Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

हृदयराम गुप्ता लुम्बिनी, १९ चैत। काठमाडौंको तीनकुनेमा गत शुक्रवार राजावादीको आन्दोलनमा भएको आगजनी घटनामा ज्यान गुमाएका एभीन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा १ सय ८ वटा दीप प्रज्वलन गरिएको छ। मधेशी पत्रकार समाज र मर्चवार प्रेस क्लब रुपन्देहीको संयुक्त आयोजनामा गरिएको दीप प्रज्वलन र श्रद्धाञ्जली कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पत्रकार रजकको निष्ठा, समर्पण र बलिदानलाई सम्मान व्यक्त गरिएको छ। मधेशी पत्रकार समाज नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष राम बिकास चौधरीले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारिता क्षेत्र असुरक्षित बन्दै गएको जिकिर गरे। उनले भने,‘एक सत्यनिष्ठ, मेहनती र निर्भीक पत्रकारलाई आन्दोलनको क्रममा यसरी जलाएर हत्या गरिनु केवल व्यक्तिगत क्षति…

Read More

भैरहवा, १९ चैत। रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको पार्थीव शरीरलाई उनको गृहनगर भैरहवाबाट पुनः काठमाडौं लगिएको छ। मंगलबार काठमाडौको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएपछि श्रद्धान्जली अर्पणका लागि उनको पार्थीव शरीर गृहनगर भैरहवा ल्याइएको थियो। हेलकिोप्टरमार्फत् भैरहवा ल्याइएका बोहराको पार्थीव शरीरलाई गौतमबुद्ध विमानस्थलदेखि गल्लामण्डी, मिलनचोक, नारायणस्थान, बर्मेलीटोली, बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोड लगायतका स्थानमा परिक्रमा गराई सिद्धार्थनगर नगरपालिका(३ स्थित उनको निवासमा श्रद्धाञ्जलीका अर्पण गरिएको थियो । रुपन्देहीमा भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ (भैलूभूज) परियोजनाको सुरुवात गरेर रुपन्देहीको विकास ल्याएका बोहराको निधनले अपुरणीय क्षति पुगेका यस क्षेत्रका बासिन्दाहरु बताउँछन्। बोहरालाई श्रद्धाञ्जली दिन राप्रपाका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा,…

Read More

भैरहवा, १९ चैत। रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको पार्थिव शरीर उनको गृहनगर भैरहवामा ल्याइएको छ। राप्रपा वरिष्ठ नेता समेत रहेका बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो। हेलकिोप्टरमार्फत् भैरहवा ल्याइएका बोहराको पार्थीव शरीरलाई गौतमबुद्ध विमानस्थलदेखि गल्लामण्डी, मिलनचोक, नारायणस्थान, बर्मेलीटोली, बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोड लगायतका स्थानमा परिक्रमा गराई सिद्धार्थनगर–३ उनको निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ। निवासमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधरण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। नागरिक अगुवा, उद्योगी, व्यवसायी, राजनीतिकर्मी, समाजसेवी लगायतले बोहराको निधनले रुपन्देहीका साथै राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताएका छन्। श्रद्धाञ्जली अर्पण पश्चात गृहनगरबाट उनको पार्थीव…

Read More

भैरहवा, १९चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले बुधवार शोक विदा दिने निर्णय गरेको छ। मंगलबार सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगरवासी समेत रहेका सांसद दीपक बोहरा निधनप्रति दु:ख व्यक्त गर्दै बुधवार नगरमा शोक विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए। उनका अनुसार नगरमा संचालित रहेका वार्षिक परिक्षा यथावत संचालन हुनेछ। रुपन्देही-३ बाट निर्वाचित सांसद बोहराको मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

Read More

भैरहवा, १९ चैत। रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको पार्थीव शरीर भैरहवा ल्याइएको छ। मंगलबार बिहान काठमाडौंको ओम अस्पतालको उपचारको क्रममा उनको निधन भएको थियो । श्रद्धान्जलीका लागि उनको पार्थीव शरीर गृहनगर भैरहवामा ल्याइएको हो। श्रद्धान्जलीका लागि मंगलबार उनको शव आफ्नै निवास (पार्टी कार्यालय) मा राखिने र भोलि (बुधवार) बिहान काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धान्जलीका लागि राखेर आर्यघाटमा अन्तिम संस्कार गरिने राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए। उनका अनुसार अन्त्येष्टिका लागि पार्थिव शरीर पुनः मंगलबार साँझ काठमाडौं लगिने छ। कोरोना महामारीको दोस्रो लहरमा संक्रमित भएका बोहराको केही समयपछि स्वरमा केही परिवर्तन देखिएको…

Read More

काठमाडौं,१९चैत।। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १६६ जना बन्दी रहेका नेपाली नागरिकलाई आममाफी दिएको छ । पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा यूएई सरकारले बन्दी बनाइएका १६६ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली बन्दीलाई आममाफी दिएकोमा यूएई सरकारप्रति मन्त्रालयले कृतज्ञता ज्ञापन गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ। अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

Read More

लुम्बिनी, १९ चैत। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन हुन भएको छ। चौथो औद्योगिक क्रान्तिका लागि मानव संसाधनको विकास र उच्च शिक्षा सम्बन्धी विश्वव्यापी संवादलाई प्रवद्र्धन गर्नका लागि चैत २० र २१ गते सम्मेलन हुन लागेको हो । उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बताए । बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालय, लुम्बिनीमा हुन…

Read More

काठमाडौ,१९ चैत। प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो। बैठकमा स्वर्गीय बोहराको चिरशान्तिको कामना गर्दै मौनधारणसमेत गरिएको थियो । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद बोहराको मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा निधन भएको गियो। बैठकमा सभामुख घिमिरेले संसद्को हिउँदे अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए। त्यस्तै उनले बैठकमा लगातार अनुपस्थित भएका सांसदहरुको अनुपस्थीतिको सूचना सुनाएका थिए।

Read More

हृदयराम गुप्ता मर्चवार,१९चैत। मर्चवार क्षेत्रका सहकारीकर्मी तथा संचारकर्मीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। देशको विभिन्न क्षेत्रमा सहकारीहरुले बचतकर्ताको बचत समेत फिर्ता गर्न नसकेको अवस्थामा मर्चवारमा रहेका सहकारी संस्थाहरुले बचतकर्तालाई विभिन्न सुविधाहरु प्रदान गरिरहेको कार्यक्रमका वक्ताहरुले जोड दिए। ६८औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रोइनिहवामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मर्चवारका सहकारी अहिलेको समस्याबाट मुक्त रहेको बताएका हुन। श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मधेशी पत्रकार समाज, नेपाल रुपन्देही शाखा तथा मर्चवार प्रेस क्लबको संयुक्त सहकार्यमा सम्पन्न कार्यक्रममा सहकारीका यस्ता असल प्रयासहरु संचारकर्मीले उठान गरिदिनु पर्ने सहकारी संचालकहरुले आग्रह गरे। जिल्ला सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठीले सामाजिक…

Read More

भैरहवा, १९ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) एवं सविधान सभा सदस्य इश्तियाक अहमदा खाँले सांसद दीपक बोहराको निधन प्रति दुःख व्यक्त गरेका छन्। मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा बोहराको निधन भएको थियो। सिद्धार्थनगर नगरपालिका ३ निवासी बोहरा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता बोहराको निधनले यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको उल्लेख गर्दै उनले दिवंगत आत्माको चिर शान्तिको कामना समेत गरेका छन्। मेयर खाँले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

Read More