


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,७जेठ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन्। अर्थ मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले महत्त्वपूर्ण र उपलब्धिमूलक पहल गर्नुहुने विश्वास व्यक्त गरे। नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए। उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए।
काठमाडौं,७जेठ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम (गर्मी) दुवै सदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ। बुधवार विभागले ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसमविद्हरुले ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस्तो बताएका हुन्। विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुनेछ। उनले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताइन्। यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको उनको भनाई छ। उनले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत,…
डडेल्धुरा,७जेठ। डडेल्धुरामा एक घरमाथी रुख ढल्दा च्यापिएर एक जनाको मृत्यु भएको छ। बुधवार बिहान जिल्लाको आलिताल गाउँपालिका-६ स्थित हावाहुरीका कारण घरमाथी रुख ढल्दा २७ वर्षीया रविना कामी मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, घटनामा मृतककी सासु राधा कामी घाइते भएकी छिन्। घाइतेको अस्पतालमा उपचार भइरहेको छ। मृतकको एक छोरा र एक छोरी छन्।
धादिङ,७ जेठ।नागढुङ्गा–नौबिसे सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ। सडक निर्माण कार्यका लागि उक्त अवधिभर दैनिक दिउँसो साढे ४ घण्टा उक्त सडकखण्ड बन्द हुने भएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार काठमाडौं र जिल्ला प्रशासन धादिङसँगको समन्वयमा जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडकखण्ड बन्द गरेर निर्माण कार्य गरिनेछ। यसअघि रातीको समयमा उक्त सडकखण्ड बन्द गरेर काम हुँदै आएको थियो। ‘निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थिय। प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति…
भैरहवा,७जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले नगरका कृषकहरुलाई धानको बीउ उपलब्ध गराएको छ । पालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई धानको बीउ उपलब्ध गराइएको जनाएको छ। सविधान सभा सदस्य एवं नगर प्रमुख इश्तियाक अहमद खाँले एक कार्यक्रमकाबीच कृषकहरुलाई साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत बीउ उपलब्ध गराएका हुन्। उन्नत बीउको प्रयोग गरी उत्पादन बढाउने उद्देश्यले अनुदानमा कृषकहरुलाई धानको बीउ उपलब्ध गराइएको उनले बताए। कृषकहरुको मागको आधारमा पालिकाले सिजन अनुसार धान, गहु, तरकारी लगायतका बीउ र कृषी उपकरणहरु कृषकहरुलाई उपलब्ध गराउँदै आएको छ ।
वीरगञ्ज,६जेठ। सशस्त्र प्रहरी बल नेपालले वीरगञ्जमा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। भारतबाट अवैध रुपमा भित्राइएको ८१ हजार ४९० थान ‘ट्रामाडोल हाइडोक्लोराइड’ नामक लागुऔषध वीरगञ्ज महानगरपालिका–२ को भगुवास्थित सीमा क्षेत्रबाट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रबहादुर सिंहले बताए। उनका अनुसार लागुऔषध लिएर आउँदै गरेका दुई जनाले सशस्त्र प्रहरी देखेर लागुऔषध छाडी भारततर्फ फरार भएका छन्। बरामद लागुऔषध आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं,६जेठ। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औँ गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। गभर्नर सिफारिस समितिले गभर्नरमा पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। जस अनुसार सरकारले सिफारिसको पहिलो नम्बरमा रहेका पौडेललाई नियुक्त गरेको हो।
काठमाडौं,६जेठ। नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ। मंगलबार गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो। साथै मन्त्रालयले डीआईजी सिद्धिविक्रम शाहलाई पनि एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ। हेर्नुहोस् सूची :
झापा,६जेठ। झापा प्रहरीले मोटरसाइकल र अटो टेम्पो चोरी घटना संग्लनको आरोपमा चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-३ घर भई कन्काई नगरपालिका-६ बुद्धचोकका २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तमोड नगरपालिका-७ का २७ वर्षीय जागिर आलम रहेको प्रहरीले जनाएको छ। झापा जिल्लाको विभिन्न स्थानमा मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीका ४ वटा मोटरसाइकल र एउटा अटो टेम्पो सहितलाई उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले बताए। आलम ग्यारेज संचालक हुन् अन्य तीन जना दाजुभाई हुन्। प्रहरीका अनुसार राजवंशी दाजुभाइ चोरीमा संलग्न थिए भने आलम चोरीका…
काठमाडौं,६जेठ। पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ। अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको लामिछानेको रिटमा मंगलबार सुनुवाइ नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।