Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२२ बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले करारमा पदपूर्तिका लागि आह्वान गरेको परिक्षा स्थगित गरेको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै विशेष कारणबस परिक्षा स्थगित भएको जनाएको छ । पालिकाले सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र प्राविधिक सहायक पदमा करारमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । गत बैशाख १६ गते पालिकाले प्राविधिक सहयाक पदको पदपूर्ति प्रक्रिया स्थागित गरिसकेको छ । बैशाख २३ गते सहायक कम्प्युटर अपरेटर र बैशाख २५ गते कार्यालय सहयोगी पदका लागि लिखित परिक्षाको समय तालिका तोकिएको थियो । नगरपालिकाको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ–‘उक्त पदहरुमा विशेष कारणबस हाललाई लिखित परिक्षाको सबै कार्यक्रमहरु अर्को सूचना…

Read More

काठमाडौं,२१ बैशाख। प्रहरीले स्रोत नखुलेको ९५ लाख बढी रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरुको साथबाट स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँ बरामद भएको छ। काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडि सडकमा मोटरसाइकलमा शंकास्पद अवस्थामा आएका उनीहरुको झोला खानतलासी गर्दा स्रोत खुल्न नसकेको उक्त रकम बरामद भएको परिसरका सूचना अधिकारी एवं प्रहरी…

Read More

काठमाडौं,२१ बैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि आवश्यक सीप हुनुपर्ने बताएका छन्। काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघको ३० औं स्थापना विदसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा रोजगारका लागि आवश्यक सीप भए रोजगारीका थुप्रै अवसरहरु उपलब्ध हुने बताए। उनले भने, देशभित्र पनि सीपयुक्त कामदारका धेरै माग छन्। स्थानीयसँग सीप नहुँदा बाहिरबाट आएका श्रमिकहरु नेपालमा काम गरी रहेका छन्। तर, हाम्रा युवाहरु थोरै सेवा सुविधामा विदेशी जाने गरेका छन्।’ देश भित्रका विभिन्न क्षेत्रमा रोजगारीको अवसरहरुको खोजी भईरहेको बताउँदै आवश्यक तालिम र सीप दिएर उनीहरुलाई रोजगारसँग जोडनु पर्ने उनले बताए। उनले भने, ‘देश भित्रका परम्परागत…

Read More

भैरहवा,२१ बैशाख। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले एउटा गभर्नर नियुक्ति गर्न नसक्ने सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन्। पार्टीले आइतबार रुपन्देहीको महजिदियामा आयोजना गरेको भ्रष्टाचारको बिरुद्धको खबरदारी भेलालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई तिहाईको शक्तिशाली सरकार आफ्नै भारी बोक्न नसकेर ढल्न लागेको बताए। ‘राष्ट्र बैंकको गभर्नर खाली भएको महिनौ बितेको छ। तर सरकारमै रहेका बीचमा किचलो छ। दुई तिहाईको शक्तिशाली सरकारले एउटा गभर्नर नियुक्ति गर्न सकेको छैन्’,पूर्वमन्त्री समेत रहेका साहले भने, ‘दुई तिहाईको शक्तिशाली केपी शर्मा ओली नेतृत्वको सरकार धर्मराएको छ । यो सरकार आफ्नै भारी बोक्न नसकेर गलेर ढल्दैछ ।’ कांग्रेस र…

Read More

काठमाडौं,२१बैशाख। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गर्दै आइतबार सजाए निर्धारण गरेको छ। सरकारी पदमा रहदाँ रकम दुरुपयोग गरी भ्रष्टाचार गरेकोले दुई वर्ष कैद र बिगो बराबरको १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। भ्रष्टाचार कसुरमा दोषी ठहर भएकोले १ वर्ष ६ महिना र केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा पौडेललाई थप ६ महिना गरी २ वर्ष कैद सजाय सुनाइएको हो। त्यस्तै मुद्दाका अन्य प्रतिवादीहरु म्याक्स इन्टरनेसनल प्रालि र सीईओ अकबर…

Read More

कञ्चनपुर,२१बैशाख। कञ्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी बारीमाबाट घर फर्कने क्रममा चट्याङ लागेर २४ वर्षीया लालमती रानाको मृत्यु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले बताए। उनका अनुसार चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका छन् ।

Read More

काठमाडौं,२१बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। थपिएको म्याद सकिएसँगै आज पुनः उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको थियो। अदालतले आइतबार छैटौं पटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२१बैशाख। नेपाल प्रहरीका ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुलाई यताउता गरिएको छ। आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उनीहरुलाई यताउता गरेको हो । कर्णाली प्रदेशबाहेक ६ वटा प्रदेशमा डीआईजीहरुको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार लुम्बिनी प्रदेशमा डीआईजी राजेन्द्र प्रसाद भट्टको सरुवा गरिएको छ। त्यस्तै कोशीमा ईश्वर कार्की, मधेशमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य र सुदूरपश्चिम प्रदेशमा डम्बर बहादुर विकको सरुवा गरिएको छ । यस्तै प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ।

Read More

भैरहवा,२०बैशाख। अन्डर–१६ प्रदेशस्तरीय क्रिकेट टिम छनोटका लागि रुपन्देही जिल्लास्तरीय खेलाडी छनोट सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिबारदेखि जिल्लास्तरीय टिम छनोट सुरु भएको रुपन्देही क्रिकेट संघका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक धीरज अधिकारी क्षेत्रीले जानकारी दिए । एशियन क्रिकेट काउन्सिल (एसीसी) को कार्यक्रम अनुसार आगामी जुन २०२५ मा ‘एसीसी पुरुष यु–१६ इस्ट जोन कप २०२५’ प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितालाई मध्यनजर गरी नेपाल क्रिकेट संघले यही २०८२ जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्दैछ । त्यसका लागि प्रादेशिक क्रिकेट टिम छनोटका गर्न भैरहवामा जिल्लास्तरीय छनोट सुरु भएको हो । उनका अनुसार सार्वजनिक सूचना आह्वान पछि…

Read More

लुम्बिनी,२०बैशाख। कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको अहिलेको प्रणालीलाई सुधार गरेर लैजानुपर्ने बताएकी छन्। नेपालका संविधानले करुणासहितको न्यायको कल्पना गरेको भन्दै त्यसलाई सबैले आत्मसाथ गर्दै अघि बढ्नुपर्ने उनले बताइन्। ‘कानून र करुणा एकअर्काका विपरित होइनन्, कानूनले न्याय बुझ्नुपर्छ, करुणायुक्त न्याय आजको आवश्यकता हो, त्यसो भएन भने न्याय प्राप्ती हुन सक्दैन, उनले भनिन्, अपराधको अनुसन्धान, अभियोजनामा पनि करुणा हुनुपर्छ ।’ लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कूल अफ लले आयोजना गरेको राष्ट्रिय अभ्यास अदालत प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई शनिबार लुम्बिनीमा सम्बोधन गर्दै कामु प्रधानन्याधीश मल्लले बुद्धले प्रदान गरेको शिक्षालाई अनुशरण गर्दै करुणायुक्त न्याय परिपाटीको विकास गर्नुपर्ने बताइन्। अरुलाई पीडाबाट मुक्त गराउनु न्यायको अभिप्राय…

Read More