Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२४ चैत। रुपन्देहीको देवदह नगरपालिका-९ स्थित एक सहकारी संस्थामा चोरी भएको छ। गएराति देवदहस्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको प्रहरीले जनाएको छ। सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीका अनुसार गएराति सहकारीको झ्याल तोडेरमा कार्यालयको भल्टमा रहेको ८ लाख ४३ हजार ७८९ रुपैयाँ मध्ये १५ रुपैयाँ छाडेर बाँकी रकम चोरी भएको छ। साथै, कार्यालयमा रहेको सीसीटीभीको हार्डडिस्क समेत गायब छ। सहकारीको भल्ट फोडेर रकम चोरीको विषय अनुसन्धान थालिएको प्रहरी चौकी देवदहका प्रहरी निरीक्षक एक्काबहादुर नेपालीले बताए।

Read More

रुकुप पश्चिम,२४ चैत। रुकुप पश्चिम प्रहरीले गहुँखेती र पाखो बारीबीच गोप्य तरिकाले गरिएको अफिम खेती फडानी गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१२ ठुलीबार्खुस्थित आठ स्थानमा करिब पाँच रोपनीमा अवैध रुपमा लगाइएको अफिमका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। उनका अनुसार फूल फुलेको अवस्थामा रहेका अफिमका बोटहरु नष्ट गरिएको हो। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती बढ्न थालेपछि नियन्त्रणका लागि निगरानी र फडानी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२४ चैत। नेपाल शिक्षक महासंघले आम शैक्षिक हड्तालको घोषणा गरेको छ। सरकारले वार्ताका लागि आह्वान गरेपनि महासंघले आन्दोलनलाई थप सशक्त बनाउन भन्दै सोमबारबाट हड्तालको घोषणा गरेको हो। महासंघले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षा ऐनको सुधार र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्नका लागि सरकारमाथि दबाब दिन हड्ताल गरिएको जनाएको छ। सरकारसँगका विभिन्न मागका लागि महासंघ २० गतेदेखि सडक आन्दोलनमा रहेको छ। शिक्षक, कर्मचारीलाई हड्तालमा सहभागी हुन आग्रह गर्दै सबै विद्यालय बन्द गर्न आह्वान गरिएको छ। यस अवधिमा कुनै शैक्षिक गतिविधि उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार आदि नगर्ने अपिल गरिएको छ। महासंघले आइतबार काठमाडौंमा सिठ्ठि जुलुस निकालेको छ। हेर्नुहोस् विज्ञप्तिः

Read More

हृदयराम गुप्ता भैरहवा,२४ चैत। मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको अध्यक्षमा राजेन्द्र यादव निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नजिर अहमद मुसलमानलाई एक मतले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। यादवले ६४ मत प्राप्त गर्दा मुसलमानले ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत विवेक साहले बताए । अध्यक्ष, सचिव तथा कोषाध्यक्षका लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार फिरोज अहमद खाँले २ मत प्राप्त गरे। यस्तै सचिवमा जगन्नाथ प्रसाद कुर्मीले ७५ मत र कोषाध्यक्षमा प्रभु यादवले ६८ मत ल्याएर निर्वाचित भएका छन्। साहका अनुसार सचिव पदका उम्मेदवार अर्का अब्दुल सलाम मुसलमान ४६ मत र कोषाध्यक्ष पदका उम्मेदवार जनार्दन यादव ५४ मत…

Read More

भैरहवा, २३ चैत। भैरहवामा एमजी एस–५ विद्युतीय (इलेक्ट्रिक) कारको विक्री सुरु भएको छ। थ्रि.एच.एल.प्रालिले भैरहवामा उक्त कार लन्च गरेको हो। सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य र कम्पनीका प्रबन्ध निर्देशक हरिबहादुर थापाले कार्यक्रमका बीच कार लन्चिङ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष आचार्यले हरेक वर्ष इन्धन आयातमा अर्बौं रुपैयाँ खर्च भइरहेको बेला नेपाली बजारमा भित्रिएका विद्युतीय कारणले केही मात्रामा भए पनि इन्धन आयात प्रतिस्थान गरेको जनाए । उनले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने भएकाले विद्युतीय सवारी प्रयोगमा जोड दिए । सरकारी नीतिले विद्युतीय सवारीमा बढी कर लगाइएको जनाउँदै यसमा छुट दिनुपर्ने अध्यक्ष आचार्यले जनाए । एमजी एस–५ इभी…

Read More

काठमाडौंं,२३ चैत। गृह मन्त्रालयले ६ जिल्लाका सीडिओहरुको सरुवा गरेको छ। मन्त्रालयले कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सीडिओहरुको सरुवा भएको हो। सरुवा सूची अनुसार कञ्चनपुरमा लक्ष्मण ढकाल, अर्घाखाँचीमा वेद प्रसाद खरेल, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद खरेल, प्यूठानमा दीपक नेपाल तथा दार्चुलामा अनिल पौडेललाई सीडिओ बनाएर पठाइएको छ। त्यस्तै कञ्चनपुरमा सीडियो रहेका नारायण प्रसाद सापकोटा, स्याङजाका सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीलाई जिल्लाबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ।

Read More

नवलपरासी, २३ चैत। पूर्व नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीमाथी हातपात गरेर युवक फरार भएका छन् । शुक्रबार बिहान गाउँपालिकाको कार्यालय परिसरमा अध्यक्ष गिरीलाई स्थानीय सुदीप आचार्यले हातपात गरेर फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीका डीएसपी मधु नेपालका अनुसार हातपात गरेर फरार भएका आचार्यको खोजी भइरहेको छ। ‘म माथि किन हातापत गरेको थाहा छैन’,अध्यक्ष गिरीले भने, ‘समातिएपछि प्रहरी अनुसन्धानबाट पत्ता लाग्ला ।’ स्थानीयका अनुसार ठेक्कापट्टामा कुरा नमिलेको भन्दै युवकले हातपात गरेका हुन् ।

Read More

विराटनगर,२३ चैत। मोरङमा सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । गएराति को ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदाँ मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–१ कल्याणपुरका सोम टुडू र वामनी हेमरामको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। नातामा दुवै जना श्रीमान-श्रीमती हुन् । गएराति रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडकखण्डमा भएको दुर्घटनामा गम्भिर घाइते भएका दम्पतीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

भैरहवा, २३ चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश पछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई सोमबार कारागार पठाइने भएको छ। पक्राउ गरेर भैरहवा ल्याइएका लामिछानेलाई सार्वजनिक विदाका कारण शनिवार र आइतबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने र सोमबार अदालतमा पेश गरेर कारागार चलान गरिने रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए। ‘आज र भोली सार्वजनिक बिदा छ। सोमबार अदालत खुलेपछि त्यहाँ पेस गर्छौ’, उनले क्लिक लुम्बिनीसँग भने, ‘त्यसपछि कारागार पठाइने छ । दुई दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्छौं ।’ सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माभ १३ गते थुनछेक…

Read More

भैरहवा,२३ चैत।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याईएको छ। उनलाई यति एयरको विमानमार्फत भैरहवा ल्याईएको हो। शुक्रवार उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले उनलाई गएराति पक्राउ गरेको थियो। सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो। आदेश चित्त नबुझेकोले पुनरावेदनका लागि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नुपर्ने र लामिछानेले धरौटी खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।  जसको शुक्रवार न्यायाधीश शुक्रवार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको ईजलासले जिल्ला अदालतको…

Read More