


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२४बैशाख।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत पश्चिम नवलपरासीको कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई अख्तियारले घुस सहित पक्राउ गरेको स्रोतले बतायो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको प्रमुख विनिता भट्टराईले अदालतको कर्मचारीलाई घुस सहित पक्राउ गरिएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताईन्। अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरबाट घुससहित नियन्त्रणमा लिएको हो।
भैरहवा,२४ बैशाख। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित विमान संचालनका माग गर्दै स्थानीयहरुले विमानस्थलको प्रवेशद्वारमा धर्ना र प्रर्दशन गरेका छन् । उद्योग ब्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्शं)को नेतृत्वमा बुधवार विभिन्न संघसंस्थाले विमानस्थलबाट नियमित विमान संचालनको माग गर्दै धर्ना र प्रर्दशन गरेका हुन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि यस क्षेत्रमा अर्बौ लगानी भइसकेको छ । तर, विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने जोखिममा छ। विमानस्थलबाट नियमित उडानका लागि सरकारको नेतृत्व तहमा ज्ञापन बुझाउँदा समेत सुनुवाई नभएपछि धर्ना र प्रर्दशन गरिएको उद्योग–व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए। ‘हामीले आफ्नो स्तरबाट अधिक पहल गर्दै आएका छौं, नियमित उडानका लागि राजनीतिक दलका…
काठमाडौं,२४बैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजागरी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन। बुधवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेस र जापान इन्टरनेशनल लेबर फाउन्डेसनको संयुक्त आयोजनाका आयोजित औधोगिक सम्बन्ध र श्रम नीति सम्बन्धी सेमिनारमा बोल्दै उनले रोजगारीलाई सीपसँग जोडन सके देश भित्र पनि थुप्रै रोजगारहरु सृजना गर्न सकिने दाबी गरे। बजारको माग अनुसार सीपयुक्त जनशक्ति नभएमा रोजगारीसँग जोड नसकिने बताए। उनले भने, ‘बजारको माग अनुसार सीपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने ? रोजगारको लागि मुख्य विषयलाई सीपयुक्त श्रमशक्ति हो।’ मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्याहरु एक अर्कामाथि…
दाङ,२४बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास मोडेलमा परिवर्तन ल्याउनेगरी प्रदेश सरकारले नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन्। नव प्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहबाट प्रस्तावित परियोजना कार्यक्रम सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण एवं पूर्ण प्रस्ताव लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई बुधबार लमहीमा सम्बोधन गर्दै उनले विकास मोडेललाई नव प्रवर्तनको क्षेत्रमा अनिवार्य रुपमा जोड्न जरुरी रहेको बताए। ‘विकास भनेको भौतिक पूर्वाधार मात्रै हो। बाटो, पुल मात्रै हुन भन्ने बुझाइ नै गलत भयो। अब मानवीय विकास र स्थानीय उत्पादन बढाउनेगरी लगानी केन्द्रित गर्न जरुरी छ’, उनले भने,‘विकास मोडेललाई परिवर्तन नगरेसम्म आधारभूत तहका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकिँदैन। यसमा हामी सबै गम्भीर…
काठमाडौं,२४बैशाख। नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारत पाकिस्तानबीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको हो। बुधबार सिंहदवारमा गृहमन्त्री रमेश लेखको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो। गृहमन्त्री लेखकले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए। भारत-पाकिस्तान तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने विषयमा छलफल भएको बताए। ‘सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन मन्त्रीज्युले निर्देशन दिनुभएको छ’, उनले भने। भारतले बुधवार बिहान पाकिस्तानमाथि हवाई…
दाङ,२४बैशाख। लुम्बिनी प्रदेश सरकारले आगामी वैशाख ३१ गते छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए। गत फागुन ७ गते पाँचौं अधिवेशन अन्त्य गरिएको थियो ।
मकवानपुर,२३ बैशाख। मकवानपुर प्रहरीले ३० किलो लागुऔषध गाँजासहित महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–८ खुरखुरेकी ३० वर्षीया लालमाया तामाङ रहेको प्रहरीले जनाएको छ । हेटौंडा–१० बसपार्कमा लागुऔषध गाँजा ओसारप्रसार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र.०३–०१ ज ९७४ नम्बरको गाडीमा चेकजाँद गर्दा तामाङको साथबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बरामद गाँजा जेब्रा झोलाभित्र लुकाएर राखिएको तीन वटा पोकामा थियो ।
भैरहवा,२३ बैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पालिका क्षेत्रलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको हो । घोषणासँगै तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भएर बस्नु नपर्ने भएको छ । नगरपालिकाले मुलुकमै विभिन्न उदाहरणीय कार्य गर्दै अब्बल देखिदै आएको छ । तिलोत्तमा नगरपालिका क्षेत्रको सडकमा कोही मानव आश्रित हुन नपरोस् भन्ने उद्देश्यले पालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको पालिकाका सूचना अधिकारी गंगाराम आचार्यले जानकारी दिए। जसका लागि पालिका र मानवसेवा आश्रमबीच मंगलबार घोषणापत्र आदानप्रदान गरिएको छ । ‘घोषणासँगै पालिकाको सडक क्षेत्रमा कोही पनि मानव आश्रित छैनन् र…
लुम्बिनी, २३ बैशाख। बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिने उद्देश्यका साथ नेपाल शान्ति सम्मेलन गरिएको छ। भियतनामका बरिष्ठ बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ) को सक्रियतामा नेपालबाट विश्वले शान्तिको शिक्षा लिनुपर्ने सन्देश सहित शान्ति सम्मेलन गरिएको हो। थाई ह्यून डिउ पिस फाउण्डेशनको आयोजनामा विश्वका विभिन्न देशहरुमा भइरहेको युद्ध अन्त्यको कामना गर्दै मेलमिलाप दया र करुणाबाटै समस्याको समाधान खोज्न आग्रह गरिएको छ। बुद्धिष्ट गुरुहरुसँगै हिन्दु, मुस्लिम र क्रिश्चियन धर्मका प्रतिनिधिहरुविच समेत सम्मेलनमा विश्व शान्तिका लागि छलफल गरिएको छ। सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरण राज्यमन्त्री रुपा विकले शान्तिको अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा गरिएको सम्मेलन मार्फत विश्वमा शान्ति, सदभाव र…
काठमाडौं,२३बैशाख । अर्थमन्त्री विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटवार्ता भएको हो। भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको बताईएको छ।