


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
हेटौडा,२३बैशाख। हेटौडामा जमिन मुनी गाडी भासिएर हराएको घटनामा खानी तथा भूगर्म विभागले अध्ययन थालेको छ । भासिएको गाडी खोजी गर्दा नभेटिएपछि हेटौडा उपमहानगरपालिकाले सहयोग मागेपछि विभागको टोली घटनास्थल पुगेर अध्ययन थालेको हो । गत शुक्रवार हेटौडा उपमहानगरपालिका–१६ र १७ को सीमानजिक गैरीगाउँको भित्री सडकमा रोकिराखेको अवस्थामा ना ४ च ४८३३ नम्बरको बलेरो गाडी जमिन मुनी भासिएर बेपत्ता भएको थियो । घटनास्थलको भौगोलिक अवस्था, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र र घटनाको कारणबारे बारेमा अध्ययन गरिने विभागका भूगर्भविद् नारायण अघिकारीले बताए। जसका लागि केही उपकरण समेत प्रयोग गर्ने विभागको तयारी छ ।
भैरहवा,२२बैशाख। सामाजिक कार्यमा अग्रसर रहेको रुपन्देहीको युथ क्लब अफ पडसरीले ओमसतिया गाउँपालिका-२ स्थित श्री पडसरी आधारभूत विधालयमा अध्यनरत विधार्थीहरुलाई झोला उपलब्ध गराएको छ। सामाजिक उत्तरदायित्व अन्तरगत उक्त विधालयका विधार्थीहरुलाई क्लबका सदस्यहरुले स्वस्फूर्त रुपमा आफैबीच रकम संकलन गरेर स्कूल झोला उपलब्ध गराएका हुन्। क्लबका कोषाध्यक्ष कपिल कुमार जिटीका अनुसार कक्षा ४ सम्म संचालित रहेको उक्त विधालयमा अध्यनरत ४३ जना विधार्थीहरुलाई झोला उपलब्ध गराईएको हो। शैक्षिक सामग्री (स्कूल ब्याग) वितरण कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष एंव सल्लाहकार गुमानसिंह घर्तीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत विधालयका विधार्थीहरुलाई झोला उपलब्ध गराईएको बताए। उनले स्थापनाकालको समयमा संस्थाको आर्थिक अवस्था कमजोर रहेकोले विगतका दिनमा विधार्थीहरुलाई स्विटर, टोपी…
दाङ, २२ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलबीच सोमबार राप्ती उपत्यका (देउखुरी) मा छलफल भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए। ‘प्रदेश स्थापना भएको ८ वर्षको अवधिमा संघीयतालाई बलियो बनाउने गरी प्रदेश तहबाट उल्लेखनीय कार्यहरु भएका छन्। पूर्वाधार विकास, सामाजिक सुधार तथा मानव पूँजी निर्माणका क्षेत्रमा भएका प्रयासहरु उपलब्धीपूर्ण छन्,’मुख्यमन्त्री आचार्यले भने,‘अन्तरप्रदेश समन्वय र सहकार्यले संघीयतालाई थप मजबुत बनाउनेछ।’ उनका अनुसार प्रदेश तहबीच कानुन निर्माणदेखि असल अभ्यासहरुको आदानप्रदानलाई सिकाइको माध्यमका रुपमा…
काठमाडौं,२२ बैशाख। विश्वकै सबैभन्दा खतरनाक मानिने अल्काट्राज जेलको पूननिर्माण गरी पुनः खोल्न आदेश भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारलाई अल्काट्राज जेल पुनः खोल्न र विस्तार गर्न निर्देशन दिएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ट्रम्पले लामो समयदेखि अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरुले ग्रस्त रहेको भन्दै उक्त जेल पुनः खोल्न निर्देशन दिएको बताएका हुन्। उनले भने,‘अल्काट्राजको पुनः उद्घाटन कानुन, व्यवस्था र न्यायको प्रतीक हुनेछ।’ अल्काट्राज जेल एउटा टापुमा अवस्थित छ। यसलाई १९६३ मा बन्द गरिएको थियो। अल्काट्राज टापु हाल पर्यटकीय गन्तव्यको रुपमा सञ्चालनमा छ। यो सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै अवस्थित छ।
काठमाडौं,२२ बैशाख । राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल आलममाथी लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आदिल आलमको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो । २०७९ माघमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका आदिलले ०८० चैत १२ गते जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो। उनलाई अदालतले सफाइ दिएपनि प्रतियोगिता भने खेल्न पाएका थिएनन्। क्यानको ‘इन्टिग्रिटी कमिटी’ले आवश्यक प्रक्रिया पूरा गरी प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो। क्यानले सोमबार विज्ञप्ति जारी गरी आदिलमाथी लगाइएको प्रतिबन्ध फुकुवा भएको जनाएको छ। अब उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनेछन्। उनले २०७९ माघमा…
नवलपुर,२२बैशाख। पूर्व नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका ३ स्थित जुक्तिखोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीका प्रवक्ता एवं डीएसपी मधु नेपालका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका ८ का १६ वर्षीय प्रमिशन पाठक र सोही महानगरपालिका ४ का १६ वर्षीय शिशिर पन्त रहेका छन्। घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
भैरहवा,२२ बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले यत्रतत्र छरिएर संचालित अटोग्यारेजलाई सिद्धार्थ अटो भिलेजमा स्थानान्तरण हुनका लागि ३५ दिने अल्टिमेटम दिएको छ। बजारमा यतत्रत अटो ग्यारेज संचालन हुँदा नगर कुरुप देखिएकोले वर्षौ अघि पालिकाले अटो ग्यारेजलाई व्यवस्थित तथा एकीकृत गर्दै एकैस्थानबाट सेवा उपलब्ध गराउनका लागि निर्णय गरेको थियो। ०७० सालमा उक्त अटोभिलेज स्थापना गरिएको थियो। पालिकाले पटक-पटक अटो भिलेजमा स्थानान्तरण हुनका लागि ग्यारेज व्यवसायीहरुलाई आग्रह गर्दै आएपनि उनीहरु अटेर गर्दै आएका छन् । जसपश्चात नगरपालिकाले अटोभिलेजमा बाहेक अन्यत्र ग्यारेज संचालनमा रोक लगाइएको विषय व्यवसायीलाई स्मरण गराउँदै अन्यत्र संचालित ग्यारेज ३५ दिनभित्र अटोभिलेजमा स्थानान्तरण हुनका लागि अल्टिमेटम दिएको छ । हेर्नुहोस् सूचना :
भैरहवा,२२ बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले करारमा पदपूर्तिका लागि आह्वान गरेको परिक्षा स्थगित गरेको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै विशेष कारणबस परिक्षा स्थगित भएको जनाएको छ । पालिकाले सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र प्राविधिक सहायक पदमा करारमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । गत बैशाख १६ गते पालिकाले प्राविधिक सहयाक पदको पदपूर्ति प्रक्रिया स्थागित गरिसकेको छ । बैशाख २३ गते सहायक कम्प्युटर अपरेटर र बैशाख २५ गते कार्यालय सहयोगी पदका लागि लिखित परिक्षाको समय तालिका तोकिएको थियो । नगरपालिकाको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ–‘उक्त पदहरुमा विशेष कारणबस हाललाई लिखित परिक्षाको सबै कार्यक्रमहरु अर्को सूचना…
काठमाडौं,२१ बैशाख। प्रहरीले स्रोत नखुलेको ९५ लाख बढी रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरुको साथबाट स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँ बरामद भएको छ। काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडि सडकमा मोटरसाइकलमा शंकास्पद अवस्थामा आएका उनीहरुको झोला खानतलासी गर्दा स्रोत खुल्न नसकेको उक्त रकम बरामद भएको परिसरका सूचना अधिकारी एवं प्रहरी…
काठमाडौं,२१ बैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि आवश्यक सीप हुनुपर्ने बताएका छन्। काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघको ३० औं स्थापना विदसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा रोजगारका लागि आवश्यक सीप भए रोजगारीका थुप्रै अवसरहरु उपलब्ध हुने बताए। उनले भने, देशभित्र पनि सीपयुक्त कामदारका धेरै माग छन्। स्थानीयसँग सीप नहुँदा बाहिरबाट आएका श्रमिकहरु नेपालमा काम गरी रहेका छन्। तर, हाम्रा युवाहरु थोरै सेवा सुविधामा विदेशी जाने गरेका छन्।’ देश भित्रका विभिन्न क्षेत्रमा रोजगारीको अवसरहरुको खोजी भईरहेको बताउँदै आवश्यक तालिम र सीप दिएर उनीहरुलाई रोजगारसँग जोडनु पर्ने उनले बताए। उनले भने, ‘देश भित्रका परम्परागत…