Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,१७जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको गोनहिया टोल सुुधार समितिको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोनहिया स्थित श्री विन्ध्यावासिनी मिसुजु आधारभूत विद्यालयलमा सम्पन्न साधारणमा बोल्ने वक्ताहरुले टोल सुधार समितिले स्थानीय तह र समुदायकाबीच पुलको काम गरेको बताए। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले स्थानीय तहबाट प्रवाह हुने सेवा सुविधाहरुलाई टोल सुधार समितिहरु मार्फत प्रभावकारी ढंगले प्रदान गर्न सकिएको बताए। उनले टोल सुधार समितिहरु नगरको कार्यक्रमहरुमा प्राथमिकता पाउने गरि काम गरिरहेको बताए। गोनहिया टोल सुधार समितिका अध्यक्ष बुद्धि सागर तेलीले टोल सुधार गठन भए पछि गोनहियाको सरसफाई लगायत बिभिन्न जनचेतनामूलक…

Read More

काठमाडौं,१६जेठ। सरकारले भारतीय पर्यटकहरुले नेपाल भ्रमणको क्रममा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाइने सीमा हटाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ। यस भन्दा अघि भारतीय नागरिकले २५ हजार भारु सम्ममात्र ल्याउन पाउँथे। जसकारण नेपालको पर्यटन क्षेत्रमा असर परेको थियो। पर्यटन व्यवसायीहरुबाट निश्चित २५ हजार रकमको सीमा हटाउनु पर्ने माग उठ्दै आएको थियो। जसलाई सम्बोधन गर्दै अब सरकारले २५ हजार भारु भन्दा बढी रकम भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने…

Read More

उदयपुर,१६जेठ। प्रहरीले जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-२ सन्नुवाका ६२ वर्षीय नागेश्वर विक रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका ६२ वर्षीय विकले एक १२ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका विकले ती नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,१६जेठ। काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालय शुक्रवार एक सूचना जारी गर्दै आइतबार काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आइतबार बिदा दिइएको जानकारी दिए ।

Read More

बारा,१६जेठ। प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्रा पर्नेमा भारतका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितका अनुसा भारतीय कार नम्बर बीआर-०१-बियु-३४८५ मा पछाडिको सिटमुनि फल्स बटम बनाएर लागुऔषध भित्राएको अवस्थामा बाराको अमलेखगञ्जबाट उनीहरुलाई पक्राउ गरिएको हो। उनले पक्राउ परेका व्यक्तिहरुको साथबाट २१ हजार ६ सय वटा ट्रामाडोल ट्याब्लेट र ७६ बोतल ओनरेक्स नामक लागुऔषध बरामद भएको बताए। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जनाएको छ।

Read More

विराटनगर,१६जेठ। कहिले शरीरको खुटाँमा बाँधेर त कहिले मोटरसाइकलको ट्यांकीमा लुकाएर। लागुऔषध ओसरपसार गर्ने पनि अनेक तरिका। अपराधीभन्दा प्रहरी एक कदम अघि भने झै विराटनगरमा बठ्याईँ गरेर लागुऔषध भित्रयाउन खोज्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले लागुऔषध ओसारपसारका लागि कुकुरको प्रयोग गरेका थिए। लागुऔषध ल्याउनका लागि ‘रक्की’ नामको पालुवा कुकुर लिएर सीमापारी जोगवनी बजार गएका उनी कुकुरसहित फर्कि । विशेष सूचनाको आधारमा उनलाई रोकेर उनको शरीर खानतलासी गर्दा लागुऔषध फेला नपरेपछि प्रहरी अच्चिमत पर्यो। सूचना सही थियो तर लागुऔषध फेला परेन। त्यसपछि साथमा रहेको कुकुरको…

Read More

काठमाडौं,१६जेठ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) ब्यूरोकै डीएसपी भन्दै रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् । उनलाई सीआईबीको टोलीले भक्तपुरको कमेरेटारबाट मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका थापाले एक व्यक्तिलाई आफू सीआईबीको डीएसपी भन्दै बलात्कार मुद्दा फसाउने भनेर ८ लाख ४० हजार रुपैयाँ असुलेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ। उनीविरुद्ध यसअघि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलेको थियो ।

Read More

नवलपुर,१६जेठ। वर्षायाम सुरु हुन लागेको छ । यस वर्ष देशमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। वर्षा सुरु भएसँगै बुटवल-नारायणघाट सडकखण्डको यात्रा कष्टपूर्ण हुने गर्दछ। सडक निर्माण कार्य वर्षौदेखि जारी छ । निर्माणधिन सडकका कारण घाममा धुलाम्मे र वर्षामा हिलाम्मे समस्या पनि यात्रुहरुले भोग्नै परेको छ। सडकखण्डको एकतर्फी अधिकतम दुरी सडक कालोपत्रे भएको छ। सामान्य वर्षाले पनि सडक खण्डमा अन्र्तगत दाउन्ने ,दुम्किबासको बिनयी खोला र चोरमाराको गिरुबारी खोलामा बनेको डाइभर्सन बाढीले बगाउने गर्दा यात्रुहरुले समस्याले झेल्नु परेको छ। बिनयी खोलामाथिको पुल भासिएको ४ महिना पुगे पनि हालसम्म मर्मत हुन सकेको छैन। चोरमाराको गिरुबारी खोलामाथिको पुल पनि मर्मत नहुँदा यात्रुले…

Read More

चितवन,१६जेठ। नारायणी नदीको बीच भागमा फसेका २२ जनाको उद्दार गरिएको छ। चितवनको भरतपुर महानगरपालिका १६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। नदीजन्य पदार्थ उत्खनन गरी निकाल्नका लागि बनाइएको अस्थायी बाँध भत्किँदा उनीहरु नदीको टापुमा फसेका थिए। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको उद्धार टोली बोटको सहायता उनीहरुको उद्दार गरेको हो। यसै क्रममा गिट्टी बालुवा ओसार्न प्रयोग गरिएको एउटा टिपर भने बाँध भत्किएको स्थानमा डुबेको छ ।

Read More

भैरहवा,१५जेठ। रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दियाले जित निकालेको छ। तर, बाँकेलाई ६५ रनले पराजित गर्दै बर्दियाले जित निकालेको हो। तर, पराजित बाँकेसँगै बर्दिया यस अघि नै उपाधिको स्पर्धाका लागि ‘आउट’ भइसकेका छन्। प्रतियोगिताको उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ । बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रनको बनायो। जसमा आदित्य ढकालले ५७ रनको अर्धशतकीय इनिङ खेले भने निराजन थापाले ४७, हेमन्त आचार्यले २४, केशव बिष्टले २२ र उत्सव चलाउनेले १९ रनको योगदान गरे।…

Read More