


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौ,२५ चैत। गत चैत १५ गते राजावादीहरुको प्रर्दशनको क्रममा तिनकुने स्थित पत्रकार सुरेश रजकको आगजनीमा परेर मृत्यु भएको घरमा भाइरल भीडियोमा देखिएकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । एनी कुँवर नाम गरेकी उक्त युवतीलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार रजकको जलेर मृत्यु भएको घरको सिंढीबाट कुँवर र अनुहार कपडाले बाँधेको एक युवक झर्दै गरेको अवस्थाको भीडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन्। प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दाङ,२५ चैत। लुम्बिनी प्रदेशमा योग्य भूभागको ५५ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको तथ्यांकमा ५५ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा रहेको जनाएको हो। कुल सिँचाइ योग्य जमिनको ३३ प्रतिशत भू–भागमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध रहेको छ। विभिन्न माध्यम र प्रक्रियाबाट प्रदेशमा सिँचाइ सुविधा उपलब्ध गराइएको जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव विष्णु भण्डारीले जानकारी दिए। लुम्बिनीमा २१ हजार ५५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याइएको छ भने ७३ हजार ७ सय ६८ हेक्टर क्षेत्रमा सिँचाइ संरचनाको सुदृढीकरण गरिएको छ। नदी नियन्त्रणतर्फ २ सय ११ किलोमिटर तटबन्ध निर्माण भइसकेको छ, जसबाट २ हजार ६ सय ३२ हेक्टर जमिन…
भैरहवा,२५चैत। रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलको अगुवाईमा निःशुल्क क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। चैत २७ गते जिल्लाको कोटिहवास्थित पञ्चकन्या ग्रुपको प्राङ्गणमा आयोजना गरिएको उक्त शिविरमा क्यान्सर रोग सचेतना अभिबृद्धि गरिने छ। यस्तै, स्वास्थ्य परीक्षणका लागि भक्तपुर क्यान्सर अस्पतालबाट १९ जना र सिटी हस्पिटलबाट सात जनाका चिकित्सकको टोली खटिने सिद्धार्थनगर सिटी हस्पिटलले जनाएको छ । शिविरमा निःशुल्क प्याप स्मेयर परीक्षण, महिला तथा पुरुषको स्तन क्यान्सर र शरीरका अन्य भागहरुको क्यान्सर सम्बन्धी जाँच हुने सिद्धार्थनगर सीटी अस्पतालकी अधिकृत रिता घिमिरेले बताइन् । उनका अनुसार शिविरको मुख्य आयोजक पञ्चकन्या ग्रुप हो भने सहयोगी आयोजना सिद्धार्थनगर सीटी अस्पतालका साथै मायादेवी गाउँपालिकाको बेथरीमा…
दाङ, २५ चैत । लुम्बिनी प्रदेश सरकार अन्तर्गत उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सिंचाइ दिवसको अवसरमा कार्यसम्पादनको आधारमा जल उपभोक्ता समूह, कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई सम्मान गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्य र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले सम्मान प्रदान गरेका हुन्। मन्त्रालयले उत्कृष्ट जल उपभोक्ता समूह, कार्यालय प्रमुख, कर्मचारी र निर्माण व्यवसायीको मूल्यांकन गरी सम्मान गरेको हो। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, रोल्पाका वरिष्ठ इञ्जिनियर प्रविण कुमार उत्कृष्ट कार्यालय प्रमुखका रूपमा सम्मानित भएका छन्। त्यस्तै भूमिगत जलस्रोत तथा सिंचाइ डिभिजन विकास कार्यालय बाँकेमा कार्यरत वरिष्ठ हाइड्रोजियोलोजिष्ट मधु न्यौपाने र रुपन्देहीका मेकानिकल अधिकृत नारायण प्रसाद पन्थी, जलस्रोत…
भैरहवा, २५ चैत। रुपन्देहीको भैरहवामा पूर्वमहिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ। नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि मुलुकमा पहिलो पटक महिला लेजेण्ड प्रतियोगिता सुरु भएको हो। सन् २००७ र २००९ मा खेलेका पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टिम बनाएर सिरिज आयोजना गरिएको छ। सोमबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा सन् २००९ को लेजेण्ड महिला टिम ५ विकेटले विजयी भएको छ। जितका लागि पाएको ८३ रनको लक्ष्य सन् २००९ टिमले ८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै जित निकाल्यो। उसको जितमा सरु पुनले ४१ र शोभा आलेले १४ रनको योगदान गरे। बलिङमा सन् २००७ टिमका…
मनोरञ्जन शर्मा भैरहवा,२५ चैत। भैरहवा भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको फागुनसम्ममा १४ खर्ब ४७ करोडबराबरको आयात व्यापार भएको छ। यो लक्ष्यको ५५ दशमलव २६ प्रतिशत हो । कार्यालयका प्रमुख एवं मुख्य भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार कार्यालयलाई विभागले वार्षिक राजस्व संकलनको लागी १ खर्ब ९ अर्ब ३३ करोड रुपैयाँ लक्ष्य तोकेको छ। फागुन मसान्तसम्म ६० अर्ब ४१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको हो। फागुनसम्मको संकलन अघिल्लो आवको तुलनामा १५ दशमलव ४४ प्रतिशत बढी छ। अहिले मासिक औसतमा ८५ दशमलव ७० प्रतिशतका दरले राजस्व संकलन भइरहेको छ। अबको बाँकी महिनामा अरु लक्ष्य पूरा गर्ने प्रयासमा भन्सार प्रशासन लागेको मुख्य अधिकृत…
भैरहवा, २५ चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशले पूर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेलाई कारागारमा नयाँ झुल, बाल्टी, मेट्रेस लगायत सामग्री उपलब्ध गराइएको छ । भैरहवा कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ ।उक्त ब्लकमा उनलाई एक्लै राखिएको छ । गर्मीयाममा लाग्ने मच्छरको टोकाईबाट जोगिनका लागि एक थान झुल, एक थान पानी प्रयोगका लागि बाल्टी र सुत्नका लागि एक थान मेट्रेस, टेबल पंखा लगायत आवश्यक सामग्रीको ब्लक नम्बर ४ मा व्यवस्थापन भएको स्रोतले क्लिक लुम्बिनीलाई बतायो । सहकारी ठगी र संगठित…
भैरहवा, २५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने कारागार चलान भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई भैरहवा कारागार चलान गरिएको हो। कारागार पुगेका लामिछानेले अदालतको आदेशप्रति सम्मान रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन्। आवश्यक प्रक्रियापछि कारागारको थुनुवा कक्षतर्फ लैजादै गर्दा सञ्चारकर्मीको अदालतको आदेशप्रति भन्नु केही छ भन्ने प्रश्नमा उनले भने,‘केही छैन,सम्मान छ ।’ उनलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ। जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताए । ‘कारागारको चारवटा ब्लकमध्ये उनलाई चार नम्बर ब्लकमा राखेका छौं’,उनले…
भैरहवा, २५ चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान गरेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । उच्च अदालतको आदेशपछि काठमाडौंमा पक्राउ गरिएका लामिछानेलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रिया पश्चात कारागारको थुनुवा कक्षतर्फ लैजार्दा गर्दा आदेशप्रति भन्नु केही छ क्लिक लुम्बिनीको प्रश्नमा उनले भने– ‘केही छैन, सम्मान छ ।’ जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताए । ‘कारागारको चार वटा ब्लकमध्ये उनलाई…
भैरहवा, २५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाईएको छ। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेशगरेपछि उनलाई पक्राउ गरेर पूर्पक्षका लागि थुनामा पठाईएको हो । जिल्ला अदालतको चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवैले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए। उच्च अदालतको आदेशपछि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि उनलाई जिल्ला कारागार भैरहवामा चलान गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए।