


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२६जेठ। घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन गरिएको छ । विभागले गत जेठ २० गतेमा घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट पनि अनिवार्य चाहिने गरी विभागले निर्देशन ल्याएको थियो। नेपाललाई फाइनान्सियल टास्क फोर्स (एफएटिएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्न भन्दै विभागले एक सातमै उक्त निर्देशन संशोधन गरेको हो। प्रधानमन्त्री केपी ओलीले समेत चासो देखाएपछि यसलाई संशोधन गरिएको बताइएको छ। संशोधित व्यवस्थाअनुसार अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले…
काठमाडौं,२६जेठ। जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेर फरार भएको दुई जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका–७ का २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए। प्रहरीले उनीहरुलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरेको छ। पक्राउ परेका आरोपीहरुविरुद्ध जिल्ला अदालत जाजरकोटबाट पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौं,२६जेठ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाएको विषयमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई स्पष्टीकरण माग गरेको छ। प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पठाएको पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी खटाइएकोबारे विषयमा सात दिन भित्र स्पष्टीकरण माग गरिएको हो। साथै, दरबन्दी नभएका ठाउँमा काजमा खटाइएका कर्मचारीको नाम, जिम्मेवारी र खटाइएको मिति लगायतको विवरण उपलब्ध गराउन पनि निर्देशन दिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गृह सचिवका निकट सहसचिव तीर्थ भट्टराईविरुद्ध छानबिन अघि बढाएपछि अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको तथ्य बाहिर आएको थियो। त्यसपछि…
कैलाली,२६जेठ। कैलालीको टिकापुर नगरपालिका–७ सत्तीमा एक महिला र प्रहरीबीच भएको भनाभन तथा हात हालाहालको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ। शनिबार दिउँसो घटेको उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि प्रहरीको कार्यशैली र नागरिकको व्यवहारबारे बहस चर्किएको छ। भिडियोमा राजकुमारी कुँवर शाह नामक एक महिला स्कुटरको पछाडि बसेकी देखिन्छिन् भने स्कुटर एक बालकले चलाइरहेका छन्। प्रारम्भमा एक हवल्दारले स्कुटर रोकेका थिए भने पछि सादा पोशाकमा रहेका सई यज्ञराज पन्तले हस्तक्षेप गरेका थिए। बालकले लाइसेन्सविनै स्कुटर चलाएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिला आक्रोशित भएकी थिइन्। भिडियोमा महिलाले प्रहरीलाई अपमानजनक शब्द प्रयोग गर्दै “तँ” भनेर सम्बोधन गरेकी छन्। उनले आफूलाई रोकिनुको कारण बारम्बार…
काठमाडौं,२६जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखरामा स्वीकृत अर्डर विपरित डिजेल लोड गरेर निगमलाई आर्थिक नोक्सानी पुर्याएको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले डिपो प्रमुख चितरञ्जन दाससहित कास्की तालचोकस्थित पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुंगाना, लक्ष्मण रानाभाट र ट्यांकर चालक निर्मल थापाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। उनीहरुमाथि १२ हजार लिटर डिजेलको स्वीकृत अर्डर विपरित १५ हजार ३८ लिटर डिजेल लोड गरेर निगमलाई आर्थिक नोक्सानी पुर्याएको आरोप छ। आरोपीहरुले मिलेमतोमा सिसी क्यामेरा बन्द गरी बिलमा उल्लेखभन्दा ३ हजार ३८ लिटर बढी डिजेल लोड गरेको अख्तियारको…
काठमाडौं,२३जेठ। सप्तरीमा अभ्यासका क्रममा दुई जना गोताखोर नदीमा डुबेर बेपत्ता भएपछि गृहमन्त्री रमेश लेखक घटनाबारे बुझ्न सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेका छन्। उनलाई निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराए। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगबिजय सुबेदीले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा कामकारबाहीबारे विस्तृत रुपमा जानकारी गराएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटनाबारे जानकारी गराएका थिए।…
काठमाडौं,२३जेठ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ स्थित श्री कृष्णा उच्च माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको हो। विद्यालय भवन निर्माणका लागि विनियोजन रकममा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा फिल्डमा हुँदै नभएको कार्य भएको भनी रकम निकासा गरी २५ लाख ५० हजार रकम दुरुपयोग गरेको अख्तियारको ठहर छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार जिशिअ नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवन प्रसाद…
काठमाडौं,२३जेठ। प्रहरीले ४५ लाख बढी मूल्य बराबरको सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त रहेका छन्। बा.प्र.०३–००१ ख ३१३९ नम्बरको बसमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको अवस्थथामा प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले २७४.८३ ग्राम अवैध सुन बरामद सामान्तलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ। बरामद सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ रहेको पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।
काठमाडौं,२२जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ ५ लाख ७० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका र एक लाख पहिल्यै लिएका यादवविरुद्ध अख्तियारले ६ लाख ७० हजार बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र पेश गरिएको हो।
काठमाडौं,२२जेठ। मधेश प्रदेशको भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको तत्कालिन् सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुषमा नक्कली कागजातका आधारमा कार्यक्रम सम्झौता गरी एक करोड रुपैयाँ अनुदानबापत भुक्तानी गरेको सिंहसहितका कर्मचारी र कृषि फर्मका संचालकविरुद्ध आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। बिहिबार विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै तत्कालिन सचिव सिंह र मन्त्रालयकै तत्कालिन बरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका कार्यालय प्रमुख शंकरप्रसाद शाहलाई एक बर्ष कैद, जनही २५ लाख जरिवाना र सोहीबराबरको बिगो असुल उपर हुने…