Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौँ,२९असार। सरकारी कार्यालयहरुले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै निर्देशन दिएको छ। गत शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले यस सम्बन्धि मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । अहिले सरकारी निकायले गर्ने यस्ता भुक्तानीहरू बैंकिङ च्यानलबाट गर्नुपर्ने व्यवस्था रहे पनि विद्युतीय भुक्तानी अनिवार्य थिएन । त्यसैले अन्तिम समयमा आर्थिक वर्षको अन्तिममा ‘ब्याक डेट’को चेक काट्ने चलन थियो । यो व्यवस्था लागु भएसँगै यो प्रवृत्ति समेत रोकिनेछ ।

Read More

भैरहवा,२९ असार। रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनमा उम्मेदवारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ। आईतबार बिहान बसेको जिल्ला कार्यसमितिको कार्यसम्पादन समितिको बैठकले आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि जिल्ला अध्यक्षसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको राप्रपाका केन्द्रिय सदस्य बसन्त विक्रम शाहीले बताए। उनका अनुसार राप्रपाबाट उम्मेदवारका लागि रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, सिद्धार्थनगर नगरपालिका सदस्य गौरव बोहरा, प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता एंव अधिवक्ता दिलिप कुमार मल्लिकको नाम सिफारिस गरिएको छ। ‘बैठकले एक नम्बर,…

Read More

काठमाडौं,२९असार। नेपाललाई ७ करोड रुपैयाँ बराबरको क्यान्सर उपचारसम्बन्धी अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री प्राप्त भएको छ। अमेरिकास्थित ‘डाइरेक्ट रिलिफ’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग र ‘वान हार्ट वल्र्डवाइड’ को समन्वयमा यी सामग्री नेपाल ल्याइएका हुन्। असार २७ गते शुक्रबार नेपाल आइपुगेका यी औषधि तथा स्वास्थ्य सामग्रीहरु आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरिएको छ। डाइरेक्ट रिलिफ ले स्तन, छाला तथा विभिन्न प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका दुर्लभ र महँगा औषधिहरु आगामी ५ वर्षसम्म नेपाललाई आवश्यकताअनुसार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भण्डारण गरेका यी सामग्रीहरु औपचारिक हस्तान्तरण लगत्तै चारवटा प्रमुख क्यान्सर अस्पतालहरु बीपी कोइराला मेमोरियल…

Read More

काठमाडौं,२९असार। भारतको तेलुगुका वरिष्ठ अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ। लामो समयदेखि विरामीपरेपछि उनको ८३ वर्षको उमेरमा निधन भएको हो। चार दशकभन्दा बढीको करियरमा ७५० भन्दा बढी फिल्महरु बनाएका राव उद्योगका सम्मानित अभिनेताहरुमध्ये एक थिए। श्रीनिवास रावले विभिन्न भाषाका चलचित्रमा काम गरेका छन्। तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र अन्य नेताहरुले श्रीनिवास रावको निधनमा शोक व्यक्त गरेका छन्। पद्मश्री पुरस्कार विजेता श्रीनिवास राव विजयवाडा पूर्वी विधानसभा क्षेत्रबाट विधायक समेत भएका थिए। सन्, १९४२ जुलाई १० मा आन्ध्र प्रदेशको कान्कीपाडु गाउँमा जन्मिएका राव सुरुमा डाक्टर…

Read More

काठमाडौं,२९असार। रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले उम्मेदवारको घोषणा गरेको छ। राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन पछि अगामी कार्तिक १७ रुपन्देही-३ मा उपनिर्वाचन हुन लागेको छ। जसका लागि राजनीतिक दलहरु उम्मेदवार छनौट कार्यमा लागेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीका अनुसार उपनिर्वाचनका लागि पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

Read More

भैरहवा,२६असार। रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनका लागि भैरहवाका उद्योगी अजय कुमार गुप्ताले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारीको घोषणा गरेका छन्। रुपन्देहीको ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहाराको निधन पश्चात निर्वाचन आयोगले अगामी कार्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ । सिद्धार्थनगर नगरपालिका–३ का गुप्ताले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आफु रैथाने युवा भएकोले क्षेत्रको विकासका लागि आफुले उम्मेदवारी दिने बताए। ‘अबको नेतृत्व रैथाने युवाको’ भन्ने नारासहित अघि बढेको बताउँदै उनले भैरहवामै जन्मिएर हुर्केको र यही माटोसँगको माया उम्मेदवारीको प्रेरणा भएको उल्लेख गरे। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुमा राजनीतिक बेवास्ता दोषी रहेको उनको भनाई छ। पर्यटन, कृषि, उद्योग, शिक्षा, रोजगार…

Read More

भैरहवा,२६ असार। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको छ। नगर प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उप प्रमुख उमा अधिकारिले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/०८३ को बजेट पारित भएको हो। पालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब ३६ करोड ६५ लाखको अनुमानित बजेट ल्याएको छ। जसमध्ये ४४ दशमलव ४ प्रतिशत चालू तर्फ र ५५ दशमलव ६ प्रतिशत पूँजीगत तर्फ बिनियोजन गरिएको छ। अगामी वर्षमा महात्मा गौतमबुद्व कप संचालनमा ल्याउनका लागि समेत बजेट छुट्ट्याइएको छ। नगर प्रमुख खाँले बिगत देखि हुँदै आएको मेयर कपको नाम परिवर्तन…

Read More

काठमाडौं, २६ असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन क्षेत्रभित्र खादा, माला तथा कुनै संस्था वा समूहको परिचय खुल्ने पोसाक र सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यो निर्णयबारे जानकारी गराएको हो। सूचनामा उल्लेख गरिएअनुसार, अध्यागमन क्षेत्र सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील हुने हुँदा यस्ता सामग्रीको प्रयोगले प्रक्रियामा ढिलाइ गराउनुका साथै सुरक्षा जोखिम बढाउने सम्भावना रहेको छ। नयाँ नियमअनुसार, अब सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूले खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाउने छैनन्। यसका अतिरिक्त, कुनै संस्थाको नाम झल्काउने टोपी, ब्याच, पोसाक वा अन्य पहिचानजन्य सामग्री पनि निषेध गरिएको छ। अध्यागमन…

Read More

काठमाडौं, २६ असार। जल तथा मौसम विज्ञान विभागले गत मंगलबार रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढी हिमताल विस्फोटका कारण भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले सेन्टिनेल उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ। विभागका बाढीविद् विनोद पराजुलीले सुप्राग्लेशियल ताल (हिमनदीको सतहमा बन्ने ताल) फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिएका छन्। पराजुलीका अनुसार, रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) मा ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा एउटा सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ, उनले भने, उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग…

Read More

काठमाडौं,२६असार। नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले ‘श्रम तथा उत्पादन अभियान’ सञ्चालन गर्ने भएको छ। केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आगामी साउन १ गतेदेखि दुईमहिनसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अभियानको उद्घाटन गर्ने वाइसिएलले जनाएको छ। बैठकमा इन्चार्ज रामप्रसाद सापकोटाले सङ्गठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियानलाई सफल पार्न आग्रह गरे। वाइसिएलले विपद् व्यवस्थापनमा सक्रिय रुपमा खटिने गरी विपद् व्यवस्थापन समूह समेत गठन गरेको छ। यस्तै वैदेशिक रोजगारमा हुने ठगी, सरकारी कार्यालय तथा निर्माण परियोजनामा हुने ढिला सुस्तीलगायत विरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको…

Read More