


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,३१ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुशी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ। उनीहरुले बैंकमा निक्षेप संकलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिस्टरमा नराखेको, बैंक दाखिला नगरी आफूखुशी बाँडफाँड गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ। उनीहरुले पाँच करोड ३५ लाख ६४ हजार दुई…
काठमाडौं,३१बैशाख। मुलुकमा आर्थिक अपराधको ग्राफ बढ्दै गएपछि अनुसन्धानका लागि नेपाल प्रहरीमा आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ गठन गरिएको छ। प्रहरी प्रधान कार्यालयले १७ वैशाखदेखि आर्थिकसम्बन्धी अपराधको अनुसन्धानका लागि उक्त इकाइ गठन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले बताए। उनका अनुसार इकाइको कमाण्ड एसएसपी होबिन्द्र बोगटीले गरेका छन्। इकाइमा अहिले एसएसपीसहित १९ जना कार्यरत छन्। गृहमन्त्रालयबाट स्वीकृत भइसकेकाले छुट्टै इकाइ गठन गरेर काम सुरु गरिएको उनले बताए । यसको संरचना र दरबन्दीलगायतका बारेमा भने ओएमएन्ड हुन बाँकी नै छ। त्यसपछि मात्रै कसको नेतृत्वमा कतिजना प्रहरी रहने भन्ने यकिन टुंगो लाग्ने बताइएको छ। उक्त इकाइलाई सीआईबीकै मातहत राखिएको…
काठमाडौं,३१ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। चारदिने मध्यपूर्व भ्रमणको क्रममा साउदी अरेबियामा पुगेका ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेको समाचार संस्था सीएनएनले जनाएको छ गत वर्ष सिरियामा बसर अल–असदको सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको ट्रम्पले बताएका छन्। डिसेम्बर महिनामा सिरियाको राष्ट्रपति रहेका उनले असद परिवारको सत्तालाई बर्खास्त गर्दै शासन हातमा लिएका थिए । इजरायलले भने असद सत्ता ढलेपछि पनि सिरियामा लगातार आक्रमण गरिरहेको छ। राष्ट्रपति ट्रम्पले वर्षौँदेखि सिरियामा धेरैको ज्यान अकालमा गएको बताउँदै असद परिवार हटेपछि सम्बन्ध सुमधुर बनाउन प्रयास आवश्यक रहेको बताए। ‘त्यस समयमा प्रतिबन्ध आवश्यक थियो। तर,…
काठमाडौं, ३१ वैशाख। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ। उक्त अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको बताइएको छ।
काठमाडौं,३१ बैशाख। नेपाल स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ। बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेपनि चाँदीको भाउ भने घटेको छ। आज प्रतितोला चाँदीको मूल्य १९ सय ६० कायम भएको छ। मंगलबार एक तोला चाँदी १९ सय ७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
पोखरा,३१जेठ। कास्की प्रहरीले यौन व्यवसाय सञ्चालनको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ रहेको प्रहरीले जनाएको छ। रेष्टुरेन्टबाट प्रहरीले पाँच जना महिलाको उद्धार समेत गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी हरि बस्नेतले बताए । उनका अनुसार पक्राउ परेकाहरु विरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन सम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
भैरहवा,३०बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ। पालिकाका युवा लक्षित वर्गलाई सरकारी सेवामा आर्कषण र मानव संशाधनको विकास गर्ने उद्देश्यले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। कक्षामा लोकसेवा सम्बन्धी सामन्य ज्ञान, बौद्धिक परिक्षण, लेखन तथा सेवाका विषयहरुमा प्रशिक्षण दिइने सिद्धार्थनगर नगरपालिका कार्यालयका समाजिक विकास शाखा अधिकृत लक्ष्मण गिरीले जानकारी दिए। उनका अनुसार नायब सुब्बा (नासु) पदको तयारीका लागि ३० दिनसम्म सञ्चालन हुने कक्षामा ६० जना सहभागी छन्। शिक्षा हासिल गरेका तर आर्थिक लगायत कारण लोकसेवा तयारी कक्षामा सहभागी हुन नसकेका नगरबासीहरुका लागि तयारी कक्षा फलदायी देखिएको छ। पालिकाले गत वर्ष संचालन गरेको…
भैरहवा,३०बैशाख। रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधईमा दोस्रो रोहिणी सांस्कृतिक मेला महोत्सव हुने भएको छ। सामाजिक कार्यमा अग्रसर रहेको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीको आयोजनामा जेठ १ गते देखि जेठ १५गतेसम्म महोत्सव हुने भएको हो। न्यू एम के साउण्ड सिस्टमको व्यवस्थापनमा हुने महोत्सवमा नेपाल र भारतका कलाकारको प्रस्तुति रहने आयोजित पत्रकार सम्मेलनमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष इमरान खानले जानकारी दिए। उनका अनुसार १५ दिनसम्म आयोजना हुने महोत्सव साँझ पाँच बजेदेखि राति साढे दश बजेसम्म संचालन हुनेछ। उनले महोत्सवमा नेपाली कलाकार प्रिति पासवन, ज्योती मगर, दुर्गेश थापाका साथै भारतीय कलाकार धडकन धनन्जय लगायत विनिता शाही डान्स ग्रुपको प्रस्तुती रहने बताए। उनले…
भैरहवा,३० बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट सुन्दर बनाउन सकिने बताएका छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ स्थित ‘द आर्ट अफ लिभिङ’आश्रमको मंगलबार उद्घाटन गर्दै उनले लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्र बनाउन सहकार्यलाई निरन्तरता दिइने बताए। ज्ञान र साधनाको माध्यमबाट समाजलाई परिवर्तन गर्ने, समाजलाई सत्मार्गमा लैजाने अभियान हो उनले भने-‘जुन लक्ष्य र उद्देश्य राखेर यो अभियान थाल्नुभएको छ, त्यसको पूर्ण सफलताको कामना गर्दछु।’ उनले समाजमा आध्यात्मिक चेतना, मानसिक स्वास्थ्य र सामाजिक सद्भाव विस्तारका लागि यस्ता अभियानहरु उपलब्धिपूर्ण हुने धारणा राखे। ‘समाजलाई परिवर्तन गर्न, सत्मार्गमा डोर्याउन यस्ता अभियानहरुले महत्त्वपूर्ण भूमिका खेल्नेछन्। हाम्रो जीवन के हो?…
भैरहवा, ३० बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरेर उनले पार्टीको उपाध्यक्ष पदबाट साथै साधरण सदस्य समेत नरहने गरी परित्याग गरेको घोषणा गरेका हुन्। उनीसँगै राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ उपाध्यक्षका डा.अमित चर्तुवेदी र राष्ट्रिय प्रजातन्त्र महिला संगठनको जिल्ला सल्लाहकार विनिता गुप्ताले पनि पार्टी परित्यागको घोषणा गरेका छन्। राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गइरहेको अवस्थामा नेतृत्वकर्ता समेतले जनताको गुनासो सम्बोधन गर्न नसकेको उपाध्यक्ष गुप्ताको भनाई छ । उनले कुनै पार्टीको सिद्धान्त, अभियान नराम्रो नभएको भन्दै पार्टीको नेतृत्वकर्ताको कार्यक्षमता राम्रो नभएकोले जनताको निराशा बढेको बताए । ‘पार्टी अध्यक्ष राजेन्द्र…