Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२६ बैशाख। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा र अमेरिकाका राजदूत डिन आर.थोम्पसनबीच भेटवार्ता भएको छ ।उनीहरुबीच प्रहरी प्रधान कार्यालय नक्सालमा शिष्टाचार भेटवार्ता भएको हो । भेटको क्रममा दुवै पक्षबीच आपसी सहयोग, द्विपक्षीय सम्बन्ध विस्तार तथा अपराध नियन्त्रणमा सहकार्यका विषयमा विचारविमर्श भएको बताइएको छ । नेपाल प्रहरी र अमेरिकी दूतावासबीच लामो समयदेखि विभिन्न तालिम, प्रविधि तथा क्षमता अभिवृद्धिसम्बन्धी सहकार्य हुँदै आएको छ।

Read More

जनकपुरधाम,२६ बैशाख। प्रहरीले अनलाइन ठगीको आरोपमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ पार्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नीतेशकुमार साह, गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, सोही स्थानका २१ सुधीरकुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही स्थानका २० वर्षीय रामकुमार महरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुण सिंहका अनुसार पक्राउ परेका व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर र ठगी गर्ने गरेका थिए। उनले अनलाइनको दुरुपयोग गरी उनीहरुले दुई करोड ६३ लाख ९३ हजार १९१ रुपैयाँ ठगी गरेको उनले बताए।…

Read More

काठमाडौं,२६बैशाख। वर्षाका कारण नेपाल र हङकङबीचको क्रिकेट खेल रद्द भएको छ। आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन। आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन्। क्वालिफायरमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन्। आजै भएको समूह ‘ए’ को खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हराएको छ। नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ। समूह ‘ए’मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन्। समुह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ।…

Read More

काठमाडौं,२६ बैशाख। प्रहरीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–२ का ४२ वर्षीय रामकृष्ण अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेटौँडा–१५, रातोमाटेबाट पक्राउ परेका अधिकारीको साथबाट नेपाली ५०० दरका १८६ थान नक्कली नोट बरामद भएको छ। महोत्तरीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा३३प ९९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्ने क्रममा नक्कली नोट बरामद भएको हो । जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद लिएर घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकावनपुरले जनाएको छ ।

Read More

भैरहवा,२६बैशाख। शुक्रवार नेपालको स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य बढेको छ। चाँदी ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

भैरहवा, २६बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थित स्वर्गद्धारी घाटमा रहेको विद्युतीय शवदाहगृहको जिर्णोउद्धारको काम तिव्र पारिएको छ। शवदाहगृहमा जडित मेसिनरी उपकरणमा समस्या उत्पन्न भएपछि विद्युतीय माध्यमबाट शवको अन्त्येष्टि गर्न समस्या भएको थियो। उक्त समस्या निराकरण गर्न पालिकाले गत शुक्रवार मर्मत सम्भारका लागि युरोटेक नेपाल प्रालि नामक कम्पन्नीसगं सम्झौता गरेको छ। सम्झौता पश्चात मर्मत सम्भारको कार्य सुरु भएकोले छिट्टै शवदाहगृह सचांलनमा आउने सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए। उनले गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन।

Read More

काठमाडौ,२५ बैशाख। राजसंस्था ल्याउनका लागि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन्। उनले नै आन्दोलनको नेतृत्व लिने भएका छन्। उनले आन्दोलन भने शान्तिपूर्ण हुने भन्दै भद्र अवज्ञा र सत्याग्रह पनि बताए। निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रुपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य उद्देश्य रहेको पनि उनले बताए।

Read More

काठमाडौं,२५बैशाख । प्रहरीले हुण्डी कारोबारको आरोपमा ४० लाख बढी रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत कोलकाता–६ डिनाथ रोड यादवपुरका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिकाका ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। गएराति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५०० रकमसहित उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जनाए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

भैरहवा,२५बैशाख। अवैध रुपमा माटो उत्खनन् गर्दै गरेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर नगरपालिका-११ पिपरहियामा अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा भ्याकु लोडर र ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको उक्त सवारी साधनलाई सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा पठाइएको र कार्यालयले ६५ हजार रुपैयाँ जरिवाना कारवाही गरेको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा, २५ वैशाख। पक्लिहवा कृषि क्याम्पसको युवा रेडक्रस सर्कलले रक्तदान कार्यक्रम गरेको छ। विश्व रेडक्रस दिवसको अवसरमा रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा सर्कलले पक्लिहवा क्याम्पसमा गरेको रक्तदान कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति एवं युवा समाजसेवी सुशील गुरुङ्गले रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर बिरामीको ज्यान जोगाउन महत्वपूर्ण र पवित्र कार्य गर्दै आएको बताए। कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक जन्मजय गैरे, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री टेक बहादुर थापा, रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको अध्यक्ष तथा जिल्ला सदस्य राकेश गुरुङ्ग, नयाँगाउँ रानीगाउँ गाउँ समाजका अध्यक्ष याम बहादुर…

Read More