


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २२ चैत। प्रहरीले करिब २१ लाख रकमसहित एक महिलालाई पक्राउ परेको छ । तिब्बत स्थायी ठेगाना भएको २६ वर्षीया रिक्से वाङमोलाई काठमाडौं बौद्धबाट रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी पछिल्लो समय भने भारतको सुजा मडीमा बस्दै आएकी छन्। हुण्डीको अवैध कारोबार भइरहेको सूचना अनुसार खानतलासी गर्दा महिलाको साथबाट २० लाख ९२ हजार रुपैयाँ र एउटा मोबाएल बरामद भएको प्रहरी वृत्त जनसेवाका डीएसपी कुष्णकुमार चन्दले जनाए। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बैंकक,२२ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् । थाइल्याण्डको बैंककस्थित होटल साङग्रिलामा सुरु बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै उनले समृद्धि, लचिलो र खुलापन जस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकांक्षासँग गहिरो रुपमा प्रतिध्वनित हुने बताएका हुन् । उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मलाई विश्वास छ शिखर सम्मेलनको विषयवस्तुले…
भैरहवा,२२ चैत। रुपन्देहीको भैरहवास्थित संस्कृति विद्या सन्यास आश्रमका बटुकहरुलाई सूचना प्रविधि ज्ञान प्रदान गर्न लागिएको छ। आधुनिक शिक्षा र विश्वमा भइरहेका नविनतम जानकारी प्रदान गर्ने उद्देश्यले उनीहरुलाई सूचना प्रविधि ज्ञान प्रदान गर्न लागिएको हो। नेपटेक ट्राइव र अमेरिकन कर्नर भैरहवाको आयोजनामा वटुकका लागि शनिवार सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा ‘आध्यात्मसँग आइटी’ कार्यक्रम सञ्चालन हुने भएको हो। रुपन्देहीका विभिन्न स्थानमा सूचना प्रविधिबारे सचेतना र जानकारी प्रदान गर्दै आएको संस्था नेपटेक ट्राइवका अध्यक्ष प्रवीण अधिकारीले पहिलोपटक आयोजना गरिएको प्रशिक्षणमा आश्रमका बटुकलाई सूचना प्रविधिसम्बन्धि प्रारम्भिक जानकारी गराइने जानकारी दिए। यसपछि पनि क्रमशः विभिन्न चरणमा यस्ता कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ। आश्रममा ४८…
लुम्बिनी, २१ चैत। गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दुई दिनसम्म संचालित उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन दश बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोवल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन बुधबारबाट लुम्बिनीमा सुरु भएको थियो। सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरुको सहभागिता रहेको थियो । नेपाल र भारतका गरी १४ जना उपकुलपति, पूर्वउपकुलपतिहरुले जारी गरेको घोषणा पत्रमा उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने उल्लेख छ। समावेशी र पहुँचयोग्य…
लुम्बिनी,२१ चैत। नेपालका विश्वविद्यालयहरुमा पाठ्यक्रमको एकरुपता सुनिश्चित गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धिसहितका दश बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोवल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन बुधबारबाट लुम्बिनीमा शुरु भएको थियो। सम्मेलनले उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने घोषणा गरेको छ। समावेशी र पहुँचयोग्य शिक्षाको सुनिश्चितताको प्रतिवद्धता उपकुलपतिहरुले जनाएका छन्। उपकुलपतिहरुले तार्किक नक्साङ्कन, मानव संसाधनको पूर्वानुमान गरी आवश्यकताका आधारमा मात्रै विश्वविद्यालय स्थापना गर्न सुझाव दिएका छन्। नेपाल र भारतका…
काठमाडौं,२१ चैत। नेपालबाट आयात हुने सामग्रीमाथी अमेरिकाले थप १० प्रतिशत कर लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेशमा दस्तखत गर्दै नेपालसहित एक सय देशमाथिको करको नयाँ दरसम्बन्धी सूची सार्वजनिक गरेका हुन्। अमेरिकाले नयाँ करसम्बन्धी तालिका सार्वजनिक गर्दै अमेरिकी वस्तुमा लगाइँदै आएको कर र अमेरिकाले थपेको करको विवरण उल्लेख गरेको छ। ट्रम्पले करको नयाँ दरलाई डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफको नाम दिएका छन्। ट्रम्पले भनेको रेसिप्रोकल ट्यारिफ अनुसार अरु कयौँ देशले ठूलो मात्रामा छुट पाउँदा नेपाल जस्तो १० प्रतिशत मात्र कर लगाउने देश भने मारमा परेका छन्। सूची अनुसार भारतले अमेरिकी सामग्री आयातमा ५२ प्रतिशत कर लगाउने गरेकोमा अमेरिकाले उसमाथि २६ प्रतिशत कर…
भैरहवा, २१ चैत। जनता समाजवादी पार्टी (जसपा), नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भैरहवामा हुने भएको छ। युनियनको महासधिवेशन अगामी चैत २३ र २४ गते आयोजना गरिएको छ। बिहीवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष एवं संयोजक रमेश यादवले महाधिवेशनमा देशभरबाट ७ सय प्रतिनिधि र १ सय जना प्रयवेक्षक, स्वयंसेवकहरुको सहभागिता रहने बताए। चैत २३ गते शनिबार भैरहवास्थित पटवा बैंक्वेटमा हुने महाधिवेशनको उद्घाटन सत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव, महासचिव एवं पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत, महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्मा लगायतका नेताहरुको उपस्थिति रहने संयोजक यादवले जानकारी दिए।…
भैरहवा,२१ चैत। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरेको छ। संघीय सरकारले राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्षमा प्रदेशहरुलाई कुल ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ जसअन्तर्गत सबैभन्दा धेरै कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ पाउने अनुमान गरिएको छ। त्यस्तै मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ र बाग्मती प्रदेशले ११ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ पाउने अनुमान छ। यस्तैकर्णाली प्रदेशले १० अर्ब २७ करोड ३० लाख रुपैयाँ र सुदूरपश्चिम…
मनोरञ्जन शर्मा भैरहवा,२१ चैत। सिद्धार्थनगर नगरपालिकामा आबद्ध रहेका सहकारीको बचत ७४ करोड ४ लाख रुपैयाँ रहेको छ। सिद्धार्थनगर नगरपालिका कार्यालयको सहकारी, उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखा प्रमुख एवं अधिकृत कमलकान्त खनालका अनुसार सिद्धार्थनगर भित्र कार्यक्षेत्र रहेका २९ सहकारीमा चालु वर्षको पुस मसान्तसम्म उक्त रकम बचत रहेको हो। उनका अनुसार उक्त अवधिसम्म सहकारीले कुल ८७ करोड ३० लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ती सहकारीको सेयर पुँजी रकम २३ करोड ८० लाख रुपैयाँ रहेको छ भने बचतकर्ता सदस्यहरु ७ हजार ३ सय १५ छन्। जसमध्ये महिला बचतकर्ताहरुको संख्या ३ हजार ६ सय ५४ रहेको छ । सिद्धार्थनगर भित्र आबद्ध नभएका…
मनोरञ्जन शर्मा भैरहवा,२१चैत। आन्तरिक राजस्व कार्यालय भैरहवाले ७ अर्ब २८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा वार्षिक लक्ष्यको ९० दशमलव ०५ प्रतिशत राजस्व संकलन गरेको हो। राजस्व विभागले कार्यालयलाई ८ अर्ब ९ करोड १६ लाख रुपैयाँ असुलीको लक्ष्य दिएको थियो। विगतका केही वर्षमा कार्यालयले राजस्व संकलनमा विभागले दिएको लक्ष्य पूरा गर्न असफल भएको राजस्व कार्यालय भैरहवाले सत प्रतिशत संकलन गर्न नसके पनि चालु वर्षको ८ महिनामा लक्ष्यको ९० प्रतिशतमाथि राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखेलले बताए । मासिक राजस्व संकलनको लक्ष्यसमेत पूरा गर्न नसकेको कार्यालयले चालु आवको…