Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १९ चैत। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको पार्थीव शरीर भैरहवा ल्याईने भएको छ। मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०:५० बजे निधन भएका बोेहराको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि उनको गृहनगर भैरहवा ल्याउन लागिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । हेलिकप्टर मार्फत दिउँसो साढे २ बजे उनको पार्थिव शरीर भैरहवास्थित उनको निवासमा ल्याइने छ। तर, शवको अन्त्येष्टि पुनः काठमाडौं लगेर पशुपति आर्यघाटमा गर्ने वा कहाँ गर्ने ? विषयमा अझै पारिवारिक छलफल भइरहेको बुझिएको छ।

Read More

भैरहवा, १९ चैत। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराको निधन भएको छ । मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा बिहान बिहान १०ः५० बजे उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ। पूर्वमन्त्री समेत रहेका बोहराको पार्थिव शरिर काठमाडौंबाट उनको गृह नगर भैरहवा ल्याउने तयारी रहेको र यस विषयमा अझै पारिवारिक छलफल भइरहेको बुझिएको छ। उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । कोरोना महामारीको दोस्रो लहरमा संक्रमित भएका बोहराको केही समयपछि स्वरमा केही परिवर्तन देखिएको थियो। पोस्ट कोभिडका कारण घाँटीमा क्यान्सर भएको उनको स्पीच थेरापी उपचार हुँदै आएको थियो।

Read More

काठमाडौं,१७ चैत। ‘राजसंस्था पुन्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ। समितिका संयोजक नवराज सुवेदीले आफ्नो अनुपस्थितिमा जगमान गुरुङले आन्दोलनको नेतृत्व गर्ने बताएका हुन्।गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति हुन्। सरकारले आफूलाई नजरबन्दमा राखेको उल्लेख गर्दै सुवेदीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ । आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’ शुक्रबार राजधानीको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएसँगै राजावादीमाथि सरकारले धरपकड गरेको थियो। घटनापछि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत पक्राउ परेका छन्। समितिका संयोजक…

Read More

काठमाडौं,१७ चैत। सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न आदेश गरेको छ। साथै, निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश गरेको हो। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ। पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण गरिरहेको छ। स्थानीयवासीले भने सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

Read More

भैरहवा, १७ चैत। नेपाल प्रहरीले शुक्रवार राजावादीको आन्दोलनको क्रममा भएका हिंसात्मक घटनाका सम्बन्धमा अनुसन्धानका लागि सर्वसाधरणसँग सूचनाको माग गरेको छ। प्रहरीले आइतबार सामाजिक संजालमा सूचना जारी गर्दै शुक्रवार गैरकानुनी अपराधिक गतिविधिमा संग्लन व्यक्तिहरुको सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि भएका तथ्यपरक सूचना (फोटा, भीडियो, संग्लन व्यक्तिको विवरण) उपलब्ध गराईदिनका लागि आग्रह गरेको छ। जारी सूचनामा भनिएको छ-‘चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका विभिन्न क्षेत्रहरुमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका…

Read More

काठमाडौं,१७ चैत। काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न नमानेपछि नगर प्रहरीले उक्त पत्र हुलाकमार्फत निर्मल निवासमा पठाएको छ। शुक्रवार राजावादीको आन्दोलनमा फोहोर, तोडफोड भएको भन्दै महानगरपालिकाले पूर्वराजा शाहको नाममा ९ वटा शीर्षकमा ८ वटा पत्रमार्फत ७ लाख ९३ हजार रुपैयाँ जरिवाना पत्र काटेको थियो । जुन पत्र आइतबार महानगरपालिकाको टोलीले पूर्वराजा शाहलाई बुझाउनका लागि निर्मल निवासमा जाँदा सुरक्षाकर्मीले उनीहरुलाई गेटबाटै फर्कादिएका थिए। पत्र नबुझेर टोलीलाई फर्काइएपछि हुलाक मार्फत पत्र पठाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए।

Read More

काठमाडौं, १७ चैत। सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन्। उनले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरुलाई आग्रह गरेका छन्। संसद् भवन नयाँबानेश्वरमा आइतबार भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन आग्रह गरे। अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनले बताए। उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक आह्वान गरेका छन्।

Read More

भैरहवा, १७ चैत। नेपालको स्थानीय बजार सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ। आइतबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार चाँदीको मूल्य आइतबार १५ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं,१७चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (भोली) संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। आइतबार बिहान सभामुखले बोलाएको मुख्य सचेतकहरुसँगको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्। उनले संसदको अवरोध खुलाउनेबारे प्रधानमन्त्री र विपक्षी दलका नेताहरुबीच टेलिफोन संवाद भएको जानकारी गराएका थिए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्त गर्नुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन्।

Read More

काठमाडौं,१७चैत। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमा आज सुनुवाइ नहुने भएको छ। सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह र शारङ्गा सुवेदीको इजलासमा तोकिएको थियो। तर,रिट ‘हेर्न नभ्याइने सूची’मा राखिएको छ। गत शुक्रबार प्राम्भिक सुनुवाइ गर्दै सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो। अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो। गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए। आफूलाई हटाउने…

Read More