


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १८ पुस । नेपालको बौद्ध सर्किट रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरुले ‘शान्ति र समृद्धिका लागि सञ्चार अभियान नेपाल’ नामक संस्था गठन गरेका छन् । लुम्बिनीको मायादेवी मन्दिर परिसरमा सम्पन्न प्रथम भेलाले नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईको संयोजकत्वमा संस्था गठन गरेको हो । अभियानको सह–संयोजकमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वअध्यक्ष मनोज पौडेल चयन भएका छन् । कान्तिपुर दैनिकका उपसम्पादक समेत रहेका पौडेल लुम्बिनी क्षेत्रबाट बौद्ध धर्मदर्शन र बुद्धभूमिको प्रचारप्रसारमा दशकौदेखि कलम चलाउँदै आएका छन् । अभियानको सदस्यहरुमा पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, पूर्वअध्यक्ष हरि शर्मा, पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश के.सी., लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल…
भैरहवा, १७ पुस । नेपाल एएसी कम्पनी प्रालिले उत्पादित अटोक्लेभ्ड एरेटेड कंक्रिट (एएसी) ब्लकमा छुट दिने भएको छ। प्रालिले ग्रेगोरियन पात्रो अनुसार आजदेखि सुरु भएको अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा तीन महिनासम्म ब्लक खरिदमा पाँच प्रतिशत छुट दिने भएको हो । पर्खाल वा घरको गारो लगाउनमा उक्त ब्लकको प्रयोग हुने गरेको छ । जर्मन प्रविधिबाट निर्मित उक्त ब्लक हलुका, वातावरणमैत्री, भूकम्प प्रतिरोधी, उच्च तापधारण क्षमता, ध्वनी र अग्नी प्रतिरोधक हुनुका साथै टिकाउ लगायतका विशेषता रहेको कम्पनीका निर्देशक धिरज कुमार मल्लिकले बताए । नेपाल एएसी कम्पनी प्रालिका अध्यक्ष प्रमोद कुमार यादवले उद्योगमा उत्पादित ब्लक विदेश निर्यातको तयारीमा रहेको बताए ।…
आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक नचल्ने बताइएको छ । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो । यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम १० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड/आईओएस) मा ह्वाट्सएप र फेसबुक चल्ने छैन । सामसङः ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनी । मोटोरोलाः माटो जी (फस्ट जेन),…
भैरहवा, १७ पुस। ग्रेगोरियन पात्रोअनुसार आजदेखि सुरु भएको अंग्रेजी नयाँ वर्षको दिनको सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा सुनको मूल्य बढेको हो। मंगलबार प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य बुधवार प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार नेपालको स्थानीय बजारमा चाँदीको मूल्य स्थिर छ। बुधवार चाँदी प्रतितोला एक हजार सात सय ६५ रुपैयाँमा खरिदविक्री भइरहेको छ।
भैरहवा, १७ पुस। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण हुँदै छ । अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरले एक्स्ट्राटेक ओभल प्रालिमार्फत ६० करोड रुपैयाँ लागतमा तिलोत्तमा नगरपालिका–१७ पूर्वदरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् । ६ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भीआईपी बक्स लगायत पूर्वाधार निर्माणका काम भइरहेका छन् । ‘क्रिकेट खेलको विकासका लागि रंगशालाको निर्माण गरिएको हो र राष्ट्रिय स्तरको क्रिकेट खेलका लागि मैदान तयारी अवस्थामा छ’, नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं रंगशालाका ब्राण्ड एम्बेसडर शक्ति गौचनले भने, ‘अहिले पनि खेल खेलाउन सकिन्छ । र, अन्य पूर्वाधार निर्माणका काम पनि भइरहेका छन् ।’ शिलान्यास…
भैरहवा, १६ पुस। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समिति बैठकले मंगलबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको निगमले जनाएको छ। एलपी ग्याँसको मूल्य हाललाई यथावत् राखिएको छ। हेर्नुहोस् विज्ञप्ति:
भैरहवा, १६ पुस। यसोदा फुड्स प्रालिले बुटवलस्थित कलिकानगरमा ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याएको छ । उद्योगका उत्पादित ८० बढी परिकारहरु सर्वसाधरणलाई एउटै छानामुनी उपलब्ध गराउनका लागि प्रालिले ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याएको हो। कम्पनीले ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याउने अवधारण अन्र्तगत मुलुकमा पहिलो पटक बुटवलमा संचालनमा ल्याएको हो ।मंगलबारदेखि संचालनमा ल्याइएको ‘करेन्ट प्वाइन्ट’ मा सर्वसाधरणहरुले उद्योगद्धारा उत्पादित करेन्ट ब्राण्ड अन्र्तगतका विभिन्न परिकारका तयारीचाउचाउ,मसाला, चिप्स लगायत सामग्री खरिद गरेर लैजानुका साथै आफ्नो स्वाद अनुसारको पकाउन लगाएर खाना समेत सक्ने यसोदा फुड्स प्रालिका संचालक नरिश्वर पौडेलले बताए । ‘हामीले ‘करेन्ट प्वाइन्ट’ मा उद्योगद्धारा उत्पादित भान्सामा लाग्ने सबै ब्राण्डका परिकार राखेका छौँ’, उनले भने, ‘यहाँ सर्वसाधरणले…
भैरहवा, १६ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा रुपन्देहीको भैरहवामा पुस १६ गते मंगलबार (डिसेम्बर ३१ तरिख) ‘स्ट्रीट फूड फेस्ट’ (सडक खाना महोत्सव–२०२५ हुने भएको छ। ‘सडकमै खाउँ, सडकमै रमाउँ, पर्यटकहरुलाई स्वागत गरौं, स्थानीय खाना र बजारको प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आज महोत्सव हुने भएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले महोत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । अध्यक्ष श्रेष्ठले स्थानीय कलाकार, स्थानीय परिकारको प्रवर्द्धनमा जोड दिदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाहुनालाई स्वागत गर्न तयार छौं भन्ने…
भैरहवा,१४पुस । भैरहवाको पक्लिहवामा सरसफाई तथा सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल पक्लिहवा कृषि क्याम्पसको आयोजना र नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले मानव स्वास्थ्यका लागि पनि आ आफ्नो घर–आगन मात्र नभई बाह्य वातावरणको सरसफाईमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यक रहेको बताए। कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख डा.रामभजन मण्डल, नेपाल रेडक्रस सोसाईटी बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्ग, निवर्तमान अध्यक्ष सुमन शर्मा, पुर्व अध्यक्ष देवराज न्यौपाने, कोषाध्यक्ष पंकज उदास, स्व.वि.यु.सदस्य सुदिप शर्मा तिमिल्सिना लगायतले विद्यार्थीहरुले…
भैरहवा, १४ पुस। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले यस क्षेत्रको विकासका लागि निर्वाह गर्दै आएकोे भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले जोड दिएका छन्। क्लबको १०औं स्थापना दिवसको अवसरमा आइतबार भैरहवामा आयोजित कार्याक्रममा बोल्दै वक्ताहरुले क्लबले पत्रकारितासँगै अन्य क्षेत्रमा खेलेको भूमिका र गरेका कामको प्रशंसा गरे । भैरहवा, लुम्बिनी, धकधइ, मर्चवार सहित सिंगो रुपन्देही जिल्लासँगै मुलुकमै क्लबको गरिमा झनै बढ्दै गएको उनीहरुले जोड दिए। सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनी प्रेस क्लब धेरै उचाईमा पुगेको बताए । उनले क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानादेखि वर्तमान अध्यक्ष कमल रायमाझीसम्म नेतृत्वको टीम राम्रो र समाजमा केही गरौं भनेर छाप छाड्ने किसिमको रहेको बताए । उनले…