Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२०बैशाख। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले एयरपोर्ट (गौतमबुद्ध विमानस्थल) चलाउन नसक्ने प्रधानमन्त्रीले देश कसरी चलाउन सक्ने भन्दै प्रश्न गरेका छन्। शनिवार पार्टीद्वारा भैरहवामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई तिहाईको सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नमा असफल भएको बताए। ‘यो एयरपोर्ट नचलेका कारण व्यवसायीको पूँजी डुबिरहेको र विमानस्थललाई लक्षित गर्दै सञ्चालनमा आएका होटल र पर्यटन व्यवसाय धरासायी भएका छन्’,उनले भने,‘म प्रधानमन्त्री र अहिलेको पर्यटनमन्त्रीलाई सोध्न चाहन्छु तपाईहरुले किन एयरपोर्ट चलाउनुभएन?’ पूर्वमन्त्री समेत रहेका साहले एयरपोर्ट नचलाउने भए मर्कामा परेका व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरे । ‘व्यवसायी संकटमा छन्, पर्यटक आउँछन् भनेर पर्यटन, होटल व्यवसायीले…

Read More

कमल रायमाझीबाग्लुङ, १९ बैशाख।सिथिल परेको आर्थिक क्षेत्रलाई चलायामन गराएर आर्थिक समृद्धिका साथै उद्योग व्यवसायीको हितमा काम गर्नका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही कार्ययोजना बनाउनमा जुटेको छ। अध्ययन भ्रमणका लागि विभिन्न जिल्लाको दौडाहामा रहेको संघ बाग्लुङ पुगेर शुक्रबारदेखि योजना निर्माण तथा दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठी सुरु गरेको छ। बाग्लुङको ईला कम्फर्ट होटलको सभाहलमा सुरु भएको कार्ययोजना तर्जुमा गोष्ठीको उद्धघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले नेपाल धेरै सम्भावना रहेको देश भएको भन्दै विदेश पलायन हुनबाट युवा पंक्तिलाई रोक्नु पर्ने बताए। नीजिक्षेत्रले यसको नेतृत्व गर्न सक्नुपर्ने उनको भनाई छ। मुलुकमा धेरै कामगर्न सक्ने सम्भावना भएपनि देशका दक्षजनशक्ति…

Read More

बुटवल,१९बैशाख। लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ लको आयोजनामा पहिलो राष्ट्रिय मुटकोर्ट प्रतियोगिता सुरु भएको छ। विद्यार्थीहरुमा अदालती अभ्यासको सिकाई अभिवृद्धिका लागि देशव्यापी मुटकोर्ट प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा नेपालका नौ विश्वविद्यालयका १६ वटा कानून विषय अध्यापन हुने शैक्षिक संस्थाका विद्यार्थीहरुको सहभागिता रहेको छ।स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरु सहभागी हुनेगरी मुटकोर्ट प्रतियोगिता आयोजना गरिएको स्कूल अफ लका निर्देशक प्रकाशमणि शर्माले जानकारी दिए। प्रतियोगिताले सैद्धान्तिक ज्ञान लिइरहेका विद्यार्थीहरुलाई अदालती अभ्यासमा दक्ष बनाउने उनले बताए। स्कूल अफ लका अनुसार प्रतियोगितामा लुम्बिनी बौद्ध विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम पश्चिम विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्शीजनक विश्वविद्यालयका क्याम्पसहरुको सहभागिता रहेको छ। बुटवलस्थित…

Read More

काठमाडौं,१९बैशाख। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु प्रकरणमा अनुसन्धान थालिएको भारतीय प्रहरीले जनाएको छ । भारतीय संचारमाध्यमसँग कुराकानी गर्दै भुवनेश्वर-कटकका पुलिस कमिसनर सुरेश देव दत्त सिंहले छात्राको मृत्युपश्चात कुनै उजुरी प्राप्त नभएकोले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान थालिएको बताए। ‘बिहीवार साँझ ७ बजेतिर विश्वविद्यालयमा हाजिरी लिइँदै गर्दा कोठामा एक्लै रहेकी छात्राले कुनै प्रतिक्रिया दिइनन्। त्यसपछि उनी झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। त्यसपछि हामीलाई जानकारी गराइयो। हामी अनुसन्धान गरिरहेका छौं। एक वैज्ञानिक टोली पनि घटनास्थलमा पुगेको छ र पीडितको कोठामा खोजी भइरहेको छ’, भारतीय संचारमाध्यमसँगको कुराकानीमा उनले भने, ‘उपस्थित पीडितका साथीहरु सहयोग…

Read More

काठमाडौं,१९बैशाख। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी नेपाली छात्रा प्रिसा साहको मृत्युको विषयमा परराष्ट्र मन्त्रालयले कुटनीतिक पहल थालेको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त कुरा जानकारी दिएकी हुन्। ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’ सामाजिक सञ्जालमा उल्लेख गरिएको छ। नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासको कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको उनले जनाएकी छन्।गत फागुन ४ गते सोही विश्वविद्यालयको छात्रावासमा भैरहवाको प्रकृति लम्साल पनि मृत अवस्थामा फेला परेकी थिइन् ।

Read More

राजकुमार क्षेत्री विमानस्थलले आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। हाम्रो भौगोलिक बनावटले गर्दा जहाँ तहीँ बाटोको सुविधा नभएको समयमा विमानस्थलले त्यो सुविधा प्रदान गरेका छन्। अझै पनि दुर्गममा केही ठाउँमा सहज बाटो पहुँच पुगेको छैन। त्यस्ता स्थानमा यातायातको पहुँच भनेको विमानबाट नै हुन्छ। त्यसका लागि विमानस्थल चाहिन्छ। यसले हाम्रो राजस्व पनि वृद्धि गरेको छ भने आर्थिक रूपमा देशलाई फाइदा भएको छ। पूर्वमा लुक्लामा विमानस्थल नभएको भए सिजनमा भइरहेको पर्यटकको ओइरो हुँदैनथ्यो भने विमानहरू पनि त्यति धेरै चलायमान हुँदैनथे। पर्यटकहरु पैदल नै त्यस्तो विकट ठाउँमा जान सक्दैनथे। समग्रमा विमानस्थलले पर्यटन प्रवर्द्धन, आर्थिक वृद्धि र क्षेत्रीय समावेशिता बढाउन अवसरको सिर्जना…

Read More

पोखरा, १९ बैशाख। नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय समितिको आगामी निर्वाचनमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीको टोलीसंग अध्ययन अवलोकन भ्रमण तथा वार्षिक योजना कार्यशाला तर्जुमा गर्न जानेक्रममा उनले आफ्नो जन्मस्थल स्याङ्जा पुगेर उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनको उम्मेदवारी घोषणसंगै स्याङ्जाका वालिङ उद्योग वाणिज्य संघ, भीरकोट उद्योग वाणिज्य संघ र स्याङ्जा उद्योग वाणिज्य संघले सर्मथन तथा प्रस्ताव गरेका छन् । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नवदत्त अर्याल र स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव…

Read More

भैरहवा, १९बैशाख। नेपालमा दिन प्रतिदिन उच्च रक्तचाप बढ्दो अवस्थामा छ। अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ। तसर्थ उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ। यी हुन् नियन्त्रणका उपायहरुः – नुन कम भएको स्वस्थ र पोषिलो आहार खाने। – वजन कम गर्ने। – शारीरिक रुपमा सक्रिय रहने। – सुर्तीजज्य पदार्थको सेवन नगर्ने। – मदिरा सेवन बन्द गर्ने – चिकित्सकको परामर्श पालना गर्ने। – चिकित्सकले सिफारिस गरेको औषधि नछुटाई सेवन गर्ने।

Read More

पोखरा,१९ बैशाख। सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले आफ्नो तिन दिने अध्ययन अवलोकन भ्रमण तथा वार्षिक योजना कार्यशाला तर्जुमा गर्नका लागि बाग्लुङ पुगेको छ । शुक्रवार देखि शुरुभएको अध्ययन अवलोकन भ्रमणमा गण्डकी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायी संघ भेटघाट, छलफल र अन्तरक्रिया गर्दै वाग्लुङ पुगेको संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए। संघले शुक्रवार वालिङ उद्योग वाणिज्य संघ, स्याङ्जा, भीरकोट उद्योग वाणिज्य संघ, स्याङ्जा, स्याङ्जा उद्योग वाणिज्य संघ, स्याङ्जा, पोखरा उद्योग वाणिज्य संघ, पोखरा संग भेटघाट तथा अन्तरक्रिया गरेको छ। पर्वत म्याग्दी र वाग्लुङका उद्योग वाणिज्य संघ संग शनिवार भेटघाट गर्ने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको सचिवालयले…

Read More

काठमाडौं,१९बैशाख। भारतले थप ६ सय मेगावाट विद्युत नेपाललाई दिने भएको छ। भारतले बिहानको २ बजेदेखि साँझको ५ बजेसम्म १५ घण्टाका लागि नेपाललाई थप बिजुली दिने भएको हो। यसअघि मार्च १५ देखि भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजे) मा मात्र बिजुली दिइँदै आएको थियो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार थप आयात हुने बिजुली ढल्केवर–मुज्जफरपुर प्रसारण लाइनबाट आउनेछ। बिहीबार बिहान भारतले स्वीकृत दिएकोले राति १२ बजेबाट थपिएको बिजुली आयात गरिने उनले बताए। सुक्खायाममा नदीमा पानीको बहाब घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरुबाट विद्युत उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो छ। तसर्थ भारतबाट विद्युत आयात भने भइरहेको…

Read More