


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २० माघ । सिद्धार्थनगर नगरपालिकामा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलको उपाधि सिद्धार्थनगर नगरपालिका कार्यालयको कर्मचारी टिमले उचालेको छ। सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवसको अवसरमा आइतबार भैरहवास्थित पक्लिहवा माविको खेलमैदानमा आयोजना गरेको मैत्रीपूर्ण खेलको उपाधि कर्मचारी टिमले उचालेको हो। फाइनलमा नगरपालिकाका जनप्रतिनिधिको टीमलाई १० विकेटले पराजित गर्दै कर्मचारीको टिमले उपाधि उचाल्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको जनप्रतिनिधिको टिमले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कर्मचारीको टिमले ५ ओभर ४ बलमा बिना क्षति सहजै जित निकाल्यो । खेलमा ३ विकेट लिएका कर्मचारी टिमका जनक थापा प्लेयर अफ द फाइनल घोषित…
झापा, २०माघ। झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ताहरुले दमक–६ स्थित गणतन्त्र चोक टायर बालेर सडक अवरोध गर्न खोजेपछि बन्दकर्ता र प्रहरीबीच झडप भएको हो । प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकले केही बन्दकर्ताहरुलाई पक्राउ गरेपछि दुवै पक्षबीच झडप भएको थियो । यातायात अवरुद्ध पार्न खोज्दा तनावग्रस्त स्थितीलाइ नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरिएको झापाका डीएसपी कृष्णकुमार चन्दले बताए। हाल सवारीसाधनहरु वैकल्पिक बाटोबाट…
हृदयराम गुप्तामर्चवार, २० माघ । श्री मर्चवार संचार सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिका–३ स्थित मार्यादपुर संस्थाको कार्यालयमा एक कार्यक्रमका बीच उक्त सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष अशोक कुमार जयसवालले १० लाख ३६ हजार शेयरपुँजी रहेको संस्थाले १ करोड ३३ लाख ३ सय ९७ रुपैया पुँजी बनाउन सफल भएको बताए । संस्थामा ९७ हजार ९ सय १२ रुपैयाको स्थित सम्पत्ति सहित संस्थाबाट विभिन्न शेयर सदस्यहरुलाई ८९ लाख ५८ हजार ७ सय ८० रुपैया विभिन्न शिर्षकमा ऋण लगानी गरेको उनले बताए । उनका अनुसार संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न किसिमको…
विराटनगर, २० माघ। सशस्त्र प्रहरी बल, नेपालले मानव कंकालसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगरको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट मानव कंकाल लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको हो । गुल्मका प्रमुख डीएसपी ऋषिकेश राउतका अनुसार पक्राउ परेका राय रिक्सामा आउँदै गर्दा चेकजाँचको क्रममा उनले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको हो । साथै, रायसँगै रिक्सामा बसेको एक जना महिला फरार भएको र उनको खोजी भइरहेको उनले जानकारी दिए । पक्राउ परेका रायलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि इलाका…
काठमाडौ, २० माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। भवन निर्माणका क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल,विद्यालय सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारसमेत गरी तीनजनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। अख्तिायरका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनुसन्धानका क्रममा प्रधानाध्यापक कण्डेल,विद्यालय सहायक लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारको मिलेमतोमा भवन निर्माण सम्पन्न पछि अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग ६५ हजार घुस लिएको पुष्टि हुन आएपछि उनीहरूविरुद्ध आरोप पत्र दायर भएको हो। उनीहरु केही समयअघि…
भैरहवा, २० माघ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । वि.स २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन ‘श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत’ नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख इश्तियाक अहमद खाँका अनुसार स्थापना दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरबासीहरुको सहभागितामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो। सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरु आफ्नो पोशाक र ब्यानर सहित सहभागी हुने तर विद्यार्थीहरुलाई…
भैरहवा, १८ माघ। भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा तिलोत्तमा क्रिकेट एकेडेमीले जित हात पारेको छ। प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजन शुक्रबार भएको खेलमा न्यु होराइजन किक्रेट क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गर्दै तिलोत्तमाले जित हात पारेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरमा ४० ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७८ रन बनायो । उसका लागि सन्दीप यादवले ५५ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले । यस्तै, कृष्ण भुसालले २२, मनिष थापाले १७, कृष्ण कार्कीले १५ र अमन बोहराले १० रन बनाए । बलिङमा न्यु होराइजनका प्रिन्स पालले ३,…
काठमाडौ, १८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निलम्बन भएको सांसद पद फुकुवाको माग गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठक बस्नुअघि संघीय सचिवालय लामिछानेले निलम्बन फुकुवाको मागसहितको निवेदन दिएका हुन्। उनले आफूलाई गरेको निलम्बन कानुन सम्मत नभएको दावी गर्दै निलम्बन फुकुवा गरिदिनुपर्ने सभामुखसँग आग्रह गरेका छन् । तर, सभामुख घिमिरेले विद्यमान कानुन,संसद नियमावली,अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको जवाफ दिएका थिए। लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा चलेपछि संसद सचिवालयले गत पुस ८ गते सूचना जारी गर्दै लामिछानेको प्रतिनिधिसभा सांसद पद निलम्बन गरेको जानकारी गराएको थियो।
बुटवल, १८ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्न सके रोजगारीका लागि विदेश जाने सपना देख्नु नपर्ने बताएका छन् । न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ को ३५ औं वार्षिकोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशकै भुमिमा अवसरहरुको सृजना गर्न नव प्रवर्ततनको क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरु रहेकोले रोजगारीका लागि विदेश जाने सपना देख्नु नपर्ने बताएका हुन् । लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले बिशेष योजना निर्माण गरेको उनले जनाए । न्यू होराइजन विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई बहुसरोकार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्याएकोले यस…
भैरहवा, १८माघ । नेपालको स्थानीय बजारमा शुक्रवार एकैदिन सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख ६० हजार पाँच सयमा कारोबार भएकोमा शुक्रवार सुन प्रतितोला १ लाख ६२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।