


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१८बैशाख। भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा फेरी अर्को नेपाली विधार्थी (छात्रा) मृत फेला परेकी छिन्। भारतको ओडिसा टिभीको अनलाईन संस्करणले भुवनेश्वर-कटकका प्रहरी आयुक्त एस. देव दत्त सिंहको भनाईलाई उद्धत गर्दै विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको शव बरामद भएको समाचार प्रकाशन गरेको छ। विश्वविद्यालयको बी-टेक प्रथम वर्षमा अध्यनरत वीरगञ्जकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको बताईएको छ। घटनापश्चात विश्वविद्यालयमा भुवनेश्वरका प्रहरी र प्रशासनका उच्च अधिकारीहरु पुगेका छन्। घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ भने हालसम्म विश्वविद्यालयले कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन। गत फागुन ४ गते विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्साल…
काठमाडौं,१७बैशाख। आन्दोलनरत शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने सरकारको प्रतिवद्धतासहित शिक्षकहरुले आन्दोलन स्थगित गरेका हुन्। यससँगै ठप्प रहेको विद्यालयहरु शुक्रवारदेखि खुल्ने भएका छन्। ‘नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरुसमेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं। आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ’,विज्ञप्तिमा भनिएको छ। तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरी अहिले भन्दा कडा सडक आन्दोलनमा जान बध्य हुने सहमति पत्रमा उल्लेख छ।
काठमाडौं,१७ वैशाख। चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति वार्षिक कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार यो वर्ष प्रतिव्यक्ति आय जम्मा ५० डलर बढ्नेछ । गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो। गत वर्ष प्रतिव्यक्ति आय ५७ डलर बढेको थियो ।
काठमाडौं,१७ वैशाख। पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार बुधवार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो । त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ। हेर्नुहोस् सूची:
भैरहवा,१७ बैशाख। अधिकांश किसानहरुले गहुँ र केही मात्रामा धानबाली भित्राएपछि बालीका अवशेष खेतमा जलाउने गरेका छन् । यसरी बालीजन्य अवशेष जलाउँदा नजिकमा रहेका खेतका बाली, वनजंगल र वस्तीमा आगो सल्केर नष्ट भएको धेरै खबर बाहिरिने गरेको छ। तर, यसका साथै वातावरणमा पर्न जाने क्षति र असरबारे कम मात्रामा ध्यान पुगेको र चर्चा गरेको पाइन्छ । बालिजन्य अवशेष जलाउँदा माटोको गुणस्तर खस्किनुका साथै वायु प्रदूषण भई जलवायु परिवर्तनमा समेत असर पुग्दछ । नेपालमा वार्षिक सरदर ४४,८२,७८७ मेट्रिकटन बालिजन्य अवशेष जलाउने गरिन्छ । यो अवशेषको कम्पोष्टिङ गरेमा करिब ८०,६८,९९९ मेट्रिकटन मल उत्पादन गर्न सकिन्छ । उत्पादित कम्पोष्टमलले नेपालको तराईका कृषि माटोमा कम…
दाङ, १७ वैशाख। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयमा सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको जिम्मेवारी हेरफेरसहित तीनवटा निर्णयहरु गरेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेश सचिवहरुको जिम्मेवारी तोक्ने, आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहमा बाँडफाँड हुने सवारीसाधन करको अनुमानित सीमा पठाउने र प्रदेशमा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार पार्न सैद्वान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको सचिवहरुको जिम्मेवारी तोक्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । उक्त निर्णयअनुसार बसन्त प्रसाद कोइरालालाई सामाजिक विकास मन्त्रालय र प्रमोद…
दाङ, १७ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यथार्थ धरातलमा टेकेर ल्याइने बताएका छन्। सरकारमा सहभागी राजनीतिक दलका प्रमुखहरुसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरिएको छलफल कार्यक्रममा उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थ धरातलमा आधारित भएर तयार पार्ने बताएका हुन् । सरकारले घाटा बजेट पनि नबनाउने र प्रदेशको वास्तविक अवस्था अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउने उनले स्पष्ट पारे। ‘सरकारले सन्देश दिने गरी, आशा जगाउने गरी नीति तथा कार्यक्रम र बजेटको तयारी गर्दैछ। यसमा तपाईंहरुको सुझावलाई आधार मानेर समावेश गर्नेछौं’,उनले भने,‘प्रदेशको आम्दानी अनुसार…
बुटवल,१६बैशाख। बुटवल हस्पिटल प्रालि र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्रसेवक समाज नेपाल बुटवलबीच उपचार सम्झौता भएको छ। बुटवल हस्पिटल प्रालिले उपचारका लागि निवृत राष्ट्र सेवक समाजमार्फत आउने पूर्वकर्मचारी तथा उनीहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ। उपचार सम्झौतासँगै दुई संस्थाको बीचमा सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रालिका उपाध्यक्ष ललित खरेलले बताए। उनले बुटवल हस्पिटल प्रा लि सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै संस्था भएकोले यसको संरक्षण र प्रवद्र्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए। उनले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन आग्रह समेत गरे। उक्त अवसरमा बुटवल हस्पिटल…
बुटवल, १६बैशाख । पछिल्लो समय निकै चर्चाको विषय बनेको विद्युतीय सवारी साधनलाई चुनौती भन्दा अवसरको रुपमा लिनुपर्ने सरोकारवालाले बताएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोशिएसन रुपन्देही लुम्बिनीको आयोजनामा बुटवलमा आयोजना भएको बिद्युतीय सवारी साधनका बारेमा कामदारहरुलाई क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले उक्त विषयमा जोड दिएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष प्रेम बहादुर फौदारले अटो व्यवसायीहरु प्रयोगात्मक शिक्षामार्फत अगाडि बढेको बताउँदै बिद्युतीय सवारी साधनलाई अवसरको रुपमा लिएर काम गर्न आग्रह गरे। उनले यसो गर्न सकेमा अटो क्षेत्रका व्यवसाय थपिएका प्रविधिहरुमा प्रतिस्पर्धा गर्न अब्बल हुनेमा जोड दिए। बिद्युतीय सवारीको बारेमा भ्रमहरु रहेको भन्दै सकारात्मक पक्षहरुको बारेमा जानकारी दिन आवश्यक रहेको…
काठमाडौं,१६ बैशाख। सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणका क्रममा भ्रष्टाचार भएको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कृषि बाटो निर्माण कार्यमा प्राविधिक लागत अनुमान विपरीत गएर अनियमितता गरेको अभियोगमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध सात लाख ७९ हजार २ सय पाँच रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगद्वारा धनकौल गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी, वडा नं ६ का वडाअध्यक्ष…