Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

पोखरा, १४ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–२७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेविरुद्ध विशेष अदालत भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ। लामिछानेले सेवाग्राहीसँग जन्म मिति सच्याइदिने भन्दै घुस स्वरुप २ लाख ५ हजार माग गरी उक्त रकम लिएको स्वीकार गरेपछि उनीविरुद्ध अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनले दिनेश लामिछानेको पहिले नै भएको जन्मदर्तालाई परिवर्तन गर्न मिलेमतो गरी दोहोरो जन्मदर्ता गराएको पाइएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही माग गरिएको हो। आयोगका अनुसार लामिछानेले घुसबापतको रकम दिनेश लामिछानेमार्फत बैंक खातामा जम्मा गराएर सोही रकम आफ्नो खातामा स्थानान्तरण गरेका थिए। यस कार्यमा संलग्न रहेको भन्दै दिनेश लामिछानेविरुद्ध समेत विशेष…

Read More

गोरखा,१४ चैत। मनास्लु पदयात्रामा ट्रेकिङ्ग गराउन आएका एक गाइडको मृत्यु भएको छ। मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लावेशी स्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले बताए । उनी आइएनएफओ नेपाल ट्रेकिङ्ग एजेन्सीमार्फत अमेरिकी नागरिकको गाइडका रुपमा आएको उनले बताए । टाउकोमा गहिरो चोट लागेको शेर्पाको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

Read More

काठमाडौं, १४ चैत। नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। घिसिङले आफूलाई सरकारले गैरकानुनी रुपमा हटाएको भन्दै रिट लिएर बुधबार अपराह्न सर्वोच्च पुगेका थिए। बिहीबारमात्रै दर्ता भएको रिटको शुक्रबारका लागि पेशी तोकिएको अदालतले जनाएको छ।

Read More

काठमाडौं,१४ चैत। काठमाडौंमा प्रहरीले सुनका गहनाका सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ निवासी तथा हाल कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार रहेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ स्थित आनन्दकुटीबाट उनलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार आरोपीको साथबाट नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टलसहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थानसहित १४ प्रकारका गहना रहेका छन् । प्रहरी अनुसन्धान अनुसार पक्राउ परेको व्यक्तिले अवैध रुपमा भित्र्याइएको सुनबाट गहना तयार गरी बिक्री गर्दै आएका थिए…

Read More

काठमाडौं, १४ चैत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र पुनःस्थापित नहुने बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेपालीले लडेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे। उनले सम्पूर्ण नेपाली जनताले संविधानसभामार्फत जनताको इच्छानुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गरे। उनले नेपाली जनताले गणतन्त्र मानिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र फर्किने आश नगर्न आग्रह गरे। सभापति देउवाले नेपालको संविधानमा सबैको प्रतिनिधित्व रहेको भन्दै संविधान प्रदत्त अधिकारहरुमा पनि सबैलाई सहभागी गराइएको बताए।

Read More

काठमाडौं, १४ चैत। भारतबाट थप चार घण्टाविद्युत् आपूर्ति हुने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति गरेको हो। इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। उक्त विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ। हालः भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो। भारतले मध्यरातदेखि विहान ४ बजे, विहान ६ बजेदेखि साँझ ५ बजे र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत् दिने सहमति जनाएको हो। टनकपुर-महेन्द्रनगर…

Read More

भैरहवा, १४ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीमा घुससहित एक जना प्रहरीलाई पक्राउ गरेको छ। भन्सार छलेर सामग्री ल्याउन सहजीकरण गरिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा प्रहरी चौकी हाटी बनगाईमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्कालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाए। अख्तियारले उनलाई रकमसहित जिल्लाको मायादेवी गाउँपालिका वडा नं.६ बाट पक्राउ गरेको जनाएको छ।

Read More

काठमाडौ, १४चैत। मुलुकको पहाडी क्षेत्रमा बसोबास गर्नेहरुले छाड्ने क्रम बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पहाडी क्षेत्रमा बसोबास घट्दै गएको छ भने तराई क्षेत्रमा निरन्तर बढ्दै गएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदनले उक्त स्थिति देखाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए। उनले सबैभन्दा बढी स्थायी आन्तिरक बसाईंसराई गर्ने जनसंख्या पहाडमा रहेको बताए। उनकाअनुसार पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरु सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाईं सरी अन्यत्र गएका छन्…

Read More

काठमाडौ, १४चैत। मुलुकको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बिहीवार एभरेष्ट होटलमा बानेश्वरमा आयोजित एक कार्यक्रमको एउटै मञ्चमा पुगेका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा पुगेका छन् । नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन उनीहरु सहभागी भएका हुन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् । गत सोमबार मात्रै तीन जना शीर्ष नेताले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमति जुटाएका थिए ।

Read More

भैरहवा, १४ चैत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपुतालीमा राजा भएको टिप्पणी गरेका छन्। बिहीवार उनले सामाजिक संजाल फेसबुकमा स्ट्याट्स लेख्दै ज्ञानेन्द्रले अधिराजकुमार हुँदाका बेला पनि राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको आरोप पनि लगाएका छन्। यो कुरा पूर्वपञ्चहरुले नै त्यसबेला सार्वजनिक गरेका तथ्यमा पढ्न पाइने दाबी उनको छ। ‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ। अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्वपञ्चहरूले उनको गुनगान गाउनु बेग्लै कुरा हो’, उनले भनेका छन्, ‘तर आम जनताले त उनी…

Read More