Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२७ चैत। पूर्व महिला क्रिकेट खेलाडीहरुबीच भैरहवामा सम्पन्न ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सन् २००९ को टिमले हात पारेको छ। मुलुकमै पहिलोपटक महिला लेजेण्डबीच भैरहवामा दुई दिवसीय स्पर्धा भएको थियो। जसमा दुबै खेल जित्दै सन् २००९ को टिमले सिरिज आफ्नो पक्षमा पारेको हो। सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न सिरिजमा सन् २००९ को लेजेण्ड महिला टिमले सन् २००७ को टिमलाई ८१ रनले पराजित गर्दै सिरिज हात पारेको हो। टस जितेर ब्याटिङ गरेको सन् २००९ ले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानी १ सय ४१ रन बनायो। जसमा करुण भण्डारीले ३२, रितु कनौजियाले २९, सोनु खड्काले २८, एन्जिला पाठकले ११ तथा नीमा तामाङ र…

Read More

वासिङटन सिटी, २७ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुमा थप ५० प्रतिशत कर लगाएका छन् । यससँगै चीनमाथिको कुल भन्सार कर १०४ प्रतिशत पुगेको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उक्त कर थप गरिएको विषय उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो।’ आफ्नो दोस्रो कार्यकालको सुरुमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए। त्यसपछि जब ट्रम्पले सम्पूर्ण विश्वमा कर लगाउने घोषणा गरे चीनमा थप ३४ प्रतिशत कर लगाइयो। अहिले थप ५० प्रतिशत भन्सार महसुल थपेपछि कुल कर १०४ प्रतिशत पुगेको छ। ट्रम्पले सोमबार नै यदि चीनले…

Read More

नवलपुर,२६चैत। नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-१ स्थित ब्रिटिस क्याम्प नजिकै सोही वडाका १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा मंगलबार साँझ नदीमा डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। नातामा दुई जना दिदीभाई हुन् । हजुरआमासँग नदीमा गएर फर्किने क्रममा हजुरआमाको छुटेको चप्पल लिन जाँदा नदीमा डुबेर बेपत्ता भएको बताइएको छ । भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यालय गैँडाकोट निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले बताए। आजको लागि खोजीकार्य रोकिएको र भोलि बिहानदेखि गोताखोरको टोलीसहित खोजी…

Read More

मनोरञ्जन शर्मा भैरहवा,२६ चैत। नेपाली नयाँ बर्ष २०८२ लाई लक्षित गर्दै भैरहवाको पहिलो तारे होटल नान्सले सांगितिक कार्यक्रम सहितका कार्यक्रम आयोजना गरिएको। नेपाली नयाँ वर्षमा आन्तरिक एवं बाह्य पर्यटन साथै स्थानीयय सर्वसाधरणलाई लक्षित गर्दै चैत ३१ गते साँझ ६ बजे देखि मध्यरात सम्म कार्यक्रम आयोजना गरिएको नान्स होटलका महाप्रबन्धक सुनिल श्रेष्ठले बताए। होटलको स्विमिङ पुल क्षेत्रमा सांगितिक माहोल सहितको कार्यक्रम आयोजना हुनेछ। उनका अनुसार सांगितिक कार्यक्रममा यमन ब्यान्डको प्रस्तुती साथै चर्चित डान्सर अभिषा राई,प्रशंसा क्षेत्रीको नृत्य कार्यक्रम समेत रहेको छ। इभको सांगितिक कार्यक्रममा सहभागी हुन प्रवेश निशुल्क रहेको र आफुलाई मनपर्ने बिभिन्न खानाका परिकार मेनु अनुसार खान सकिने उनले बताए।…

Read More

भैरहवा, २६चैत। गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ। चर्चित गायिका शशि रावलको शब्द संगीत रहेको उक्त गीतको लिरिकल भीडियो आफ्नै यूट्युब च्यानल मार्फत गायिका जोशीले सार्वजनिक गरेकी हुन्। हाल अष्ट्रेलियामा बस्दै आएकी उनले प्रवासबाटै गीत संगीतको कर्ममा लागिरहेको जानकारी दिईन। यस अघि सिड्नी झाने रेल, तिम्रो आवाज लगायत गीत निकाली सकेकी जोशी देउडा सम्राट नन्द कृष्ण जोशीकी छोरी हुन्।

Read More

काठमाडौं, २६ चैत। ठग र ठगीका पनि अनेक घटना छन् । सर्वसाधरणलाई झुक्काएर कसरी हुन्छ ठग्ने ठगहरुको पेश नै हो । भारतमा नटवरलालको रुपमा परिचित मिथिलेस कुमार श्रीवास्तवले तत्कालिन भारतीय राष्ट्रपतिको किर्ते हस्तक्षर गरी भारतको ताजमहल, लाल किल्ला र राष्ट्रपति भवन नै बेचिदिएका थिए। यस्तै घटना राजधानी काठमाडौंमा भएको छ । नभएको जग्गाको आफ्नो भनी देखाएर एक व्यक्तिले पीडकसँग बैना गरेर साढे ४५ लाख रुपैयाँ बुझेका छन् । सस्तो मूल्यमा घडेरी रहेको र घर बनाउन पनि मिल्ने भन्दै उनले बैना कागज गराएका थिए। तर, पछि मालपोत कार्यालयको अभिलेखमा हेर्दा जग्गा दर्ता नदेखिएपछि आफु ठगीएको भन्दै पीडकले रकम बुझ्ने सिन्धुपाल्चोक मेलम्ची…

Read More

बुटवल २६ चैत। विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा लिले रक्तदान कार्यक्रम गरेको छ। पछिल्लो समय रगतको अभाव समस्यालाई मध्यनजर गर्दै हस्पिटलले दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो। रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ पिन्ट रगत संकलन भएको हस्पिटलले जनाएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ। वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सक, नर्सिङ स्टाफ, अन्य मेडिकल तथा प्रशासनका कर्मचारी,सरसफाईकर्मी, सुरक्षाकर्मी, क्यान्टीनका कर्मचारी, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए।। रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसादपौडेलले अस्पतालहरुमा रगतको अभाव रहेको विषयलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको…

Read More

काठमाडौं, २६ चैत। प्रहरीले काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ । परिसरका प्रवक्ता तथा एसपी अपिल राज बोहराका अनुसार आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Read More

भैरहवा,२६ चैत। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान नभर्दा स्थानीयहरु असन्तुष्ट भएका छन् । विमानस्थलबाट थाइल्याण्डको थाई एयर एशिया, यूएईको फ्लाई दुबई र कुवेतको जजिरा एयरेवजले नियमित उडान गर्दै आएको गत एप्रिल १ तारिख देखि उडान सेवा बन्द गरेका छन् । नेपाल एयरलाईन्सले हप्तामा मलेसिया (क्वालालम्पुर)–भैरहवा–काठमाडौं सेवा दिदैं आएको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि ‘समर सेड्युल’ को स्विकृती नलिदाँ उडानहरु नभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । ‘वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि ‘समर सेड्युल’ पेश गरेर नागरिक उड्डयन प्राधिकरणबाट स्विकृती लिनु पर्नेमा अहिलेसम्म लिएका छैनन्’, उनले क्लिक…

Read More

भैरहवा, २६ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले आन्दोलनरत शिक्षक महासंघका जायज मागहरु तत्काल सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्। शिक्षकहरु आन्दोलित हुँदा विद्यालयको परिक्षा नतिजा प्रकाशन तथा नयाँ शैक्षिक सत्रको भर्ना अभियानलाई समेत असर परेको मंगलबार खाँद्वारा जारी बिज्ञप्तिमा उल्लेख गर्दै उनले जायज र विगतमा भएका सम्झौताहरुको कार्यान्वयन गरी शिक्षकहरुलाई काममा फर्कने वातावरण निमार्ण गर्न सरकारसँग आग्रह गरेका हुन। विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकका मागहरु समावेश नभएको, शिक्षकहरुको स्थायित्व, सेवा सुविधा, सरुवा–बढुवा जस्ता विषयमा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र ती सहमति बारम्बार उल्लंघन भएको ठहर गरी नेपाल शिक्षक महासंघले गत…

Read More