Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१३असार। काठमाडौंको पुरानो बसपार्कस्थित निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेका छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि भेटवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए।

Read More

सिरहा,१३असार। सिरहा प्रहरीले ग्लोबल आइएमई बैंक शाखाको रकम लुटपाटमा संग्लन आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको प्रहरीले जनाएको छ। गत २०७९ फागुन १० गते सिरहाको मिर्चैया नगरपालिका–३ बतहा पुल नजिकै कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाका कर्मचारीलाई र सुरक्षामा खटिएका प्रहरीलाई चार जनाको समूहले पेस्तोल देखाएर नौ लाख रुपैयाँ लुटपाट गरी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उक्त घटनापछि भारतमा लुकेर बस्दै आएका लोहनीलाई सिरहाको सीमावर्ती क्षेत्र खैरटोकाबाट पक्राउ गरिएको हो। पक्राउ परेका लोहनीलाई अदालतमा पेश गरी आवश्यक प्रक्रिया अघि बढाइएको…

Read More

भैरहवा,१२असार। रुपन्देही प्रहरीले राजस्व छली गरेर ओसारपसार गरिरहेको प्रिन्टर र प्रेससम्बन्धिका सामग्रीहरु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका ४ छिपागढस्थित लु २ च १९३८ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी प्रिन्टर र प्रेससम्बन्धिका करिब साढे १२ लाख मूल्य बराबरको सामग्री बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए। उनका अनुसार नवलपरासीको पालिनन्दन गाउँपालिका-२ का १९ वर्षीय गाडी चालक साहिद कुजडा र घटनामा संग्लनमा आरोपमा भारतको महाराजगंज जिल्ला राजावारी ठुठिबारीका ४० वर्षीय सिताराम रौनियारलाई नियन्त्रणमा लिइएको छ। बरामद सामग्री, गाडी र नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको…

Read More

पाल्पा,१२असार। पाल्पाको रामपुर नगरपालिका–६, तिलकपुरका १० वर्षे पवन कुमाल मानसिक र शारीरिक अशक्त भएका कारण विगत एक वर्षदेखि फलामको खोरभित्र दिन बिताउँदै आएका छन्। परिवारले सुरक्षाको कारणले बिहानदेखि साँझसम्म उनलाई खोरमा राख्न बाध्यता भएको बताएको छ। पवनका आमा पूर्णमायाले भन्छिन्, “पवन जन्मदेखि नै अशक्त छन्। घरमै राख्ने प्रयास गर्दा घुम्न नपाएर सडकमा निस्किएपछि दुर्घटनाको डरले फलामको खोर बनाउनु परेको हो।” उनका जुम्ल्याहा भाइ पविन नवदुर्गा माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दैछन्। आमाले भाइलाई विद्यालय पठाउँदा पवनलाई खोरभित्र राखेर काम गर्न जानुपर्छ। परिवारले पवनको उपचारमा अहिलेसम्म ९ लाखभन्दा बढी खर्च गरिसकेको छ। एक वर्षको उमेरमा बनेपास्थित अपांगता अस्पतालमा खुट्टाको उपचार गराएका…

Read More

सुनसरी,१२असार। नक्कली फेसबुक आइडी मार्फत ६२ लाख ७५ हजार रुपैयाँ ठगी गरेकोमा आरोपमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहता रहेको प्रहरीले जनाएको छ। उनले ‘भानिदा सुवन’ नामक नक्कली फेसबुक आईडी बनाएर आफूलाई थाइल्याण्डको सिएम कमर्सियल बैंकका मेनेजर भएको झुटो परिचय दिँदै ठगी गर्दै आएका थिए। प्रहरीका अनुसार मेहताले सामाजिक सञ्जालमार्फत पीडित कुर्मराज शाहीलाई ‘तपाईंको जात मिल्ने भएकाले विदेशमा रहेको अर्बौं रुपैयाँ तपाईंको नाममा ट्रान्सफर गर्न सक्छु’ भन्दै झुटो प्रलोभन देखाएका थिए। प्रलोभनमा परी पीडितले विभिन्न चरणमा गरी ६२ लाख ७५ हजार २०० मेहताको नाममा रहेको बैंक खातामा पठाएका थिए।…

Read More

भैरहवा,१२असार। राजस्व अनुसन्धान कार्यालय, बुटवलले नवलपरासी (ब.सु.प.)को नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित चार जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ। परासीको रामग्राम नगरपालिका–८ स्थित नवज्योति ट्रेडर्सले करमा दर्ता नगरी ५० लाखभन्दा बढीको करयोग्य वस्तु बिक्री गरेको अनुसन्धानबाट खुलेपछि कार्यालयले मुद्दा दायर गरेको हो। भारतबाट अवैध रुपमा भन्सार छलेर चामलका नाममा चिनी भित्र्याइएको पाइएको राजस्व अनुसन्धान विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नवज्योति ट्रेडर्सका प्रोप्राइटर यादवमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार तीन करोड ४७ लाख ६२ हजार बिगो कायम गर्दै सोही ऐनको दफा २३ (१) बमोजिम सो रकम असुल उपर गरी शतप्रतिशत जरिवाना तथा…

Read More

काठमाडौं,१२ असार। निर्वाचन आयोगले मुलुकको विभिन्न क्षेत्रमा रिक्त पदहरुमा निर्वाचनको तयारी थालेको छ। आयोगले मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता गराउन छुट भएका व्यक्तिहरुलाई नाम दर्ता गराउन अनुरोध गरेको छ। आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले भने, “निर्वाचनको मिति घोषणा भइसकेपछि नाम दर्ता गर्न मिल्दैन। त्यसैले यथाशीघ्र आफ्नो नाम दर्ता गराउन अनुरोध गर्दछौं।” गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो। छलफलमा खासगरी प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको थियो । रुपन्देही-३…

Read More

कपिलवस्तु,११असार। कपिलवस्तुमा टिकटक भिडियो बनाउनका लागि खोलामा हामफालेका युवकको मृत अवस्थामा शव फेला परेको छ। भारतको सिद्धार्थनगर जिल्ला अलिगढवाका २१ वर्षीय इसहाक मुसलमान सोमबार कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ स्थित बेती खोलामा हामफालेपछि बेपत्ता भएका थिए। उनको शव दुई दिनपछि फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पकडीका अनुसार, शुद्धोधन गाउँपालिका-२, सानो नन्दनगरस्थित मामाघर आएका उनी दुई साथीसँग नुहाउनका लागि बेती खोलाको ड्याममा पुगेका थिए। खोला हाम फालेका उनको साथीहरुले भीडियो खिचिरहेका थिए। तर, उनी बाहिर ननिस्कएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी सुरु गरेको थियो। बेपत्ता भएका इसहाकको शव बुधवार फेला परेको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी…

Read More

काठमाडौं,११असार। पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई रु ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। ‘प्रतिवादी तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको अध्यक्षतामा बसेको मन्त्रिपरिषदले गरेका निर्णयहरू विशुद्ध नीतिगत निर्णयको परिधिमा पर्ने हो वा होइन भन्ने प्रश्नको विषयमा मुद्दाको अन्तिम निर्णय हुँदा निरूपण हुने हुनाले प्रतिवादी माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष र आज यस अदालतसमक्ष गरेको बयान, उजुरी बेहोरा, निज प्रतिवादीको अध्यक्षतामा रहेको मन्त्रिपरिषदको निर्णय समेतका आधारमा प्रतिवादी कम्पनीले हदबन्दीभन्दा बढी…

Read More

भैरहवा, ११ असार । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’मा एशियन बुद्ध टिम फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा एशियन बुद्धले न्यु होराइजनलाई ३४ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। एशियन बुद्धले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १२१ रनको बलियो लक्ष्य दिएको थियो। जवाफी इनिङ्समा न्यु होराइजनले ६ विकेट गुमाएर ८७ रन मात्र बनाउन सकेपछि पराजित हुन पुग्यो। खेलमा ७० रन बनाउनुका साथै १ विकेट लिएका देव खनाल ‘प्लेयर अफ द म्याच’ घोषित भए। त्यसैदिनको अर्को खेलमा तिरुपति क्रिकेट क्लबले लुम्बिनी खुकुरीलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। खुकुरीले…

Read More