपी क्षेत्रीको कमाण्डिङका…
काठमाडौं,३२असार। संयुक्त अरब इमिरेट्स (युएई) सरकारले एक सय बीस जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद अल-अदाहको अवसरमा विभिन्न कसुरमा युएई (दुबई) को जेलमा रहेका एक सय बीस जना नेपाली नागरिकहरुलाई आममाफी दिएको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासका अनुसार उनीहरुको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिइएको छ। दूतावासले विज्ञप्ति जारी गरेर युएई सरकारलाई धन्यवाद दिएको छ। हेर्नुहोस् विज्ञप्तिः
काठमाडौं,३२असार। सशस्त्र प्रहरीका एसएसपी मनिष थापा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त डीआईजीमा बढुवाका लागि थापालाई सिफारिस गरेको हो। डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो। समितिले बढुवामाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सक्ने जनाएको छ ।
मोरङ,३२असार। मोरङ प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–४ का १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रङ्गेली र पोखरियाको संयुक्त टोलीले स्थानीय दिनेश मण्डलले भुस राख्न बनाएको टाटी-बेरा र टिनको छाप्रोमा प्लास्टिकले बेरिएको अवस्थामा मेड इन जापान लेखिएको सिक्सर पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुँडालले बताइन्। साथै, उक्त स्थानबाट खुकुरी, नक र मोबाइल फोन पनि बरामद भएको छ। घटनामा संग्लन २० वर्षीय मुकेशकुमार महतो फरार छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई युवकविरुद्ध हातहतियार खरखजाना…