


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १० चैत। सामूहिक विद्यालय परिवार रुपन्देहीको अध्यक्षमा समसाद इद्रिसी सर्वसम्मत निर्वाचित भएका छन्। विद्यालय परिवारको २४ औं साधारण सभा तथा अधिवेशनले समसाद इद्रिसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो। उपाध्यक्षमा चन्द्र प्रकाश न्यौपाने, सचिवमा प्रमोद यादव, कोषाध्यक्षमा राजेश यादव र सह–सचिवमा दिपक थापा निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा सफल बस्नेत, प्रेम क्षेत्री र कमल कोइराला निर्वाचित भएका छन् । कार्यक्रममा प्रमुख अतिथि महेश भुर्तेल, पूर्व अध्यक्षहरु राजकुमार गुरुङ, गोकुल पोखरेल, मनोज कुमार यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाले सचिव सृजना पाठकको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रमोद यादवको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो…
भैरहवा, १० चैत। लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार भएका तीन खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले जीत हात पारेका छन्। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १ सय ३१ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको हो। जीतसँगै आर्मीले ८ खेलमध्ये ७ मा जित निकाल्दै १४ अंक जोडेको छ। आर्मी अब लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग खेल्नेछ। पुलिस ७ खेलमा नै अपराजित रहँदै १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनीको भने फाइनल सम्भावना सकिएको छ। लुम्बिनी ८ खेलमध्ये…
बुटवल, १० चैत । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। त्यस्तै उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल, उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले बताए। विधानले तोकेअनुसारको समावेशी सदस्यहरुसहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ। निर्वाचित पश्चात अध्यक्ष शाहले आफूले नेकपा (एकीकृत समाजवादी) लाई रुपन्देहीमा सशक्त पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। उनले सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने बताए।
भैरहवा, १० चैत । रुपन्देही घर जग्गा व्यवसायी संघको अध्यक्षमा सुरज उप्रेती निर्वाचित भएका छन्। भैरहवामा भएको संघको साधारणसभा तथा तेस्रो अधिवेशनले उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको प्रथम उपाध्यक्षमा विष्णु प्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा कृष्ण कुँवर, महासचिवमा धिरज घिमिरे, कोषाध्यक्षमा नारायण प्रसाद बेल्वासे र सचिवमा पिताम्बर न्यौपाने रहेका छन्। त्यस्तै सदस्यहरुमा सुमन न्यौपाने, रितेश अग्रवाल, सागर सुवेदी, कृष्ण प्रसाद अधिकारी, कृष्ण प्रसाद यादव, आवाश बञ्जाडे, नारायण महत, अशोक भुसाल, अभिनव थापा, छत्र पन्थी, गंगाधर पाण्डे र रामापति यादव रहेका छन्। नवनिर्वाचित अध्यक्ष उप्रेतीले व्यवसायीलाई सम्मानजक पेशाको रुपमा स्थापित गराउन छरिएर रहेका अरु व्यवसायीलाई पनि गोलबन्द…
भैरहवा,१०चैत। मर्चवार प्रेस क्लब, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। कोटहीमाई गाउँपालिका–५ स्थित मझगाँवामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनमा बोल्दै प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राधेश्याम कुर्मीले देशमा सुशासन कायम गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पत्रकारले इमान्दारिताका साथ भ्रष्टाचारविरुद्ध कलम चलाए भ्रष्टाचारीको मनोबल कम हुनको साथै मुलुकमा पारदर्शीता कायम हुने विश्वास व्यक्त गरे । उनले भने–‘पत्रकार देशको चौथो अंग हुुन् । पत्रकारिता कमजोर भए देशको अवस्थामा पनि असर पुग्छ । केही पार्टी तथा व्यक्तिविशेष पत्रकारिताले निष्पक्ष पत्रकारीतामा असर पुगेको छ ।’ कार्यक्रमका विशिष्ट अतिथि मधेशी पत्रकार…
बुटवल, १० चैत। प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुंवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। रुपन्देहीको बुटवलमा सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुंवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल र कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइनतर्फबाट दीपक घिमिरे, पत्रपत्रिकातर्फबाट विनोद पौडेल र रेडियो/टिभी तर्फबाट आशिष गुप्ता रहेका छन् । सदस्यहरुमा जगदीश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा बस्नेत (रिया) र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । संघको सल्लाहकारमा तीनजना मनोनित भएका…
भैरहवा,१० चैत। जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस–कम्युनिष्टको हातमा शासन र शक्ति रहेसम्म यो देशको विकास हुन नसक्ने दावी गरेका छन् । जसपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै सम्भावना र संसारकै विकसित देश बन्ने आधार हुँदाहुँदै पनि काँग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था यस्तो भएको बताए । विगत ३५ वर्षदेखि यो मुलुकको शासन गरेका काँग्रेस–कम्युनिष्टले देशको अर्थतन्त्र धरासायी बनाएको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न नसकेको उनले आरोप लगाए । ‘३५ वर्ष कम समय होइन । तर, गरीबी तथा रोजगारीको समस्या समाधान हुन सकेन ।…
काठमाडौ,८चैत। परराष्ट्रमन्त्री आरजु राणाले भारत लोकतन्त्रकै पक्षमा रहेको बताएकी छिन् । भारत भ्रमण सकाएर स्वदेश फर्किएकी मन्त्री राणाले शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै भारतीय पक्ष नेपालमा लोकतान्त्रिक प्रणालीकै पक्षमा रहेको बताइन्। नेपालमा राजावादी सक्रिय भइरहेका बेला मन्त्री राणाले भारतीय पक्षको सन्देश नेपालमा लोकतन्त्र नै रहेको स्पष्ट पारेकी हुन्। ‘भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरुले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ। अहिले सरकारसँग भारतीय पक्ष (भारतीय निकायहरु) जोडिरहनुभएको छ। सरकार नै परिवर्तन गर्ने, व्यवस्था नै परिवर्तन गर्ने खालको आशय उहाँहरुमा मैले देखिनँ’,उनले भनिन्। उनले राइसिना डायलग कार्यक्रममा नेपालको पक्षमा वकालत गरेको र विभिन्न साइडलाइन वार्ताहरु पनि गरेको बताइन्।…
काठमाडौं, ८चेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २०८४ सालसम्म आफु जनताकै साथमा हुने र प्रधानमन्त्री हुने दौडमा नरहने बताएका छन्। शुक्रबार वीरगञ्जमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाउँदै केपी ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए। ‘ओली सरकारको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’ उनले भने । उनले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप लगाए । ‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले…
लुम्बिनी, ८चैत ८। संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री प्रसाद पाण्डेले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन्। शुक्रबार दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चिनियाँ दूतावाससँगको सहकार्यमा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहित विभिन्न निकायहरुको आयोजनामा विहिबारदेखि शुरु भएको महोत्सवको शुक्रबार विहान उद्घाटन समारोह गरिएको हो । मन्त्री पाण्डेले लुम्बिनी बौद्ध धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वभरका शान्तिप्रियहरुको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको बताए। विश्वव्यापी रुपमा लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिने बताए। उनले विश्वसम्पदा…