Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस शुक्रवार पनि हुने भएको छ । बिहीवार बिहान देखि सुरु भएको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रवार साढे १० बजे उपस्थित हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । बुधवार अदालतमा हाजिर भएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्माजमानी छाडिएको थियो । थुनछेक बहस सुरु हुनु अघिनै सरकारी वकिल, जाहेरवालाका अधिवक्ताले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनु पर्नेमा परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको…

Read More

भैरहवा, १० माघ । भारतमा महाराष्ट्र प्रदेश जलगांवस्थित भएको रेल दुर्घटनामा चार नेपाली नागरिक सहित ल१३ जनाको मृत्यु भएको छ । साथै, दुर्घटनामा चार नेपालीसहित १० जना घाइते भएका छन् । रेलमा आगलागी भएको हल्ला भएपछि यात्रुहरुले रेलको अर्को लिकमा हामफालेका थिए । उक्त लिकमा अर्को रेल आउँदा दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । रेल दुर्घटनामा नेपालका ४३ वर्षीया कमला नविन भण्डारी, ४० वर्षीया लछ्छीराम पासी, र सूदुरपश्चिम प्रदेशको ६० वर्षीया जाभाकाला भाटे जयकाडी र कोशी प्रदेशका ११ वर्षीय बालक हिमु नन्दराम विश्वकर्माको मृत्यु भएको कलेक्टर एवं डीएम (प्रमुख जिल्ला अधिकारी) कार्यालय, जलगांवले जनाएको छ । बुधवार साँझ भएको…

Read More

सुर्खेत, १० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नीतिगत रुपमा वर्तमान सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ सही नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफ्नो पार्टी सरकारमा जानका लागि कुनै रुचि नभएको भन्दै सरकार बनेदेखि नै भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गरे । उनले यति हुँदा पनि आफूहरु सरकार ढाल्ने प्रक्रियामा नरहेको बताए । देशको राजनीति सहज नदेखिएको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको उनको भनाइ छ । संसदमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुका…

Read More

भैरहवा, १० माघ । रुपन्देहीमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी.) खोप लगाइने भएको छ । एच.पि.भी.खोप अभियान–२०८१ अन्तर्गत रुपन्देहीमा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए । उनले एकजना पनि किशोरी नछुट्ने गरी खोप अभियान सञ्चालन गरिने दावी गरे । जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा विश्व क्यान्सर दिवसका दिन माघ २२ देखि माघ २९ गतेसम्म बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा तथा माघ २२ देखि २७ गतेसम्म सैनामैना नगरपालिका, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी गाउँपालिकामा…

Read More

भैरहवा, १० माघ । भारतबाट भन्सार छलेर भित्राइएको २७ लाख रुपैयाँ भन्दा बढी मूल्यको विभिन्न सामग्री प्रहरीले बरामद गरको छ । इलाका प्रहरी कार्यालय छपिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका–७, बगैँचास्थितमा चेकजाँच गर्ने क्रममा २७ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छलिका सामग्री बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रबक्ता सुरज कार्कीका अनुसार तस्करी गरेर भित्रायएको बरामद साम्रगीमा आइफोनको चार्जर केवल ७ हजार ८ सय ५० पिस, इयरफोन ६ हजार २ सय पिस, बिभिन्न किसिमका मोबाइलका ग्लास ४ हजार ९ पिस र मखमलको कपडा ६ हजार ८० मिटर छन् । बरामद सामग्री आवश्यक कारवाहीका…

Read More

भैरहवा, १० माघ । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले घरपालुवा चौपाया छाडा छाडेकोले दुई जनालाई जरिवाना कारवाही गरेको छ । नगरमा छाडा चौपायाको संख्या बढेपछि पालिका त्यसको व्यवस्थापनमा लागेको छ । पालिकाका अनुसार हालसम्म ७८ वटा छाडा गाईगोरु व्यवस्थापन गरिएको छ । यसैक्रममा छाडा छाडिएको चौपाया आफ्नो दावी गर्न आएका दुई जनालाई जनही सात हजार रुपैयाँ जरिवाना कारवाही गरी पुनः छाडा नछाड्ने सर्तमा चौपाया फिर्ता दिइएको सिद्धार्थनगर नगरपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । नगरमा छाडा रुपमा देखिएका चौपायाहरुलाई पालिकाको अस्थायी होल्डिङ सेन्टरमा हुँदै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा स्थित गौशालामा व्यवस्थापन गर्ने गरिएको नगरपालिका कार्यालयले जनाएको छ…

Read More

भैरहवा, १० माघ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहसमा बुधवार अभियुक्त (रवि लामिछाने) लाई प्रहरी हिरासतमा किन नराखिएको भन्दै इजलासमा प्रश्न गरिएको छ । मुद्दामा बुधवार लामिछानेको बयान सकिएपछि बिहीवार बिहान साढे १० बजे हाजिर हुने गरी परिवार र कानुनी व्यवसायीको जिम्माजमानीमा उनलाई छाडिएको थियो । बिहीवार बिहान अदालतमा लामिछाने हाजिर भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस जारी छ । मुद्दामा थुनछेक बहस सुरु भएपछि वादी (पीडित) का तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधवार इजलासमा अभियुक्तलाई प्रहरी हिरासतमा…

Read More

भैरहवा, १० माघ। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध समेत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनछेक बहस सुरु भएको छ । बुधवार मुद्दामा लामिछानेको बयान पश्चात बिहीवार बिहान साढे १० बजे उपस्थित हुने गरी परिवार र कानुनी व्यवसायीको जिम्माजमानीमा छाडिएको थियो।जस अनुसार लामिछाने करिब साढे १० बजे अदालतमा हाजिर भएका थिए । अदालतमा लामिछाने उपस्थित भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी मुद्दामा वादी (पीडित)को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालका…

Read More

भैरहवा, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा बुधवार अदालतमा उनको बयान सकिएको छ । अदालतमा मुद्दा दर्ता भएपछि बुधवार बिहान अदालतमा उपस्थित भएका लामिछानेको न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा दिउँसो एक बजेदेखि सुरु भएको बयान साँझ करिब ५ बजे सकिएको छ । बयान सकिएर थुनछेक बहसका लागि समय नहुदाँ बिहीवार बिहान साढे १० बजे उपस्थित हुने गरी लामिछानेलाई उनको परिवार (श्रीमती निकिता पौडेल लामिछाने) र कानुन व्यवसायीको जिम्मा लगाएर पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । परिवार…

Read More

भैरहवा, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको ईजलासमा बयान सुरु भएको छ । गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि बुधवार बिहान लामिछाने अदालतमा उपस्थित भएका हुन् । सहकारी ठगी र संगठित अपराधमा मुद्दाका प्रतिवादी लामिछानेको बयान सुरु भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । ईजलास अधिकृतले मुद्दामा…

Read More