Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१९बैशाख। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु प्रकरणमा अनुसन्धान थालिएको भारतीय प्रहरीले जनाएको छ । भारतीय संचारमाध्यमसँग कुराकानी गर्दै भुवनेश्वर-कटकका पुलिस कमिसनर सुरेश देव दत्त सिंहले छात्राको मृत्युपश्चात कुनै उजुरी प्राप्त नभएकोले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान थालिएको बताए। ‘बिहीवार साँझ ७ बजेतिर विश्वविद्यालयमा हाजिरी लिइँदै गर्दा कोठामा एक्लै रहेकी छात्राले कुनै प्रतिक्रिया दिइनन्। त्यसपछि उनी झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। त्यसपछि हामीलाई जानकारी गराइयो। हामी अनुसन्धान गरिरहेका छौं। एक वैज्ञानिक टोली पनि घटनास्थलमा पुगेको छ र पीडितको कोठामा खोजी भइरहेको छ’, भारतीय संचारमाध्यमसँगको कुराकानीमा उनले भने, ‘उपस्थित पीडितका साथीहरु सहयोग…

Read More

काठमाडौं,१९बैशाख। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी नेपाली छात्रा प्रिसा साहको मृत्युको विषयमा परराष्ट्र मन्त्रालयले कुटनीतिक पहल थालेको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त कुरा जानकारी दिएकी हुन्। ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’ सामाजिक सञ्जालमा उल्लेख गरिएको छ। नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासको कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको उनले जनाएकी छन्।गत फागुन ४ गते सोही विश्वविद्यालयको छात्रावासमा भैरहवाको प्रकृति लम्साल पनि मृत अवस्थामा फेला परेकी थिइन् ।

Read More

राजकुमार क्षेत्री विमानस्थलले आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। हाम्रो भौगोलिक बनावटले गर्दा जहाँ तहीँ बाटोको सुविधा नभएको समयमा विमानस्थलले त्यो सुविधा प्रदान गरेका छन्। अझै पनि दुर्गममा केही ठाउँमा सहज बाटो पहुँच पुगेको छैन। त्यस्ता स्थानमा यातायातको पहुँच भनेको विमानबाट नै हुन्छ। त्यसका लागि विमानस्थल चाहिन्छ। यसले हाम्रो राजस्व पनि वृद्धि गरेको छ भने आर्थिक रूपमा देशलाई फाइदा भएको छ। पूर्वमा लुक्लामा विमानस्थल नभएको भए सिजनमा भइरहेको पर्यटकको ओइरो हुँदैनथ्यो भने विमानहरू पनि त्यति धेरै चलायमान हुँदैनथे। पर्यटकहरु पैदल नै त्यस्तो विकट ठाउँमा जान सक्दैनथे। समग्रमा विमानस्थलले पर्यटन प्रवर्द्धन, आर्थिक वृद्धि र क्षेत्रीय समावेशिता बढाउन अवसरको सिर्जना…

Read More

पोखरा, १९ बैशाख। नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय समितिको आगामी निर्वाचनमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीको टोलीसंग अध्ययन अवलोकन भ्रमण तथा वार्षिक योजना कार्यशाला तर्जुमा गर्न जानेक्रममा उनले आफ्नो जन्मस्थल स्याङ्जा पुगेर उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनको उम्मेदवारी घोषणसंगै स्याङ्जाका वालिङ उद्योग वाणिज्य संघ, भीरकोट उद्योग वाणिज्य संघ र स्याङ्जा उद्योग वाणिज्य संघले सर्मथन तथा प्रस्ताव गरेका छन् । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नवदत्त अर्याल र स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव…

Read More

भैरहवा, १९बैशाख। नेपालमा दिन प्रतिदिन उच्च रक्तचाप बढ्दो अवस्थामा छ। अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ। तसर्थ उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ। यी हुन् नियन्त्रणका उपायहरुः – नुन कम भएको स्वस्थ र पोषिलो आहार खाने। – वजन कम गर्ने। – शारीरिक रुपमा सक्रिय रहने। – सुर्तीजज्य पदार्थको सेवन नगर्ने। – मदिरा सेवन बन्द गर्ने – चिकित्सकको परामर्श पालना गर्ने। – चिकित्सकले सिफारिस गरेको औषधि नछुटाई सेवन गर्ने।

Read More

पोखरा,१९ बैशाख। सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले आफ्नो तिन दिने अध्ययन अवलोकन भ्रमण तथा वार्षिक योजना कार्यशाला तर्जुमा गर्नका लागि बाग्लुङ पुगेको छ । शुक्रवार देखि शुरुभएको अध्ययन अवलोकन भ्रमणमा गण्डकी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायी संघ भेटघाट, छलफल र अन्तरक्रिया गर्दै वाग्लुङ पुगेको संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए। संघले शुक्रवार वालिङ उद्योग वाणिज्य संघ, स्याङ्जा, भीरकोट उद्योग वाणिज्य संघ, स्याङ्जा, स्याङ्जा उद्योग वाणिज्य संघ, स्याङ्जा, पोखरा उद्योग वाणिज्य संघ, पोखरा संग भेटघाट तथा अन्तरक्रिया गरेको छ। पर्वत म्याग्दी र वाग्लुङका उद्योग वाणिज्य संघ संग शनिवार भेटघाट गर्ने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको सचिवालयले…

Read More

काठमाडौं,१९बैशाख। भारतले थप ६ सय मेगावाट विद्युत नेपाललाई दिने भएको छ। भारतले बिहानको २ बजेदेखि साँझको ५ बजेसम्म १५ घण्टाका लागि नेपाललाई थप बिजुली दिने भएको हो। यसअघि मार्च १५ देखि भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजे) मा मात्र बिजुली दिइँदै आएको थियो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार थप आयात हुने बिजुली ढल्केवर–मुज्जफरपुर प्रसारण लाइनबाट आउनेछ। बिहीबार बिहान भारतले स्वीकृत दिएकोले राति १२ बजेबाट थपिएको बिजुली आयात गरिने उनले बताए। सुक्खायाममा नदीमा पानीको बहाब घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरुबाट विद्युत उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो छ। तसर्थ भारतबाट विद्युत आयात भने भइरहेको…

Read More

नवलपुर,१९बैशाख। दुम्किवासमा बिनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं डीएसपी मधु नेपालका अनुसार विनयी खोलाको पुल भाँचिएपछि खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आए पनि शुक्रबार बिहान आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्गमा यातायात अवरुद्ध भएको हो। हलुका सवारी साधनलाई होङ्सी सिमेन्ट गेट हुँदै वैकल्पिक मार्गबाट पठाइएको र अन्य यातायातका साधन भने रोकिएको प्रहरीले जनाएको छ । डाइभर्सन पुनः बनाउने प्रयास भइरहेको बताइएको छ। विनयी खोलमाथिको पुल भासिएको ३ महिनाभन्दा बढी समय भइसक्दा पनि मर्मत नहुँदा खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको हो। वर्षा हुना साथ डाइभर्सन बगाएर यातायात अवरुद्ध…

Read More

भैरहवा,१८बैशाख। भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा फेरी अर्को नेपाली विधार्थी (छात्रा) मृत फेला परेकी छिन्। भारतको ओडिसा टिभीको अनलाईन संस्करणले भुवनेश्वर-कटकका प्रहरी आयुक्त एस. देव दत्त सिंहको भनाईलाई उद्धत गर्दै विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको शव बरामद भएको समाचार प्रकाशन गरेको छ। विश्वविद्यालयको बी-टेक प्रथम वर्षमा अध्यनरत वीरगञ्जकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको बताईएको छ। घटनापश्चात विश्वविद्यालयमा भुवनेश्वरका प्रहरी र प्रशासनका उच्च अधिकारीहरु पुगेका छन्। घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ भने हालसम्म विश्वविद्यालयले कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन। गत फागुन ४ गते विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्साल…

Read More

काठमाडौं,१७बैशाख। आन्दोलनरत शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने सरकारको प्रतिवद्धतासहित शिक्षकहरुले आन्दोलन स्थगित गरेका हुन्। यससँगै ठप्प रहेको विद्यालयहरु शुक्रवारदेखि खुल्ने भएका छन्। ‘नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरुसमेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं। आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ’,विज्ञप्तिमा भनिएको छ। तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरी अहिले भन्दा कडा सडक आन्दोलनमा जान बध्य हुने सहमति पत्रमा उल्लेख छ।

Read More