Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२९चैत। हङकङमा जारी चार देश सम्मिलित टी २० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको नेपालले बिहीबार कुवेतलाई ६ विकेटले हराएको हो । यससँगै ४ अंक जोड्न सफल नेपालले फाइनल पुग्ने संभावना बलियो बनाएको छ। मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। पहिलो विकेटका लागि १ सय २७ रनको शतकीय साझेदारी गर्दै कुशल भुर्तेल र आसिफ शेखले जित्ने आधार बनाएका थिए। कुशल ८१ रन र आसिफ ५३ रनमा आउट भए । उनीहरु आउट भएलग्त्तै कुशल मल्ल पनि आउट हुँदा…

Read More

भैरहवा, २९ चैत। नेपालको स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै गएको छ। आज एकैदिन ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर १ लाख ८५ हजार पुगेको छ। अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो।

Read More

बागलुङ,२८ चैत। प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तमानखोला गाउँपालिका–१ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र मकवानपुर कैलाश गाउँपालिका–९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन रहेको प्रहरीले जनाएको छ। बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा खाजाघर र रेस्टुरेन्टमा ललगाई फकाई गरी नाबालिकालाई यौन गतिविधिमा लगाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले बताए। प्रहरीका अनुसार पक्राउ परेकी विक तमानखोला खाजाघर बुर्तिबाङका सञ्चालक हुन् भने भोम्जन बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर बुर्तिबाङको सञ्चालक हुन् । पीडितको जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा जिल्ला अदालत…

Read More

काठमाडौं,२८ चैत। नेपाल राष्ट्र बैंकले गत फागुनमा औसत मूल्य वृद्धिदर ३.७५ प्रतिशत कायम भएको जनाएको छ। गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ४.८२ प्रतिशत रहेको थियो। उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.९७ प्रतिशत छ। गत वर्षको सोही अवधिमा यी समूहको मूल्यवृद्धिदर क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औल्याएको छ । राष्ट्र बैंकका अनुसार गत फागुनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि १३.७४, दाल तथा गेडागुडीको ७.८०, फलफूलको ६.८२ र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ। तर,…

Read More

काठमाडौं,२८चैत। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन्। प्रधानमन्त्री ओलीका सचिवालयका अनुसार उपकुलपति बरालले बुझाएको राजीनामा बिहीवार स्वीकृत भएको छ। बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका थिए ।

Read More

भैरहवा, २८ चैत। शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानहरुमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। शुक्रबार राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको…

Read More

काठमाडौं,२८चैत। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रर्दशनपछि फरार भएका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँको सचिवालयले उनले भारतमा आत्मसमर्पण गरेको बताएको छ। राति ९ः१३ बजे दुर्गा प्रसाईं नामबाट संचालित फेसबुक आईडीबाट उनको सचिवालयले स्ट्याट्स पोष्ट् गरेर लेखेको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षाको लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामीले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं!’ प्रहरीले प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने तयारी छ । गत चैत १५ गते काठमाडौँको…

Read More

काठमाडौं, २८ चैत। काठमाडौंको तीनकुने घटनाको आरोपी दुर्गा प्रसाईँ भारतमा पक्राउ परेका छन्। स्रोतका अनुसार प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याउन लागेको छ। नेपाल प्रहरीका प्रवक्ता एंव डीआईजी दिनेश कुमार आचार्यले प्रसाईँ भारतमा पक्राउ नपरेको दावी गरे। प्रसाईँ पक्राउको विषयमा उनले क्लिक लुम्बिनीसँग भने- ‘त्यस्तो केही छैन।होईन ।’ गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिदाँ दुई जनाको मृत्यु भएको थियो। साथै, विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो। घटना पश्चात उनी फरार भएका थिए। त्यसयता उनले सामाजिक संजालमा भीडियो मार्फत आफु असुरक्षित रहेकोले जोगिएर बसेको र आफु नभागेको बताउँदै आएका थिए।

Read More

काठमाडौं,२८ चैत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोइपखाली गरेपनि संवैधानिक बनाउन नसकिने बताएका छन्। नेपाली कांग्रेस बागमती प्रदेशले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई धोएर सफा गरेर कसैले पनि संवैधानिक बनाउन नसक्ने बताएका हुन्। निर्मल निवासमा बसेर उत्पात मच्याउनेले नारायणहिटी दरबारमा बसेको भए के गर्थे होलान् भन्दै प्रश्न समेत गरे। ‘नेपालको राजा कसैले पनि धोएर जति सफा गरे पनि उसलाई कसैले संवैधानिक बनाउन सक्दैन’, उनले भने, ‘कांग्रेस लामो अनुभव गरेर त्यो निर्णय गरेको हो।’ कांग्रेस नेपालको राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ मान्यता राख्ने पार्टी भएको बताउँदै राजसंस्था भएका अन्य मुलुकको चरित्रजस्तो नेपालको राजसंस्थाले देखाउन नसकेको…

Read More

अर्घाखाँची,२८चैत। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर जिल्लाको भूमिकासाथ नगरपालिका-१० लिसेपानीका ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। चट्याङ लागेपछि बेहोस अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अस्पतालमा लगिएको चिक्तिसकले उनलाई मृत घोषणा गरेको अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए

Read More