Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २३ चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश पछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई सोमबार कारागार पठाइने भएको छ। पक्राउ गरेर भैरहवा ल्याइएका लामिछानेलाई सार्वजनिक विदाका कारण शनिवार र आइतबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने र सोमबार अदालतमा पेश गरेर कारागार चलान गरिने रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए। ‘आज र भोली सार्वजनिक बिदा छ। सोमबार अदालत खुलेपछि त्यहाँ पेस गर्छौ’, उनले क्लिक लुम्बिनीसँग भने, ‘त्यसपछि कारागार पठाइने छ । दुई दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्छौं ।’ सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माभ १३ गते थुनछेक…

Read More

भैरहवा,२३ चैत।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याईएको छ। उनलाई यति एयरको विमानमार्फत भैरहवा ल्याईएको हो। शुक्रवार उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले उनलाई गएराति पक्राउ गरेको थियो। सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो। आदेश चित्त नबुझेकोले पुनरावेदनका लागि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नुपर्ने र लामिछानेले धरौटी खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।  जसको शुक्रवार न्यायाधीश शुक्रवार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको ईजलासले जिल्ला अदालतको…

Read More

भैरहवा, २२ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन्। शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै प्रतिवादी लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि उनी पक्राउ परेका हुन्। प्रहरीले उनलाई काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति पक्राउ गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्य पक्राउ गरिएका लामिछानेलाई प्रक्रियागत रुपमा अदालतमा बुझाइने बताए। पक्राउ पर्नुअघि सभापति लामिछानेले आफु गिरफ्तारी दिन तयार रहेको बताएका थिए। उनले फेसबुकमा लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु।‘ उनले आफूमाथि ठूलो अन्याय भएको बताउँदै…

Read More

भैरहवा, २२ चैत। जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बेलुकी ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो। पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

Read More

भैरहवा, २२चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । शुक्रवार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको ईजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुवँरले क्लिक लुम्बिनीलाई जानकारी दिए।  त्यस्तै पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत रुपन्देहीले पूर्पक्षका लागि थुनामा पठाउने गरेको आदेश उच्च अदालतले सदर गरेको उनले बताए। जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई एक करोड…

Read More

भैरहवा,२२ चैत। सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले गरेको आदेश चित्त नबुझेकाले खारेजी माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको रिटको सुनुवाई सकिएको छ। जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने र पूर्वडीआइजी जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आदेश चित्त नबुझेको भन्दै उनीहरुले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। जोशीले आफूलाई धरौटीमा छाड्नुपर्ने भन्दै निवेदन दिएका थिए। शुक्रबार उक्त रिटमा न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासमा भएको बहस सकिएको उच्च अदालत तुलसीपुर बुटवल इजलासका…

Read More

काठमाडौं,२२ चैत। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले गत शुक्रबार तीनकुनेमा भएको घटनामा आवश्यकताको आधारमा बल प्रयोग गरिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार भएको बैठकमा उनले आन्दोलनका बेला सुरक्षाकर्मीले बल प्रयोग गरे पनि नगरे पनि प्रश्न उठ्ने बताए । उनले घाइते भएका सुरक्षाकर्मीहरुलाई अस्पताल पुर्याउन राजावादी आन्दोलनका प्रदर्शनकारीहरुले अवरोध पुर्‍याएको, ग्याँस गन लुटेको लगायतका घटना विवरण सुनाउँदै कम क्षतिमा स्थिति नियन्त्रणमा लिने प्रयास भएको बताए ।

Read More

काठमाडौं,२२ चैत। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि सिरियामा तैनाथ भएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । बिहीबार २०२ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी रविजंग खड्काको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १९७ जना शान्ति सैनिकहरु प्रमुख सेनानी दिनेश कुमार खड्काको नेतृत्वमा बिहीबार नै स्वदेश फिर्ता भएका थिए। हाल उक्त मिसनमा नेपाली सेनाबाट सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुका गरी कुल ४४८ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

Read More

काठमाडौं, २२ चैत। प्रहरीले करिब २१ लाख रकमसहित एक महिलालाई पक्राउ परेको छ । तिब्बत स्थायी ठेगाना भएको २६ वर्षीया रिक्से वाङमोलाई काठमाडौं बौद्धबाट रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी पछिल्लो समय भने भारतको सुजा मडीमा बस्दै आएकी छन्। हुण्डीको अवैध कारोबार भइरहेको सूचना अनुसार खानतलासी गर्दा महिलाको साथबाट २० लाख ९२ हजार रुपैयाँ र एउटा मोबाएल बरामद भएको प्रहरी वृत्त जनसेवाका डीएसपी कुष्णकुमार चन्दले जनाए। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बैंकक,२२ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् । थाइल्याण्डको बैंककस्थित होटल साङग्रिलामा सुरु बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै उनले समृद्धि, लचिलो र खुलापन जस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकांक्षासँग गहिरो रुपमा प्रतिध्वनित हुने बताएका हुन् । उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मलाई विश्वास छ शिखर सम्मेलनको विषयवस्तुले…

Read More