Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १८ असोज । रुपन्देहीमा नाबालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१० शान्तिनगरका २७ वर्षीय विशाल उर्फ युवराज थारु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तिलोत्तमा नगरपालिका-१७ दरखसवाबाट गत बुधवार राति घरभित्र सुतिरहेको अवस्थामा १० वर्षीया बालिकाको अपहरण भएको थियो। खोजतलासको क्रममा बालिकाको शुक्रवार साँझ तिलोत्तमाको कान्छी बजारस्थित जंगलबाट सकुशल उद्धार गरिएको थियो । घटनामा संग्लन फरार थारु फेला परेपछि प्रहरीमाथि आक्रमण गर्न खोज्दा गोली प्रहार गरेर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेको उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला…

Read More

भैरहवा,१७ असोज। रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रामनरेश माध्यमिक विद्यालयमा जनतासँग गुनासो सुनुवाइ तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्ने यो गाउँपालिकासमेत पूर्वाधार विकास मन्त्री सुनिल लम्साल निर्वाचित क्षेत्र हो। कृषि मन्त्री गीता चौधरीको प्रमुख अतिथ्यतामा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले संयोजन गरको कार्यक्रममा सांसद कन्हैया बनिया, ज्ञानु पौडेल, मन्त्री लम्सालको सचिवालय सदस्य जितेन्द्र यादव, स्थानीय जनप्रतिनिधि, रास्वपा रुपन्देहीका सचिव ज्ञानेन्द्र पाण्डेय लगायतको उपस्थित थियो। कार्यक्रममा स्थानीयवासीले आफ्ना समस्या, गुनासा तथा विभिन्न सुझावहरु राखेका थिए। जनताबाट प्राप्त गुनासा तथा समस्याहरुलाई आवश्यक समाधानका लागि समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री लम्सालको सचिवालय सदस्य यादवका अनुसार,…

Read More

सलमान खानभैरहवा, १७ असोज । नेपालबाट भन्सार छलेर ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको करिब ९ हजार किलो फर्सीको बीउ भैरहवा भन्सार कार्यालयले बरामद गरेको छ। भारततर्फ जाँदै गरेको भारतीय एचआर ३८ एए २८३४ नम्बर प्लेटको ट्रकलाई बेलहिया (भैरहवा) सीमानाकामा चेकजाँच गर्ने क्रममा आवश्यक कागजात नभएको पाइएपछि बीउ र ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । उनका अनुसार, पछिल्लो समय भारतीय सीमावर्ती क्षेत्रमा फर्सीको बीउ अवैध रुपमा पुगेका घटना सार्वजनिक हुन थालेपछि नाकामा निगरानी बढाइएको थियो। ‘सीमापारी भारतीय क्षेत्रमा बीउ बरामदगी घटना हुन थालेपछि नाकामा निगरानी बढाएका थियौं’, प्रमुख भन्सार अधिकृत पौडेलले भने,‘जसअनुसार भारततर्फ…

Read More

काठमाडौं,१७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने भएको छ। शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले असोज २० गतेदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकपछि निर्णय सार्वजनिक गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। अभियानलाई सशक्त रुपमा सञ्चालन गर्न पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी दिइएको छ। रास्वपाले अभियानका लागि सांसद तथा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकिएका जिल्लाको विस्तृत तालिकासमेत तयार गरेको जनाएको छ।

Read More

भैरहवा,१६ असोज । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी गरिबी बर्दिया र कम रुपन्देही जिल्लामा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको ‘गरिबीको लघुक्षेत्र अनुमान २०२३’ अनुसार, प्रदेशका १२ जिल्लामध्ये बर्दियामा सबैभन्दा बढी ३९ दशमलव ९७ प्रतिशत र रुपन्देहीमा सबैभन्दा कम १५ दशमलव १५ प्रतिशत गरिबी रहेको छ। कार्यालयले नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रममा अपाङ्गता र घरपरिवारको गरिबीसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार, कपिलवस्तुमा ३९ दशमलव २४, रोल्पामा ३८ दशमलव ०९, प्युठानमा ३५ दशमलव २४, रुकुमपूर्वमा ३१ दशमलव ९९ र बाँकेमा २६ दशमलव ९२ प्रतिशत गरिबी रहेको छ। त्यसैगरी दाङमा २२ दशमलव ३७, अर्घाखाँचीमा २०…

Read More

भैरहवा, १६ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिको अधिवेशनले सभापतिमा पुरन प्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार, सचिवमा प्रेम प्रसाद पौडेल र १८ जना सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका छन् । सहसचिवमा पदमा बिहीवार मतदान भएकोमा (महिलातर्फ) अस्मिता सुवेदी शर्मा ३६४ मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनको प्रतिस्पर्धी पल्लवी न्यौपानेले ३३३ मत प्राप्त गरेका छिन्। त्यस्तै सहसचिव (खुल्लातर्फ) मा घनश्याम यादव ३९५ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनको प्रतिस्पर्धी कुलप्रसाद न्यौपानेले ३०५ मत प्राप्त गरेका छन् । कार्यसमितको अन्य पदमा सदस्यहरुबाट मनोनित हुनेछन् । त्यस्तै…

Read More

भैरहवा, १६ असोज। रुपन्देहीको भैरहवामा एक किलो सुनसहित एक जनालाई महिलालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका–१९ को ४६ वर्षीया ईला पटेल रहेको प्रहरीले जनाएको छ। विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीका डीएसपी गोपीकृष्ण भट्टराईको टोली र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा भारतबाट आएकी पटेललाई चेकजाँचको क्रममा सुनका गरगहनासहित पक्राउ गरेको हो। सशस्त्रका डीएसपी भट्टराईका अनुसार, नियन्त्रणमा लिइएको पटेलको साथबाट २ किलो ६०५ ग्राम विभिन्न किसिमका सुन जस्तो देखिने पहेलो पदार्थबाट बनाईएका गरगहना बरामद भएका थियो। बरामद गरगहनाको परिक्षणको गर्दा उक्त परिमाणमध्ये दुई करोड ५१ लाख बढी…

Read More

काठमाडौं,१६ असोज । ओमानमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ को आगामी शृंखलाका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। घोषित टोलीमा ओपनर ब्याटर कुशल भुर्तेल र तीव्र गतिका बलर सोमपाल कामी भने समावेश छैनन्। यसैबीच नन्दन यादवले एकदिवसीय टोलीमा पुनरागमन गरेका छन्। साहब आलम र शेर मल्लले टोलीमा स्थान बनाएका छन्। लिग–२ अन्तर्गतको उक्त शृंखला असोज २१ देखि ओमानमा सुरु हुनेछ। यस्तो छ १५ सदस्यीय टिम सन्दीप लामिछाने (कप्तान), आसिफ शेख , दिपेन्द्र सिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, वसिर अहमद, करण केसी, नन्दन यादव, ललित…

Read More

काठमाडौं,१६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। अध्यक्ष पद रिक्त भएपछि भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) अनुसार मन्त्रालयले आवेदन आह्वान गरेको थियो। आवेदन दिएका उम्मेदवारमध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरी प्रक्रिया अघि बढाइएको थियो। अन्तर्वार्तामा सहभागी सबै उम्मेदवारको मूल्याङ्कनपछि विज्ञ टोलीले अध्यक्ष पदका लागि सिग्देलको नाम सिफारिस गरेको थियो। विज्ञ टोलीको सिफारिसका आधारमा उनलाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौं, १६ असोज । प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन शाहको सचिवालयमा नियुक्त भएका २५ जना कर्मचारी तथा सल्लाहकारहरुको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको कार्यालयका अनुसार, तीनजनालाई मन्त्रीसरह र दुईजनालाई राज्यमन्त्रीसरहको सेवासुविधा पाउने गरी नियुक्त गरिएको छ। अवैतानिक मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र प्रा.डा. जगदिश प्रसाद अग्रवाललाई मन्त्रीसरहको सेवासुविधा दिइएको छ। नीति,प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरहको सेवासुविधा पाएका छन्। प्रमुख स्वकीय सचिव सुवाष शर्माले राजपत्रांकित विशिष्ट श्रेणीसरहको सेवासुविधा पाएका छन्। यसैगरी स्वकीय सचिव नवीन भण्डारी, स्वकीय सहसचिव (विकास परियोजना) संजीव पाण्डे, स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) दिपा…

Read More