Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

कपिलवस्तु, २६ कार्तिक । गोरुसिंगे–सन्धिखर्क सडकखण्डमा दैनिक ६ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रअन्तर्गत ठाडादेखि घुम्तीसम्मको सडक भागमा मर्मत तथा स्तरोन्नतिको काम तीव्र गतिमा सञ्चालन गर्नका लागि सो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। सर्वपक्षीय बैठकको निर्णयअनुसार कार्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ। यो अवधिमा बीचबीचमा केही समयका लागि सडक खुला गरिने पनि प्रशासनले जनाएको छ। पूर्वपश्चिम राजमार्गको गोरुसिंगेदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कसम्मको सडक ६८ किलोमिटर लामो छ । जसको चौडाइ केही स्थानमा सात मिटर र केही स्थानमा पाँच मिटर मात्र रहेको छ। शितगंगा…

Read More

काठमाडौं,२६ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ। विप्लवले विज्ञप्ति जारी गर्दै माओवादी र एकीकृत समाजवादीबीच एकता भएपछि औचत्य सकिएको भन्दै आफूहरु अलग भएको घोषणा गरेका हुन् । २०८० सालमा नेपालका चार पार्टी सहभागी भएर समाजवादी मोर्चा निर्माण भएको थियो। राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ मोर्चा गठन भएको र केही महत्वपूर्ण कार्यक्रम गरेको विप्लवले बताएका छन्।

Read More

काठमाडौं,२६ कार्तिक। नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा.भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँगको छलफलपछि रावल नेतृत्वको अभियान नेकपामा मिसिने निश्कर्षमा पुगेको हो। नेकपाका नेता प्रकाश ज्वालाका अनुसार बुधवार रावल र एमालेका केन्द्रीय सदस्य प्रकाश शाह लगायतलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम छ। राष्ट्रिय सभागृहमा आयोजना गरिएको ‘बृहत् पार्टी समायोजन कार्यक्रम’मा प्रचण्ड, नेपल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेले पार्टीबाट निस्कासन गरेको थियो। रावललाई नेकपामा छैटौं बरियता दिने सहमति भएको छ। ६ महिनाभित्र एकता महाधिवेशन…

Read More

काठमाडौं,२६ कार्तिक। जेनजी आन्दोलनमा भएको क्षतिका कारण बन्द हुन पुगेको काठमाडौंको पाँचचार होटल हयात रेजेन्सीले कर्मचारी कटौती गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाउँदै मंसिर २२ गतेदेखि लागु हुने गरी १३३ जना कर्मचारी कटौती गर्ने निर्णय भएको जनाएको छ। होटलको मानव संसाधन विभागका महाप्रबन्धक आशिष कुमारले जारी गरेको सूचना अनुसार ‘होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नुपर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने…

Read More

काठमाडौं,२६ कार्तिक। भारतको बलिउड अभिनेता धर्मेन्द्र (धरम सिंह देवल) उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भन् अभिनेता गोविन्दा गोविन्द अरुन अहुजाको स्वास्थ्य अचानक बिग्रिएपछि मुम्बइस्थित क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ। धर्मेन्द्रलाई श्वासप्रश्वास र निमोनियाका कारण करिब तीन हप्ताअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारपछि घर फर्किएका छन्। यसअघि मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले मिडियामा उनको मृत्युुको बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गरेका थिए। धर्मेन्द्रकी श्रीमती, अभिनेत्री तथा सांसद हेमा मालिनीले इन्स्टाग्राममा लेखेकी थिइन् , ‘जे भइरहेको छ त्यो अक्षम्य छ जिम्मेवार च्यानलहरुले उपचारमा प्रतिक्रिया दिइरहेको र निको भइरहेको व्यक्तिको बारेमा कसरी गलत समाचार फैलाउन…

Read More

काठमाडौंं, २५ कार्तिक। जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबा उर्फ भरत लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंले हाडनाता करणी मुद्दामा २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेपश्चात सजाए भुक्तानका लागि उनलाई कारागार चलान गरिएको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी छ । भदौ २४ गते कारागारबाट फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ परेका लामिछानेलाई नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।

Read More

बुटवल, २५ कार्तिक। लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए । हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन्। त्यस्तै दलित…

Read More

काठमाडौं, २५ कार्तिक। जेन–जी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै उनले जेन–जी मुभमेन्टले बर्खास्तीको माग गरिएको हो । जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले जारी गरेको विज्ञप्तीमा ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सानी हुनेगरी गैरकानूनी विद्युत खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनता माथि खुलेआम प्रहार गरिएको उल्लेख छ । यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको…

Read More

पर्वत, २५ कार्तिक । पर्वतमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मोदी गाउँपालिका–६ दराकका ५१ वर्षीय जित बहादुर विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विजय यादवका अनुसार बलात्कार मुद्दामा जिल्ला कारागारबाट सोमबार निस्किएका जितबहादुरले राति ५२ वर्षीया सीता बिकलाई कुटपिट गरी सिरक ओढाएर घरमा राखेका थिए । घटनाबारे जानकारी प्राप्तपछि प्रहरीले अचेत अवस्थामा रहेकी सीताको उपचारका लागि अस्पताल पठाएको र जितबहादुरलाई नियन्त्रणमा लिएको थियो । प्रदेश अस्पताल पर्वतमा उपचारको क्रमममा मंगलबार बिहान सीताको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Read More

काठमाडौं,२५ कार्तिक। नेपालको स्थानीय बजारमा सुनको मूल्य एकैदिन ४ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार २९ सयले बढेर प्रतितोला सुन २ लाख ४१ हजार ५०० मा खरिदबिक्री भएको थियो। सुनसँगै चाँदीको भाउ पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला३ हजार १७० रुपैयाँ कायम भएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Read More